Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • मन्त्री राईलाई छैन सहज, आफ्नैबाट चुनौती 
मन्त्री राईलाई छैन सहज, आफ्नैबाट चुनौती 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज २४, २०७९

नेपालगन्ज : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ । यो पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला लड्दै आएको क्षेत्र हो । 

सोही क्षेत्रबाट संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईसहित थुप्रै ब्यक्ति उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएका राई यसपटक पुनः दोहोरिने दाउमा छन् । त्यतिबेला उनलाई पार्टीभित्रबाट नेता, कार्यकर्ताको राम्रो साथ थियो । तर, यसपटक जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राईलाई आफ्नै परिवारले समेत साथ दिएका छैनन् । 

जसपा बाँकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार समशुलले १ नम्बरमा उम्मेदवारी दर्ता गराएका थिए । यसबाट प्रष्ट हुन्छ की मन्त्री राईलाई आफ्नै परिवार र आफन्तले नै साथ छाडेका छन् । 

यस्तै जसपाका केन्द्रिय सदस्य समेत रहेका नेता बाबु खाँ पठानले पनि बिद्रोह गरेर मन्त्री राई विरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले बिद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराए । 

जसपाका सचिव समशुल र केन्द्रिय सदस्य खाँले संघिय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक-पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए । राईका कारण आफुहरुको राजनीति नै समाप्त हुन थालेको उनीहरुको भनाई छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा समेत आफुहरुलाई थाहा नदिइएको उनीहरु गुनासो गर्छन् । 

केन्द्रिय सदस्य खाँले पार्टीमा रहेर आफुले उम्मेदवारी दर्ता गराउन खोज्दा हातपात भएको आरोप समेत लगाएका छन् । उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए । नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए । राईलाई २०७४ मा जस्तो अहिले सहज छैन । 

यसपटक भने नेपाली कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ । कांग्रेसका उम्मेदवार सुदिपनरसिंह राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ । राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ । यसका साथै हिन्दुवादी नेता दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन् । 

क्षेत्र नम्बर २ मा यस्तो छ, दलगत मत :
स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली कांग्रेस देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् । 

क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको थियो । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा अगाडी छ, भने दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ ।

यस्तै तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा), त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ । प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ मत रहेको छ ।

यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ । नेकपा (माओवादी केन्द्र)को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ । 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्