Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँकेलाई परेको असर र उपलब्धी
बाँकेलाई परेको असर र उपलब्धी
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ३, २०७८

नेपालगन्ज : विश्वलाई नै तहस नहस पार्ने गरी फैलिएको कोरोना भाईरस(कोभिड-१९) महामारीबाट बाँके जिल्ला पनि अछुतो रहन सकेन । पहिलो र दोस्रो लहरमा फैलिएको कोरोना महामारीबाट धेरैले अकालमा ज्यान गुमाए, भने सबै क्षेत्रमा नराम्ररी असर पुगेको छ । तर, कोरोना महामारीकै कारण बाँकेमा केही पुर्वाधार बनेका छन् । 

कुनैबेला सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित थियो, जिल्लाको नरैनापुर । नेपालगन्ज–बघौडा हुलाकी सडक भर्खरै सम्पन्न भएपनि बिद्युत, स्वास्थ्य जस्ता अत्यावश्यक सेवाबाट भने उक्त क्षेत्र पछाडी नै थियो । बिद्युत र स्वास्थ्य सेवा बिस्तारका लागि बर्षौ अघिदेखी स्थानीयले आवाज उठाउँदै आएपनि पुरा हुन सकेको थिएन । 

२०७७ बैशाखमा पहिलो लहरको कोरोना महामारीबाट नरैनापुर नराम्ररी प्रभावित भयो । नेपाल–भारत सिमासँगै जोडिएको नरैनापुरमा फैलिएको महामारी नियन्त्रण गर्न हम्य पर्यो । गाउँमा बिद्युत नभएका कारण सुरुका चरणमा नरैनापुरका कोरोना संक्रमितलाई नेपालगन्ज र दाङका आइसोलेशनमा राखियो ।

२०७७ बैशाखमा पहिलो लहरको कोरोना महामारीबाट नरैनापुर नराम्ररी प्रभावित भयो । नेपाल–भारत सिमासँगै जोडिएको नरैनापुरमा फैलिएको महामारी नियन्त्रण गर्न हम्य पर्यो । गाउँमा बिद्युत नभएका कारण सुरुका चरणमा नरैनापुरका कोरोना संक्रमितलाई नेपालगन्ज र दाङका आइसोलेशनमा राखियो । नरैनापुरमा फैलिएको कोरोना महामारी नियन्त्रणमा ल्याउन केही महिनासम्म नेपाली सेना नै परिचालन गरियो । 

नरैनापुरका कोरोना संक्रमितलाई आफ्नै ठाउँमा आईसोलेसन बनाएर राख्ने जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले तयारी गर्यो । तर, बिद्युत अभावका कारण आईसोलेसन सञ्चालन गर्न सम्भव भएन । स्थानीय प्रशासनको अगुवाईमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले नरैनापुरमा बिद्युत पुर्याउने संकल्प गरे । 

बिद्युत बिस्तारका लागि बिद्युत प्राधिकरणले यसअघि नै ठेक्का लगाएपनि त्यहाँको काम सुस्त थियो । नरैनापुरमा आईसोलेसन केन्द्र स्थापना गर्ने भएपछि सर्ब पक्षिय दवावका कारण प्राधिकरणले छोटो प्रक्रियाबाट बिद्युत बिस्तारको काम अगाडी बढायो । फलस्वरुप नरैनापुरमा बत्ती बल्यो । नेपाल बिद्युत प्राधिकरण प्रदेश नम्बर ५ डिभिजन कार्यालयले नेपालगन्जस्थित सव–स्टेशनबाट नरैनापुरलाई सिधैं जडान गरिदियो । नेपालगन्जको सव–स्टेशनबाट नरैनापुरको अन्तिम बिन्दु (नेपाल–भारत सिमा)सम्म करिव ४४ किलोमिटर दुरि छ । नरैनापुरलाई नेपालगन्जको सव–स्टेशनबाटै ११ केभी क्षमताको बिद्युत उपलब्ध गराइएको छ । 

नरैनापुरबासीले दशकौंदेखी पाउँदै आएको आश्वासन करिव २३ वर्षपछि पुरा भयो । त्यो पनि कोरोना महामारीको समयमा । बिद्युत सेवा बिस्तार भएपछि नरैनापुरका स्थानीयले अहिले स्वास्थ्य, सञ्चार, शिक्षा, खानेपानी लगायत सुविधा पाएका छन् । 

हरेक पटक हुने चुनावमा दलका उम्मेदवारले बिद्युतीकरणको मुद्दालाई आफ्नो घोषणा पत्रमा समेट्थ्ये । पुर्वराजा, पुर्वप्रधानमन्त्री तथा बहालवाला मन्त्री समेत पुगेर नरैनापुरबासीलाई सधैं आश्वासन मात्रै बाँड्थ्ये । नरैनापुरबासीले दशकौंदेखी पाउँदै आएको आश्वासन करिव २३ वर्षपछि पुरा भयो । त्यो पनि कोरोना महामारीको समयमा । बिद्युत सेवा बिस्तार भएपछि नरैनापुरका स्थानीयले अहिले स्वास्थ्य, सञ्चार, शिक्षा, खानेपानी लगायत सुविधा पाएका छन् । 


कोरोना महामारीलाई लक्षित गरेर नरैनापुरमै आइसोलेशनका लागि पर्याप्त पुर्वाधार तयारी अवस्थामा राखिएको छ । बर्षौदेखी अलपत्र परेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको सेवा सुचारु भइरहेको छ । अहिले स्वास्थ्यका कर्मचारी नियमित रुपमा नरैनापुरमै बस्ने गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट नरैनापुर गाउँपालिका प्रभावित हुँदा स्थानीय स्तरमै आइसोलेसन बनाउने प्रयास बिद्युत अभावका कारण असफल भएपछि काम अगाडी बढाउन प्राधिकरणलाई दवाव बढेको थियो । कोरोना महामारीकै बीच प्राधिकरणले ठेकेदार कम्पनी रेनु कन्स्ट्रक्सनलाई ताकेता गरेपछि जेठ ८ गतेबाट नरैनापुरको मटेहियादेखी कटकुइयासम्म मुख्य लाइन बिस्तारको काम थालिएको थियो । 

तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर करुङवाङले नरैनापुरमा बैकल्पिक रुपमा भएपनि बिद्युत बिस्तारको काम गर्न प्राधिकरण, ठेकेदार तथा जनप्रतिनिधीबीच निरन्तर छलफल र समन्वयकारी भुमिका निभाए । जुन कार्यले छोटो समयमै सफलता मिलेको सम्बद्धहरु बताउँछन् । ‘त्यतिबेला नरैनापुरमा कोरोना महामारीले विकराल रुप नलिएको भए बत्ती विस्तार गर्न सम्भव नै थिएन, कोरोनाको जटिल परिस्थितीले नरैनापुरबासीलाई विकास दियो,’ बिद्युत प्राधिकरण प्रदेश नम्बर पाँच डिभिजन कार्यालय नेपालगन्जका प्राविधिक भन्छन् । 

बघौडा क्षेत्रका रुपमा चिनिने त्यहाँ साविक गंगापुर, मटेहिया, नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गाविस थिए । स्थानीय तह पुर्नसंरचना पश्चात ६ वटा गाविसलाई मिलाएर नरैनापुर गाउँपालिका बनेको हो । नरैनापुर गाउँपालिका हाल प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ र प्रदेश सभा–१ (क) मा पर्छ । 

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बघौडाबासीको बत्ती बाल्ने बर्षौ देखीको सपना कोरोना महामारीले पुरा गराइदिएको बताउँछन् । बत्ती पुगेपछि नरैनापुरमा विकासका अन्य धेरै पुर्बाधारहरु बन्ने क्रममा रहेको उनको भनाई छ ।

‘नरैनापुरमा महामारी आएकै कारण बत्ती बिस्तार गर्न सम्भव भएको हो, कोरोना महामारीले निम्त्याएको यो हाम्रो लागि महत्वपुर्ण र ऐतिहासिक अवसर हो,’ शाह भन्छन् । बत्ती विस्तार भएपछि नरैनापुरबासीले शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, सिचाइँ लगायत अत्यावश्यक सुविधा पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउँछन् । ‘पहिलेको नरैनापुर र अहिलेको नरैनापुरको अवस्थालाई तुलना गर्न नै मिल्दैन, बत्ती आएपछि त धेरै परिर्वतन भइसकेको छ,’ बस्नेतले भने ।   

कोरोना महामारीले निम्त्याएको अर्को महत्वपुर्ण अवसर हो, भेरी अस्पतालको स्तरोन्नती । जनशक्ति र स्रोत, साधनको अभाव जहिले पनि खेप्दै आएको भेरी अस्पतालमा कोरोना संक्रमणका कारण विभिन्न भौतिक संरचना थपिए, जसलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु महत्वपुर्ण अवसरका रुपमा लिन्छन् ।

कोरोना महामारीले निम्त्याएको अर्को महत्वपुर्ण अवसर हो, भेरी अस्पतालको स्तरोन्नती । जनशक्ति र स्रोत, साधनको अभाव जहिले पनि खेप्दै आएको भेरी अस्पतालमा कोरोना संक्रमणका कारण विभिन्न भौतिक संरचना थपिए, जसलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु महत्वपुर्ण अवसरका रुपमा लिन्छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रकाश थापाका अनुसार अस्पतालमा आईसियु, भेन्टिलेटर, वार्ड, ल्याब लगायतका थुप्रै उपकरण र भौतिक संरचना तथा दक्ष जनशक्ति थपिएका छन् ।

‘कोभिड ब्यवस्थापन राम्रो गरे वापत अस्पताल सबैतिरबाट चिनियो,’ उनी भन्छन् ‘कोभिडका कारण अस्पतालको केही स्तरोन्नती भयो, अस्थायी दरबन्दीले समग्र काममा टेवा पुग्यो ।’ थापाका अनुसार पहिले अस्पतालसँग ३ वटा भेन्टिलेटर रहेकोमा अहिले संख्या १५ पुगेको छ ।

अस्पतालमा वार्ड तथा आईसियुको क्षमता बढेको थापाले सुनाए । उनले भने, ‘संख्या बढेपछि जति पनि आईसियु बनाउन सकिन्छ, हरेक बेडमा अक्सिजन पाइपलाईन जडान गरिएको छ, जीर्ण भौतिक संरचनालाई मर्मत सम्भार गरेर नयाँ वार्ड बनाएका छौं ।’ महामारीको दोस्रो लहरका क्रममा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गर्न सफल भएको छ । अस्पतालले कोरोनाका कारण अवसर र चुनौती दुबैको सामना गर्यो । 

भेरी अस्पताल जस्तै कोरोनाको समयमा चर्चित भयो, बाँके, खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल । सञ्चालनमा आएको धेरै समय नभएपनि पर्याप्त साधन, स्रोत अभावको समस्या खेपिरहेको थियो, उक्त अस्पतालले । कोरोनाकै कारण अस्पतालको स्तरोन्नती भयो ।

भेरी अस्पताल जस्तै कोरोनाको समयमा चर्चित भयो, बाँके, खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल । सञ्चालनमा आएको धेरै समय नभएपनि पर्याप्त साधन, स्रोत अभावको समस्या खेपिरहेको थियो, उक्त अस्पतालले । कोरोनाकै कारण अस्पतालको स्तरोन्नती भयो ।

अस्पतालका प्रमुख डा. कृष्ण आचार्य भन्छन्, ‘कोरोना महामारीका बेला हाम्रो अस्पतालमा ४० बेडको आइसोलेशन बनाइयोे, आइसोलेशन बनाउँदा करोडौंका भौतिक संरचना थपिए,  यसले गर्दा अस्पताललाई सेवा बिस्तार गर्न सहज भयो ।’ महामारीको बेलामा क्यान्सर र कोभिडका बिरामीको एकै ठाउँमा उपचार गर्दा केही चुनौती आएको उनी स्मरण गर्छन् । 

कोरोना महामारीका कारण जिल्लामा सबै क्षेत्र धरासायी भएपनि कोरोनाको कारणले निर्मित कतिपय राम्रा काम स्मरण गर्न योग्य छन् ।  विशेषगरी यहाँको आर्थिक क्षेत्र तहस नहस भएको छ । लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी ‘नमुना’ कोरोना महामारीकै कारण नरैनापुरको बिद्युतीकरणले पूर्णता पाएको बताउँछिन् । ‘आइसोलेशन स्थापना गर्नका लागि नरैनापुरमा बत्ती चाहियो, तर तत्काल बत्ती पुर्याउन सम्भव थिएन, ठुलै संघर्ष र मेहेनत गरेर बत्ती पुर्याइएको हो,’ उनले भनिन् ।

राप्तीपारीको बिद्युतीकरणसँगै भेरी अस्पताल लगायत स्वास्थ्य क्षेत्रले धेरै पुर्वाधार र जनशक्ति पाएको केसीको भनाई छ । ‘कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई बजेट छुट्याउने काम भयो, कतिपय आइसोलेसन निर्माण गर्ने काम भयो, कोरोनासँगै स्वास्थ्यमा लगानी गर्ने काम भयो, कोरोनाका कारण मान्छेको जीवन शैलीमा परिवर्तन भएको छ, यो एउटा महत्वपुर्ण अवसर हो,’ उनले भनिन् ।

कोरोनाले जिल्लाको अन्य विकास निर्माण र आर्थिक क्षेत्रलाई भने ठुलो असर गरेको सांसद केसी बताउँछिन् । ‘कोरोनाले आर्थिक क्षेत्र त नराम्ररी प्रभावित भयो नै, अहिले पनि उद्योगी ब्यवसायी माथी उठ्न सकेका छैनन्, ठुलो समस्या पैदा गरेको छ, तर केही त ठुलै उपलब्धी पनि भएका छन् ।’

कोरोनाले जिल्लाको अन्य विकास निर्माण र आर्थिक क्षेत्रलाई भने ठुलो असर गरेको सांसद केसी बताउँछिन् । ‘कोरोनाले आर्थिक क्षेत्र त नराम्ररी प्रभावित भयो नै, अहिले पनि उद्योगी ब्यवसायी माथी उठ्न सकेका छैनन्, ठुलो समस्या पैदा गरेको छ, तर केही त ठुलै उपलब्धी पनि भएका छन्,’ उनले भनिन् ।  कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने वातावरण बनाएको सम्वद्ध सरोकारवाला बताउँछन् । 

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर भन्छिन्, ‘कोरोनाले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने वातावरण बनाईदियो, स्वास्थ्य र सरसफाईको कुरामा नागरिकलाई सचेत गराउने काम कोरोना महामारीले गरायो, धेरै भौतिक संरचना बनेका छन्, स्वास्थ्यको क्षेत्रमा बजेट विनियोजन गर्ने काम भयो ।’

सिमानाका ब्यवस्थितका साथै महामारीमा काम गर्ने सन्र्दभमा सरोकारवालाबीच समन्वय र सहकार्य गर्ने बानीको विकास भएको उपप्रमुख थापाको बुझाई छ । कोरोना महामारीका कारण स्रोत साधनको अभाव तथा संघ, प्रदेश र स्थानीय तहबीच भने समन्वय अभाव भएको उनी बताउँछिन् ।

कोरोना महामारीबाट अवसरसँगै आर्थिक क्षेत्रमा चुनौती आएका छन् । विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कोरोनाले अवसर र चुनौती दुबै ल्याएको तर्क गर्छन् ।

‘कोभिड नियन्त्रणको बहानामा सिमा बन्द गरियो, यसबाट सिमा क्षेत्रमा हुने गलत कार्य रोकियो, अबैध लागु औषध ओसार-पसार, कालोबजारी, तस्करीको काम बन्द भयोे, नेपाली उपभोक्ताले नेपालमै सामान खरिद गरे, त्यसको फाईदा नेपाली ब्यापारीलाई भयो,’ उनी भन्छन् ‘अबैध रुपमा भित्रिने सामान बैधानिक बाटोबाट आयो, धेरै राजश्व संकलन गर्ने अवसर प्राप्त भयो ।’

कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षेत्र तहस नहस भएको श्रेष्ठको ठहर छ । महामारीका कारण भारतीय मजदुरले काम गर्ने ठुला उद्योग र विकास आयोजनाका काम प्रभावित भएका छन् । 
 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:५८
#कोरोना महामारी
प्रतिक्रिया दिनुहोस्
थप विशेष
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित)
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित) मंगलबार, माघ ६, २०८२
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर)
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर) आइतबार, माघ ४, २०८२
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी 
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी  मंगलबार, पुस २२, २०८२
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु शनिबार, पुस १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्