Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • आमा सुरक्षा कार्यक्रममा चुनौती, रोकिएन मातृ मृत्युदर
आमा सुरक्षा कार्यक्रममा चुनौती, रोकिएन मातृ मृत्युदर
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, जेठ ३१, २०७९

नेपालगन्ज : सरकारले आमा सुरक्षा कार्यक्रम लागु गरेर अर्बौ रुपैयाँ खर्च गरिरहँदा पनि मातृ मृत्युदर घट्न सकेको छैन। बाँकेमा मातृ मृत्युदर झन् बढ्दो क्रममा रहेको पाइएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाभित्रमा १४ जना महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। कार्यालयका अनुसार यसअघि गत आर्थिक वर्ष २०७७/७८ र २०७६/७७ भरी ३५/३५ जनाको मृत्यु भएको थियो।  
जिल्लामा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका भित्रका ६ जना महिलाले ज्यान गुमाएका छन्। यस्तै जानकी गाउँपालिकामा ३, राप्ती सोनारी र नरैनापुरमा २/२ र कोहलपुरमा एक जना महिलाले ज्यान गुमाएको कार्यालयका ‘आमा सुरक्षा कार्यक्रम’ फोकल पर्सन एवम् पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिइन्। ‘नेपालगन्ज जस्तो सुगम ठाउँमा पनि मातृमृत्युदरको अवस्था डरलाग्दो देखिएको छ,’ उनले भनिन्, ‘६ महिनामै यति धेरैको मृत्यु भइसकेको छ।’ मातृ मृत्युदुर बढी हुनेमा मधेसी तथा मुस्लिम समुदायका बढी रहेको देखिएको छ।               IMG_20220614_1609521655202316.jpg
कार्यालयका अनुसार मधेसी तथा मुस्लिम समुदायमा ३६ प्रतिशत मातृमृत्युदर रहेको छ। अधिकांस महिलाको सुत्केरी पश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ। अस्पतालमा ४३ प्रतिशत महिलाको मृत्यु भएको कार्यालयको तथ्यांक छ। यस्तै २९ प्रतिशतको बाटोमा र १४ प्रतिशतको घर र १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको छ।  
यसैगरी २९ प्रतिशत महिलाको अत्यधिक रक्तस्राव र २१ प्रतिशत महिलाको रगत कमी भएर मृत्यु भएको पब्लिक हेल्थ नर्स श्रेष्ठले सुनाइन। मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समुहका रहेको उनले बताइन्। ‘यि मध्ये ५० प्रतिशत महिलाले त पहिलो सन्तानको अनुभव बटुल्न नपाएरै ज्यान गुमाएका छन्, पहिलो सन्तानको अनुभव बटुलेका ३६ जनाको मृत्यु भएको देखिएको छ,’ उनले भनिन्। १५ प्रतिशत महिलाले पेटमै बच्चा रहँदा, ४० प्रतिशत महिलाले बच्चा जन्मिसकेपछि र ३४ प्रतिशतले बच्चा जन्मेको ४८ घण्टाको अवधीमा ज्यान गुमाएका छन्।                                                        Dhir Jung Shaha1655196482.jpg
भेरी अस्पताल नेपालगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा गम्भिर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांस महिलाको अकालमा मृत्यु हुने गरेको बताउँछिन्। ‘नियमित रुपमा गर्नुपर्ने चेकजाँच गरेका हुँदैनन्, ब्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्छन्, त्यसपछि डाक्रटले उनीहरुलाई बचाउने अवस्था अवस्था नै हुदैन,’ उनले भनिन्। कतिपयमा रक्तचाप, मधुमेह, थाइराइट जस्ता दिर्घरोग सम्बन्धी समस्या देखिने गरेको डा. थापा बताउँछिन्। ‘भेरी अस्पतालमा जनशक्ति छ, तर आवश्यक उपकरण छैन,’ उनले भनिन्, ‘मातृमृत्युदुर कम गर्न अस्पतालले मात्र सबै थोक गर्न सक्दैन, ग्रासरुटबाटै लागु गर्नुपर्छ।’
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह मातृ मृत्युदर कम गर्न कार्यालयले विभिन्न प्रयास गर्दै आएको बताए। ‘अस्पतालमै बढी मृत्यु किन भइरहेको छ भनेर हाम्रो ध्यान त्यतातिर पनि केन्द्रित भइरहेको छ, तर हाम्रो एक्लो प्रयासले मात्र यो अवस्थालाई कम गर्न सकिदैन,’ उनले भने। मातृमृत्युदुर बढ्नुमाा बाल विवाह, उमेर नपुग्दै गर्भवती हुने, पोषणको कमी जस्ता कारण पनि रहेको बताए।

 


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा 
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा  बुधबार, वैशाख १७, २०८२
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’ मंगलबार, वैशाख ९, २०८२
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन  
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन   मंगलबार, वैशाख ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्