Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सहिदका छोरा 'दृष्टिविहिन' अमृतकुमारको सांसद बन्ने सपना
सहिदका छोरा 'दृष्टिविहिन' अमृतकुमारको सांसद बन्ने सपना
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ २०, २०७९

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य अमृतकुमार आचार्यलाई यतिबेला आसन्न प्रदेश सभा निर्वाचनले छोएको छ । अचेल दैनिक रुपमा उनको भेटघाट बाक्लिएको छ । झ्वाट्ट हेर्दा सामान्य ब्यक्ति जस्तै लाग्ने आचार्य दृष्टिबिहिन हुन् । तर, उनको सक्रियता पार्टीभित्र साधारण नेता कार्यकर्ताको भन्दा कम छैन ।

शारिरीक रुपमा अशक्त भएपनि जिल्ला सदस्यको जिम्मेवारी पाएपछि पार्टीको काममा झनै सक्रिय भएका छन्, उनी । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी आचार्य वडा तहदेखी जिल्ला तहसम्म पार्टीका हरेक गतिविधीमा सामेल हुन्छन् । 

उनको योगदान यत्तिमा मात्र सिमित छैन, गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा कांग्रेसका उम्मेदवारलाई जिताउन पनि अग्रणी भुमिका खेलेका थिए । उक्त वडामा कांग्रेसकै बिद्रोही उम्मेदवार उठेका बेला आधिकारिक उम्मेदवारलाई जिताउन उनलाई ठुलै चुनौती थियो । 

उनी राम्ररी देख्न सक्दैनन, तर दिउँसोको समयमा आचार्य आफै हिडडुल गर्न सक्छन् । रात परेपछि भने उनलाई हिड्न समस्या हुन्छ । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि जिल्ला सदस्य आचार्य समानुपातिकतर्फ उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।

प्रदेशसभा-२ ‘ख’ बाँकेले केहीदिन अघि उनीसहित नेताहरुको नाम सिफारिस गरेको थियो । आसन्न निर्वाचनमा पार्टीले अपांगता कोटाबाट आफुलाई प्रदेश सांसदको बन्द सूचीमा राख्ने उनको अपेक्षा छ । शारिरीक अशक्तताले गर्दा उनी चाहेर पनि प्रत्यक्षतर्फ चुनाव लड्न सक्दैनन् ।

त्यसकारण उनलाई एउटै आशा छ, पार्टीले समानुपातिकतर्फ सांसदको बन्द सूचीमा नाम राखेर देशकै उदाहरण प्रस्तुत गर्नेछ । यदी पार्टीले समानुपातिक सांसदको रुपमा आचार्यको नाम बन्द सूचीमा राख्यो भने सम्भवतः उनी लुम्बिनी प्रदेशको पहिलो दृष्टिविहिन प्रदेश सांसद बन्न पाउनेछन् । आचार्यलाई कांग्रेसले सांसद बनाउँदा अन्य दलका लागि पनि सिकाई हुनेछ । 

यतिबेला पार्टीका अधिकांस नेताहरु टिकटका लागि काठमाडौं पुगेर नेताका घर, दैलो चहारिरहेका छन् । तर, आचार्यले अहिलेसम्म कुनैपनि नेतालाई त्यसरी भेटेका छैनन् । उनले चाहेर पनि भेट्न सकेका छैनन् । केही नेतासँग फोनमा बाहेक प्रत्यक्ष कुराकानी गरेका छैनन् । नेपाल बिद्यार्थी संघ हुँदै नेपाली कांग्रेसमा उनको योगदान धेरै छ । उनी शहिदका छोरा पनि हुन् । यसले गर्दा पनि उनी प्रदेश सांसदका लागि थप योग्य मानिन्छन् ।  सबैसँग सहजै घुलमिल हुने र सबैलाई समान ब्यवहार गर्ने उनको स्वभाव छ ।

त्यसकारण उनी सबैका नजरमा प्रिय छन् । २०६२ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस दाङको ईकाई सभापति समेत भइसकेका आचार्य राजनीतिसँगै पढाईमा पनि उत्तिकै तेजिला छन । उनले अंग्रेजी विषयमा स्नातकोत्तर पुरा गरेका छन् । 

दाङको भमके निवासी उनका बुवा अनन्तकुमार आचार्यलाई तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा नेकपा माओवादीले हत्या गरेको थियो । बुवाको हत्यापछि उनको परिवार त्यहाँबाट विस्थापित भएर नेपालगन्ज आएको हो । बुवाको सपना पुरा गर्नका लागि राजनीतिमा होमिएका उनी पार्टीको १४ औं महाधिवेशनबाट जिल्ला कार्यसमिति बाँकेमा निर्विरोध सदस्य पदमा निर्वाचित भएका थिए ।

‘नेपाली कांग्रेस भएकै कारण बुवाको हत्या भयो, बुवाको सपना पुरा गर्नकै लागि भएपनि म राजनीतिमा लागेको हुँ,’ उनले भने ‘मलाई यसपटक पार्टीले लुम्बिनी प्रदेशको समानुपातिक सांसद बनाउने विश्वास छ, पार्टीले म जस्ता अपांगता र दृष्टिबिहिनलाई संसदसम्म पुर्याएर गतिलो उदाहरण प्रस्तुत गर्नेछ ।’

समग्र अपांगता भएका ब्यक्ति तथा दृष्टिविहिनका लागि आवश्यक नीति निर्माण कार्यमा प्रतिनिधित्व गर्न र कांग्रेसको पक्षमा संसदमा आवाज बुलन्द गर्न सांसद बन्ने आकांक्षा राखेको आचार्य बताउँछन् ।

यो पनि पढ्नुस् :

बाँकेको प्रदेश सभा-२ ‘ख’ मा वन मन्त्री हमालसहित कांग्रेसका ७ जना सिफारिस

'लोकप्रिय' युवा नेता आचार्य कांग्रेस जिल्ला सदस्यमा निर्विरोध-(भिडियो अन्तरवार्ता)

कांग्रेस बाँकेको निर्वाचन नजिकिदै गर्दा अमृतकुमारको सक्रियता

शहिदका ‘दृष्टिबिहिन’ छोरा अमृतकुमार होमिदैं कांग्रेस निर्वाचनमा


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्