Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँके क्षेत्र नम्बर २ मा कांग्रेस पहिलो, एमाले दोस्रो !
बाँके क्षेत्र नम्बर २ मा कांग्रेस पहिलो, एमाले दोस्रो !
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन २३, २०७९

नेपालगन्ज : बाँकेको क्षेत्र नम्बर २ मा सबैभन्दा पहिलो दलका रुपमा नेपाली कांग्रेस देखिएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा सबैभन्दा पहिलो स्थानमा कांग्रेस देखिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् । क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको थियो ।

उक्त निर्वाचनमा क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेसको अग्रता रहेको देखिन्छ । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारहरु एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए ।

स्थानीय तहको मत परिणाम अनुसार सबैभन्दा पहिलो कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा जनता समाजवादी पार्टी(जसपा), त्यसपछि राप्रपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) देखिएको छ । 

मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादी केन्द्रले ६ हजार ८ सय ५९, नेकपा एकिकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत प्राप्त गरेको छ । 

Banke 2 Report Local Election1659962193.jpg

उक्त क्षेत्रमा २०७० सालसम्म पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्वसभापति सुशिल कोइराला चुनाव लड्ने गरेका थिए । कोइरालाको निधन पछि २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल हुँदा गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद चुनाव लडेपनि पराजित भएका थिए ।

यस्तै बामगठबन्धनका तर्फबाट सुर्य चिन्ह लिएर पशुपति दयाल मिश्र चुनाव लडेका थिए, भने संघिय समाजवादी पार्टीका तर्फबाट एक्लै चुनाव लडेर मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको सांसदमा निर्वाचित भएका थिए । हाल जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका राई वर्तमान सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् । 

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा दलहरु एक्लै लड्ने हो र सोही मत परिणाम अनुसार मतदाताले मतदान गरेको खण्डमा कांग्रेस फेरीपनि पहिलो हुने अनुमान गरिएको छ । तर, मतदाताले आफ्नो मन बदलेर फरक तरिकाले मतदान गरेको खण्डमा आउने मत परिणाम भने एकिन गर्न नसकिने विश्लेषण गरिएको छ ।

निर्वाचनमा दलहरु एक्ला एक्लै लड्ने हुन् या मिलेर लड्ने हुन् ? अझै एकिन भईसकेको छैन । यद्यपी, सत्तारुढ पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनाव लड्ने सहमती भइसकेको छ । 


प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:४९
#प्रतिनिधी सभा निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्