Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचनको टिकट पाउने शर्माको यस्तो छ राजनीतिक उतार-चढाप
राष्ट्रियसभा निर्वाचनको टिकट पाउने शर्माको यस्तो छ राजनीतिक उतार-चढाप
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, पुस १९, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसका पुराना नेता युवराज शर्मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई पार्टीले आसन्न राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवार बनाएको हो । 

२०४५ देखी २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति भएर काम गरेका थिए । पार्टीमा योगदान धेरै भएपनि विगतदेखी हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधी गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल परेका थिए । २०२४ सालपछि पटक-पटक गरेर आफु ३/४ वर्षजति जेल बसेको उनी सम्झिन्छन् । 

२०२५ सालमा विपी कोइरालासँग भारतको गोरखपुरमा उनको पहिलो पटक भेट भएको थियो । ‘विपीलाई भेट्न मसँगै डा. केशवराज शर्मा, अंगिरा सम्शेर, डा. अरुण कोइराला, सुरज श्रेष्ठसहित आठ जना गएका थियौं,’ विगतलाई सम्झिदै उनले भने ‘त्यहाँ विपीका विचार र निर्देशन सुनेर नेपालमा पार्टीका कामहरु भुमिगत भएर गथ्र्यौ ।’ विपी कोइरालासँग बाक्लो भेटघाट हुन थालेपछि आफु उनको विचारबाट धेरै प्रभावित भएको र कांगे्रेसको राजनीतिमा लागेको शर्माले सुनाए । 

उनी सुरुमा पढाईको शिलशिला भारतको बनारशमा गएका थिए । त्यहाँ विपी कोइरालाका विचार सुनेर प्रभावित भई नेपाल बिद्यार्थी संघ र कांगे्रेसको राजनीतिमा लागे । २०२७ सालमा भारतको बनारशबाट प्रतिनिधी भएर नेपाल बिद्यार्थी संघको काठमाडौं महाधिवेशनमा सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए । राजनीतिसँगै केहीवर्ष शिक्षण पेशामा समेत संलग्न रहेका उनी नेपाल शिक्षक संगठनको राष्ट्रिय महासचिव समेत भएका थिए । 

पार्टीको राजनीतिमा रहँदा उनको तत्कालिन नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग बैचारिक द्धन्द्ध सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पाएनन् । कोइराला र शर्माबीच द्धन्द्ध यसरी बढ्यो कि उनलाई हरेक अवसरबाट बञ्चित गराइयो । कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए ।

शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । कोइरालासँग उनी कहिल्यै झुकेनन् र कोइरालाले पनि उनलाई कहिल्यै अवसर दिएनन् । 

‘सुशिल जीसँग मेरो वैचारिक द्धन्द्ध भयो, उहाँसँग मेरो विवाद भएपछि गिरिजा बाबुले पनि मलाई रुचाउनु भएन, अनि हरेक अवसरबाट मलाई बञ्चित गराइयो,’ उनी सम्झन्छन् । नेपालगन्ज निवासी शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए । 

‘ढिलै भएपनि पार्टीले मलाई मुल्यांकन गरेको छ, यसको लागि म सभापति शेरबहादुर देउवा जी लगायत केन्द्रिय कार्यसमितिका साथीहरुलाई धन्यवाद दिन्छु,’ उनले भने ‘राष्ट्रिय सभामा निर्वाचित भएपछि मैले संम्बैधानिक र पार्टीको दायित्व पुरा गर्नेछु ।’ आफुले संविधानले दिएको ब्यवस्था अनुसार पदीय दायित्व पुरा गर्ने नेता शर्मा बताउँछन् । पुराना नेता शर्मालाई अहिले पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएर ठुलो न्याय गरेको यहाँका कांग्रेस नेता, कार्यकर्ता तथा उनका शुभेच्छुक बताउँछन् ।

‘पुराना नेतालाई पार्टीले अहिले ढिलै भएपनि सम्मान स्वरुप उम्मेदवार बनाएको सुन्न पाउँदा हामी धेरै खुसी छौं,’ नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका शर्माका सहकर्मी सनत रेग्मीले भने ‘युवराज जीलाई मुल्यांकन भयो, हामीलाई पनि आशा पलाएको छ ।’ पार्टीले अहिले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा अरु पनि राम्रा मान्छेलाई टिकट दिएको रेग्मी बताउँछन् ।

पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल वर्तमान पार्टी नेतृत्वले पुराना नेता युवराज शर्मालाई ठुलो न्याय गरेको बताउँछन् । 'उहाँलाई उम्मेदवार बनाउनुपर्छ भनेर मैले पनि केन्द्रिय नेताहरुलाई भनेको थिए, जीवनभर अन्यायमा परेको उहाँलाई वर्तमान पार्टी नेतृत्वले वास्तवमै न्याय गरेको छ, उहाँ चुनाव जित्नु हुन्छ,' हमालले भने । 

यो पनि पढ्नुस् :
कांग्रेसले राष्ट्रियसभा सदस्यका उम्मेदवार टुंग्यायो, लुम्बिनीबाट युवराज शर्मा

राष्ट्रिय सभा निर्वाचनमा बाँके कांग्रेसले गर्यो चार जनालाई सिफारिस


प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन शुक्रबार, फागुन १, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ शनिबार, जेठ ५, २०८१
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता शनिबार, फागुन २६, २०८०
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्