Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बाँके प्रदेश सभा-२ 'ख' मा सत्तारुढ गठबन्धनभित्रै ‘मित्रवत’ प्रतिस्पर्धा 
बाँके प्रदेश सभा-२ 'ख' मा सत्तारुढ गठबन्धनभित्रै ‘मित्रवत’ प्रतिस्पर्धा  कांग्रेसका हमाल र माओवादी केन्द्रका बम उम्मेदवार
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असोज २६, २०७९

नेपालगन्ज : बाँके प्रदेश सभा-२ 'ख' मा सत्तारुढ गठबन्धन भित्रैका दुई उम्मेदवारको उम्मेदवारी कायम रहेपछि आसन्न मंसिर ४ गते हुने निर्वाचनमा 'मित्रवत' प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा-२ 'ख' मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमाल र नेकपा (माओवादी केन्द्र)का अकलबहादुर बमको उम्मेदवारी कायम रहेको हो । 

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री समेत रहेका हमाललाई कांग्रेसले आधिकारिक उम्मेदवारका रुपमा टिकट दिएको थियो । यस्तै नेकपा (माओवादी केन्द्र) का नेता बमलाई पनि उनको पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिएपनि दुबै जनाले आफ्नो उम्मेदवारी यथावत राखेका हुन् । केन्द्रमा भएको सहमती अनुसार सत्तारुढ गठबन्धनभित्र कांग्रेस सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन छ । यसअघि सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेल गरेको छ । तर, बाँकेमा जसपा एक्लै लडेको छ । 

मन्त्री हमालले सत्तारुढ गठबन्धन भित्रै प्रदेश सभा-२ 'ख' मा माओवादी केन्द्रसँग मित्रवत प्रतिस्पर्धा गरिने बताए । ‘सत्तारुढ गठबन्धनबाट यो क्षेत्रमा मलाई मेरो पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गराएको हुँ, माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार खडा गर्यो, हामी दुबैको उम्मेदवारी कायम रहेपछि अब मित्रवत प्रतिस्पर्धा गर्छौ,’ हमालले भने ।

माओवादी केन्द्रका नेता बम प्रदेश सभा-२ 'ख' मा सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारीलाई स्वभाविक ठान्छन् । ‘बाँकेको क्षेत्र नम्बर १ र २ मा गठबन्धनभित्र भागबन्डा मिलेको छ, तर क्षेत्र नम्बर २ मा हामीलाई कुनै एउटा प्रदेश दिएको भए सबैको अस्तित्व कायम रहन्थ्यो,’ उनले भने ‘कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपनि प्रदेश सभा-२ 'ख' मा अब मित्रवत्र प्रतिस्पर्धा हुन्छ ।’

चुनाव आउन अझै डेढ महिना बाँकी रहेकाले त्यतिञ्जेलसम्म केही न केही निकास आउने माओवादी नेता बम बताउँछन् । मन्त्री हमाल र बमको राजनीति बाहेक खेलकुद क्षेत्रमा विशेष योगदान छ । भारत्तोलन खेलका ओलम्पियन हमाल यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) मा कोषाध्यक्ष भएका थिए ।

यस्तै भलिबलका खेलाडी समेत रहेका माओवादी नेता बम मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष भईसकेका छन् । बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा-२ 'क' मा भने माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाएको छैन ।

यसैगरी बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, प्रदेश सभा-१ 'क' र प्रदेश सभा-१ 'ख' तथा प्रतिनिधी सभा क्षेत्र नम्बर ३, प्रदेश सभा-३ 'क' र 'ख' मा पनि सत्तारुढ दलबीच गठबन्धन कायम छ । प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथक, प्रदेश सभा-१ 'क' मा माओवादी केन्द्रकी कृष्णा केसी र प्रदेश सभा-१ 'ख' मा नेपाली कांग्रेसका फुलाराम थारु उम्मेदवार छन् ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुदिपनरसिंह राणा र प्रदेश सभा-२ 'क' मा नेपाली कांग्रेसकै राजकुमार बर्मा उम्मेदवार भएका छन् । यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर, प्रदेश सभा-३ 'क' मा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल आईपी र प्रदेश सभा-३ 'ख' मा नेपाली कांग्रेसका बादशाह कुर्मी उम्मेदवार छन् ।


प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २३:००
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्