Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • भदौं २७ देखी राप्ती सोनारीमा बिद्यालय खोलिदै
भदौं २७ देखी राप्ती सोनारीमा बिद्यालय खोलिदै
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, भदौ २०, २०७८
राप्ती सोनारी गाउँपालिकाको शिक्षा समितिको आइतबार बसेको बैठक ।

बाँके (राप्ती सोनारी) : बाँकेको राप्ती सोनारी गाउँपालिकाले दोस्रो लहरको कोरोना महामारीका कारण बन्द रहेका बिद्यालय खोल्ने तयारी गरेको छ । राप्ती सोनारी गाउँ शिक्षा समितिको आइतबार बसेको बैठकले यही भदौं २७ गतेबाट बिद्यालय खोल्ने निर्णय गरेको हो । महामारीका कारण गत बैशाखदेखी गाउँपालिका क्षेत्रभित्र रहेका बिद्यालय बन्द छन् । 

‘जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेसँग आवश्यक समन्वय  गरेर बिद्यालय खोल्ने निर्णय भएको गाउँ शिक्षा समितिका सदस्य मोहन गौतमले जानकारी दिए । ‘बिद्यालय खोल्नका लागि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेसँग आवश्यक समन्वय गर्ने र बिद्यालयमा स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड अपनाउने निर्णय भएको छ,’ उनले भने । 

राप्ती सोनारी गाउँपालिका कार्यालय । तस्बिर : दूरसञ्चार 

उक्त बैठकले गाउँपालिका अनुदान शिक्षकको तलब बृद्धि गर्ने र उनीहरुलाई पोषाक भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । गाउँपालिकाले यसअघि प्राथमिक तहका शिक्षकलाई मासिक १० हजार, आधारभुत तहकालाई १५ हजार र माध्यामिक तहका शिक्षकलाई २० हजार तलब अनुदान स्वरुप दिदै आएको थियो । 

अब भने प्राथमिक तहका शिक्षकलाई १५ हजार, आधारभुत तहकालाई १७ हजार र माध्यामिक तहकालाई मासिक २२ हजार प्रदान गर्ने निर्णय भएको सदस्य गौतमले बताए । गाउँपालिका अनुदान शिक्षकलाई बार्षिक १० हजार पोषाक भत्ता दिने शिक्षा समितिले निर्णय गरेको छ । यस्तै अनुदानका शिक्षकलाई गाउँपालिकाले नै स्थायी गर्ने विषयमा कानुन विदसँग परामर्श गरेर प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।

यसैगरी बिद्यालयका प्रधानाध्यापकको भत्ता पनि बढाउने निर्णय गरेको छ । प्रधानाध्यापकको भत्ता ३ सयबाट बढाएर प्राथमिक तहको हकमा मासिक ६ सय, कक्षा १० सम्म सञ्चालित बिद्यालयका प्रअलाई ८ सय र कक्षा १२ सम्म सञ्चालित बिद्यालयका प्रधानाध्यापकलाई मासिक १ हजार प्रअ भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । 

शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले धेरै लगानी गरेको स्मरण गराउँदै अब शैक्षिक प्रतिफल प्राप्त गर्नतर्फ सबै लाग्नुपर्ने बताए । ‘शिक्षा क्षेत्रमा गाउँपालिकाले धेरै लगानी गरेको छ, म दावीका साथ भन्छु हाम्रो जति शिक्षामा लगानी अरु कुनैपनि पालिकाले गरेको छैन,’ उनले भने । 

खेतीमा गरेको लगानीले तत्कालै प्रतिफल दिने तर, शिक्षा गरेको लगानीले १० वर्षपछि मात्र प्रतिफल दिने अध्यक्ष थारुले बताए । ‘पहिले बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा हुन्थ्यो, अहिले सरकारी बिद्यालयबीच प्रतिस्पर्धा हुन थालेको छ,’ उनले भने ‘अहिले धेरै सुधार भएको छ, शिक्षकमा पनि परिवर्तन आएको छ ।’
बैठकमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले शिक्षामा गाउँपालिकाले गरेको लगानी गरिरहेकै बेला कोरोना महामारीले पठन पाठनमा असर पुर्याएको बताईन् ।

‘गाउँपालिकाले शिक्षामा लगानी गरिरहेकै बेला कोरोना महामारीले बिद्यार्थीको पढाई चौपट बनाईदियो, अब बिस्तारै राप्ती सोनारीको शिक्षालाई माथी उठाउनुपर्छ,’ उनले भनिन् । लामो समयपछि खुल्न लागेका बिद्यालय क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको र यसका लागि बिद्यालयले ध्यान दिनुपर्ने उपाध्यक्ष खत्रीको सुझाव छ । 

नेपाल शिक्षक महासंघ राप्तीसोनारीका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन खनालले शिक्षा क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाले गरेको लगानी अविष्मरणीय रहेको बताए । ‘शिक्षकलाई तलब खुवाउन नसकेर कयौं बिद्यालयको विजोग थियो, शिक्षक नहुँदा पढाईको वातावरण थिएन,’ उनले भने ‘जब गाउँपालिकाले शिक्षामा लगानी गर्यो, अहिले गाउँपालिकाको शिक्षा क्षेत्रले फड्को मारिसक्यो ।’

उक्त बैठकमा राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, गाउँपालिकाका कानुनी र सञ्चार सल्लाहकार, गाउँ शिक्षा समितिका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । 




 


प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
मधेश, लुम्बिनी र सुदूरपश्चिमका भूभागमा आज मध्यम वर्षाको सम्भावना
मधेश, लुम्बिनी र सुदूरपश्चिमका भूभागमा आज मध्यम वर्षाको सम्भावना शनिबार, वैशाख १९, २०८३
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु बिहीबार, वैशाख १७, २०८३
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण सोमबार, वैशाख १४, २०८३
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल नियुक्त सोमबार, वैशाख १४, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने 
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने  आइतबार, वैशाख १३, २०८३
भत्काइँदै मनोहराको सुकुमवासी बस्ती
भत्काइँदै मनोहराको सुकुमवासी बस्ती आइतबार, वैशाख १३, २०८३
क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन
क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन बिहीबार, वैशाख १०, २०८३
'भुईमान्छेका मानव अधिकारका पक्षमा बोल्नुपर्छ'
'भुईमान्छेका मानव अधिकारका पक्षमा बोल्नुपर्छ' बिहीबार, वैशाख १०, २०८३
सबै कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारकाे निर्देशन
सबै कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारकाे निर्देशन बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्