Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालगन्जमा हात्ती पाइले रोग विरुद्धको औषधी किन खादैनन् ?
नेपालगन्जमा हात्ती पाइले रोग विरुद्धको औषधी किन खादैनन् ?
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत १२, २०७८

नेपालगन्ज : हात्ती पाइले रोग विरुद्धको औषधी कम सेवन गर्नेमा नेपालगन्ज उपमहानगरपालिका पहिलो भएको छ । सरकारले गत फागुन २८ गतेदेखी बाँकेसहित १० जिल्लामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्र्तगत औषधी सेवन कार्यक्रम सुरु गरेको थियो । 

अभियान अन्र्तगत नेपालगन्जमा सबैभन्दा कम ४३ प्रतिशतले मात्र औषधी सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगन्जमा हात्ती पाइले रोग विरुद्धको औषधी खुवाउन सकस परिरहेको स्वास्थ्यकर्मी बताउँछन् । कार्यालयका किटजन्य रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमले १० जिल्लाका स्थानीय तह मध्ये नेपालगन्जमा सबैभन्दा कम औषधी सेवन गरेको पाइएको जानकारी दिइन् । लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलबस्तुमा अभियान चलिरहेको छ । 

‘यसवर्ष राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान लागु भएका १० जिल्लाका स्थानीय तह मध्ये सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा औषधी सेवन गरेको रिपोर्ट आएको छ, यसबाट अभियानमा चुनौती सिर्जना भएको छ,’ उनले भनिन् । 

फोकल पर्सन गौतमका अनुसार हालसम्म बाँकेको कोहलपुर नगरपालिकामा ७२ प्रतिशत, राप्ती सोनारीमा ६१, नरैनापुरमा ६२, खजुरामा ६२, बैजनाथमा ६५, जानकीमा ७३ र डुडुवा गाउँपालिकामा ७७ प्रतिशतले औषधी सेवन गरेका छन् । जिल्लाभर ६० प्रतिशतले मात्र हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गरेको फोकल पर्सन गौतमले बताइन् । ‘जिल्लाभर कम्तिमा पनि ८० प्रतिशतले औषधी सेवन गरेको हुनुपर्छ, तर यो धेरै कम हो,’ उनले थपिन् ।

कार्यालयका अनुसार बाँकेमा हाल हात्ती पाइले रोगको सक्रिय संक्रमित दर ४.१ प्रतिशत रहेको छ । गौतमले भनिन्, ‘बाँकेमा हाल १ सय जनसंख्या बराबर ४ जना ब्यक्तीमा हात्ती पाइले रोग छ ।’ फोकल पर्सन गौतमले कतिपय ब्यक्तिले औषधी सेवन गरेपछि खुट्टा सुन्निने समस्या कम भएको पाइएको बताइन् । ‘जसको शरिरमा लक्षण देखिएको छैन, भित्र रहेको परजिवीलाई मार्ने काम गर्छ, समुदायका सबैले एकैपटक औषधी खाएपछि समुदायमा सर्ने दर कम हुन्छ,’ उनले भनिन् ।

बाँकेमा २०६७ सालबाट हात्ती पाइले रोग निवारण अभियान सुरु भएको हो । उक्त अभियान सुरु हुनुअघि जिल्लामा रोगको प्रकोप दर २१ प्रतिशत रहेकोमा वर्षेनी औषधी सेवन कार्यक्रम हुँदा घटेर ४ प्रतिशतमा झरेको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह बताउँछन् । 

‘रोगको प्रकोप दर २१ प्रतिशतबाट झरेर ४ प्रतिशतमा आएको छ, तर खासमा २ प्रतिशतभन्दा पनि तल झर्नुपर्छ,’ उनले भने । स्वास्थ्य मापदण्ड अनुसार जनस्वास्थ्य समस्या नरहने गरी प्रकोप दर घटेपछि मात्र औषधी सेवन गर्नु पर्दैन । बाँकेमा अहिले हात्ती पाइले रोग जनस्वास्थ्य समस्याकै रुपमा समुदायमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा फैलिरहेको छ । 

२०६७ सालमा बाँकेमा अभियान सञ्चालन हुने क्रममा चार जना ब्यक्तिको अन्य रोगबाट मृत्यु भएपनि हात्ती पाइले रोगको औषधी सेवन गरेर मृत्यु भएको भनि गलत प्रचार भएका कारण त्यसपछिका अभियान नेपालगन्जमा प्रभावकारी हुन नसकेको शाहले सुनाए । रोगको प्रकोप २ प्रतिशतमा नझर्दा सम्म कार्यक्रम नरोकिने र जसरी भएपनि औषधी सेवन गराउनुपर्ने बताए । 

हात्ती पाइले रोग भएका ब्यक्तीमा हाइड्रोशिल हुने, खुट्टा सुन्निने लगायतका समस्या देखापर्ने र रोग लागेपछि निको सम्भावना कम हुने स्वास्थ्यकर्मी बताउँछन् । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले विशेषगरी मधेसी र मुस्लिम समुदायमा हात्ती पाइले रोग विरुद्धको औषधीबारे गलत बुझाई रहेको बताए । 

‘विशेषगरी नेपालगन्जको वडा नम्बर ३, ११ र १७ मा औषधी खान नमानेको अवस्था छ,’ उनले भने ‘कतिपयले औषधी लिएपनि सेवन नगरेको देखिन्छ, धेरैजसोले जानी जानी औषधी नखाएको अवस्था छ,’ उनले भने ।

हात्ती पाइले रोगविरुद्ध जनचेतना मुलक कार्यक्रमसँगै जनप्रतिनिधी, धर्मगुरु, सरोकारवाला निकायसँग छलफल गरेपनि अभियान प्रभावकारी नभएको चन्दले सुनाए । ‘औषधी सेवन नगर्दा समुदायमै हात्ती पाइले रोगको संक्रमण दर देखिरहेको छ, अब खुवाउने तरिकामा पनि परिर्वतन गर्न जरुरी छ,’ उनले थपे । -नागरिक न्युजबाट साभार
 


प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्