Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘म समाज र देशका लागि काम गर्न राजनीतिमा आएको हुँ : कांग्रेस सह-महामन्त्री राठौंर 
‘म समाज र देशका लागि काम गर्न राजनीतिमा आएको हुँ : कांग्रेस सह-महामन्त्री राठौंर 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज २९, २०७९

नेपालगन्ज :  नेपाली कांग्रेसका सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौंरले समाज र देशका लागि काम गर्न आफु राजनीतिमा आएको बताएका छन् । केही पाउनका लागि राजनीतिमा आफु नलागेको उनले प्रष्ट्याए । 

नेपाल प्रेस युनियन बाँकेले युनियन सम्वद्ध पत्रकारसँग शनिबार नेपालगन्जमा गरेको भेटघाट तथा छलफललाई सम्बोधन गर्दै सह-महामन्त्री राठौंरले भने, ‘मैले केही पाउनको लागि राजनीति गरेको होईन, मैले देशका लागि राजनीति गरेको हो, समाजका लागि राजनीति गरेको हो, मैले जति सक्छु, जहिलेसम्म सक्छु, राजनीति गर्छु ।’ 

नेपाली कांग्रेस मुलुकलाई सही मार्गमा डोर्याउने पार्टी भएकाले जनताले कांग्रेस नेतृत्वको गठबन्धनलाई यसपटक जिताउनैपर्ने उनले बताए । ‘कांग्रेसले हार्यो भने के हुन्छ तपाईहरुले देख्नु भएको छ, विगतमा हामीले हेरिसकेका छौं, कांग्रेसले संविधान जारी गरेको हो,’ नेता राठौंरले भने ‘संविधान कार्यान्वयन गर्ने जिम्मा पनि जनताले कांग्रेसलाई दिनुपर्नेमा त्यो नदिदाँ केपी शर्मा ओलीले असम्बैधानिक कदम चालेर दुई पटक संसद विघटन गरेको कुरा जनतालाई राम्ररी थाहा छ ।’

अर्को प्रसंगमा उनले प्रेस सबैभन्दा सचेत वर्ग भएको बताउँदै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउने महत्वपूर्ण भुमिका प्रेसको हुने बताए । आफु विगत ६० वर्षदेखी बाँकेबासी भएको स्पष्ट पार्दै सहमहामन्त्री राठौंरले भने, ‘बाँकेमा मेरो ६० वर्षदेखी घर छ, म सल्यानमा जन्मिएको हुँ, बिद्यार्थी राजनीति काठमाडौंमा गरेको हुँ, सुशिल दाई र मेरो बाँके २ नम्बरमा एउटै क्षेत्र परेको हुनाले बर्दियाको अनकन्टार क्षेत्रमा गएर त्यहाँ पार्टीको राजनीति गरेको हुँ ।’ बाँकेको मान्छे त्यहाँ गएर जिरोबाट राजनीति सुरु गरेको भन्दै विगतलाई स्मरण गरे । 

आफुले अब बाँकेको क्षेत्र नम्बर ३ र समग्र बाँके जिल्लाको विकासका निम्ति काम गर्ने बताए । कुनैपनि पार्टीका केन्द्रिय स्तरका नेताहरु जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै उनले आफु बाँकेबासी भएर बाँके जिल्लामै चुनाव लड्न लागेकाले यसमा कोही भ्रमित हुन नपर्ने बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा उपस्थित युनियनसम्वद्ध पत्रकारले आ-आफ्ना सुझाव दिदै आगामी निर्वाचनमा पेशागत आचार संहिता पालना गर्दै कांग्रेससहित सत्तारुढ गठबन्धनका उम्मेदवारको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । उक्त कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए । 


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  २२:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्