Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँके क्षेत्र नम्बर २ मा कांग्रेस पहिलो, एमाले दोस्रो !
बाँके क्षेत्र नम्बर २ मा कांग्रेस पहिलो, एमाले दोस्रो !
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन २३, २०७९

नेपालगन्ज : बाँकेको क्षेत्र नम्बर २ मा सबैभन्दा पहिलो दलका रुपमा नेपाली कांग्रेस देखिएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा सबैभन्दा पहिलो स्थानमा कांग्रेस देखिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् । क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको थियो ।

उक्त निर्वाचनमा क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेसको अग्रता रहेको देखिन्छ । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारहरु एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए ।

स्थानीय तहको मत परिणाम अनुसार सबैभन्दा पहिलो कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा जनता समाजवादी पार्टी(जसपा), त्यसपछि राप्रपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) देखिएको छ । 

मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादी केन्द्रले ६ हजार ८ सय ५९, नेकपा एकिकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत प्राप्त गरेको छ । 

Banke 2 Report Local Election1659962193.jpg

उक्त क्षेत्रमा २०७० सालसम्म पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्वसभापति सुशिल कोइराला चुनाव लड्ने गरेका थिए । कोइरालाको निधन पछि २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल हुँदा गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद चुनाव लडेपनि पराजित भएका थिए ।

यस्तै बामगठबन्धनका तर्फबाट सुर्य चिन्ह लिएर पशुपति दयाल मिश्र चुनाव लडेका थिए, भने संघिय समाजवादी पार्टीका तर्फबाट एक्लै चुनाव लडेर मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको सांसदमा निर्वाचित भएका थिए । हाल जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका राई वर्तमान सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् । 

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा दलहरु एक्लै लड्ने हो र सोही मत परिणाम अनुसार मतदाताले मतदान गरेको खण्डमा कांग्रेस फेरीपनि पहिलो हुने अनुमान गरिएको छ । तर, मतदाताले आफ्नो मन बदलेर फरक तरिकाले मतदान गरेको खण्डमा आउने मत परिणाम भने एकिन गर्न नसकिने विश्लेषण गरिएको छ ।

निर्वाचनमा दलहरु एक्ला एक्लै लड्ने हुन् या मिलेर लड्ने हुन् ? अझै एकिन भईसकेको छैन । यद्यपी, सत्तारुढ पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनाव लड्ने सहमती भइसकेको छ । 


प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:४९
#प्रतिनिधी सभा निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्