Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँके क्षेत्र-३ मा प्रतिनिधी सभाको उम्मेदवार बन्ने कांग्रेसभित्र चर्चा
बाँके क्षेत्र-३ मा प्रतिनिधी सभाको उम्मेदवार बन्ने कांग्रेसभित्र चर्चा
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन २३, २०७९

नेपालगन्ज : प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन तोकिएपछि बाँकेको क्षेत्र नम्बर ३ मा उम्मेदवारबारे चर्चा सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । सरकारको घोषणा पश्चात निर्वाचन आयोगले चुनाव गराउने तयारी अगाडी बढाइसकेको छ । 

आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ बाट कांग्रेसका पुराना र नयाँ अनुहारले आकांक्षा देखाएका छन् । उक्त क्षेत्रबाट प्रतिनिधी सभा निर्वाचनका लागि नेता मेघराज ओली, बादशाह कुर्मी र लक्ष्मीनारायण शाहले उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन् । 

क्षेत्र नम्बर ३ बाट हाल कांग्रेसको महासमिति सदस्य समेत रहेका ओलीले यसपटक प्रतिनिधी सभाका लागि तिब्र आकांक्षा देखाएका छन् । कांग्रेसका जिल्लादेखी केन्द्रिय स्तरका नेताले समेत चुनाव लड्न उनलाई सुझाव दिएका छन् । यस्तै सोही क्षेत्रबाट चुनाव लड्ने पार्टीका महाधिवेशन प्रतिनिधी कुर्मी र महासमिति सदस्य तथा हाल कांग्रेसका जिल्ला सदस्य रहेका शाहले पनि आकांक्षा राखेका छन् । उनीहरु पनि आफ्नो तयारी स्वरुप भेटघाटमा ब्यस्त छन् । 

नेता कुर्मीले पटक–पटक अवसर पाउँदै आएका छन् । शाहले पनि एक पटक अवसर पाईसकेका छन् । कांग्रेसले नेता कुर्मीलाई बाँकेबाट २०६४ र २०७० सालमा दुई पटक संविधान सभा सदस्य बनाएको थियो । २०७४ सालको निर्वाचनमा पनि पार्टीले कुर्मी र शाहलाई आफ्नो उम्मेदवार बनाएको थियो । उक्त क्षेत्रबाट प्रतिनिधी सभा निर्वाचनका लागि कुर्मी र प्रदेश सभा-३ ‘ख’ बाट शाह चुनाव लडेका थिए । तत्कालिन बाम गठबन्धनका तर्फबाट कुर्मीलाई एमालेका नन्दलाल रोकाय र शाहलाई बाबुराम गौतमले पराजित गरेका थिए । 

नेता ओली यस्तो ब्यक्ति हुन्, जो विगत तीन दशकभन्दा बढी समयदेखी कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल प्रेस युनियन हुदै नेपाली कांग्रेसको मुल राजनीतिमा निरन्तर सक्रिय हुदै आएका छन् । तर, पार्टीले अहिलेसम्म उनलाई कुनैपनि अवसर दिन सकेको छैन ।   

२०७४ सालको भन्दा अहिले राजनीतिक परिस्थितीमा फेरबदल भइसकेको छ । चुनावमा बाम गठबन्धन गरेर पार्टी एकता समेत गरेका माओवादी र एमाले अलग भइसकेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कुन दलले कहाँ पाउने भन्ने निश्चित नभएपनि पार्टीभित्र उम्मेदवार बन्न नेताहरुको आकांक्षा भने तिब्र देखिन्छ ।  

बाँके, क्षेत्र नम्बर ३ मा कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंर चुनाव लड्न आउने चर्चा चलेपनि अहिलेसम्म उनले कतै मुख खोलेका छैनन् । तर, कांग्रेस स्रोतका अनुसार नेता राठौंर बाँकेमा चुनाव लड्न आउने सम्भावना कम देखिएको छ । राठौंरले आफ्नै गृहजिल्ला बर्दियामा चुनाव लड्ने सोच बनाएको उनी निकट नेता बताउँछन् । चुनाव नजिक आउँदा कांग्रेसभित्र टिकटका लागि होडबाजी नै चल्ने गरेको छ । 

पार्टीबाट अवसर पाउने ब्यक्तिले सधैं अवसर पाउने र नपाउने ब्यक्ति नपाउने सधैं बञ्चित हुने कांग्रेसभित्र मौलाएको बेथिती हो । २०७९ सालको प्रतिनिधी सभा निर्वाचनमा भने सत्तारुढ दल कांग्रेसले कस्लाई उम्मेदवार बनाउँछ, त्यो भने कांग्रेस कार्यकर्ता मात्रै नभएर बाँके क्षेत्र नम्बर ३ का सिंगो बासिन्दाले चासोका साथ हेरिरहेका छन् । 

यो पनि पढ्नुस् :

बाँके कांग्रेसका आशालाग्दा नेता, जसलाई संस्थापनले चिन्नै सकेन


प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०८:३२
#प्रतिनिधी सभा निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्