Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • सादगी नेता पुर्णबहादुर खड्काले बसाएको अनुकरणीय संस्कार
सादगी नेता पुर्णबहादुर खड्काले बसाएको अनुकरणीय संस्कार
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, कात्तिक २०, २०७९

सुर्खेत : नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्का जनताको घर–घरमा पुग्छन् । जहाँ जे पाकेको हुन्छ, ‘मिठोमसिनो’ नाईनास्ती नगरी खान्छन् । उनलाई खानपिनका लागि बेग्लै विशेष व्यवस्था गर्नुपर्दैन । सामान्य खान्की रुचाउँछन् । खाना खाइसकेपछि खाएको भाडाँकुडा आफै माझ्छन् ।

यो एकाध पटक अरुलाई देखाउनका लागि होइन स्वभाव नै हो । खड्काको यही स्वभावलाई काँग्रेसका नेता कार्यकर्ता मात्र होइन सर्बसधारणले समेत अनुकरणीय मानेर पछ्याइरहेका छन् । आफुले खाएको थाल आफै माझ्दा वा नमाझ्दा त्यसले ‘आकाशै खसाल्ने’ त होइन । तर यसो गर्दा भने त्यस व्यक्तिको आदर्श र चरित्र भने पक्कै कस्तो छ भन्ने झल्किन्छन् ।

अझ खड्का जस्ता देशकै शिर्ष नेताले देखाउने असल संस्कारले समाजमा ठुलै सकारात्मक प्रभाव जमाउने समाजका अध्ययताहरु बताउँछन् । उनीहरुको तर्क छ, ‘गाउँघरमा ठुलाबडाले नयाँ पुस्तालाई आफुले खाएको थाल माझ्न त नसक्नेले अरु के गर्ला भन्छन् नि ! त्यसभित्र धेरै ठुलो सामाजिक मनोविज्ञान लुकेको हुन्छ । आफुले खाएको थाल आफै माझ्ने अरुलाई नमझाउने मान्यता खड्का जस्ता दिग्गज नेताले बसाल्नु भएको छ, त्यो अनुकरणिय मान्नु स्वभाविक हो ।’

Surkhet Congress Neta1667736189.jpg

सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाका लागि काँग्रेसबाट केन्द्रीय उपसभापति खड्का यतिखेर चुनावी मैदानमा छन् । चुनावका लागि घरदैलो गरिरहेका खड्का शिर्ष राजनीतिज्ञका कारण मात्र होइन जनतासँग सरल र सहज तरिकाले भलाकुसारी गर्ने स्वभावले पनि परिचित छन् ।

गुर्भाकोट-४ स्थित पारेखेतमा पहिलो पटक पुगेर खड्काले स्थानीय काँग्रेसका नेता एवं वडा सदस्य ज्ञानबहादुर डाँगीको घरमा त्यहाँका जनतासँग भलाकुसारी गरे । खानपिनदेखि स्वागतमा कुनै तामझाम नगर्न आग्रह गरेका खड्काले त्यहाँका जनतासँग सामान्य शैलीमा भेटघाट गरे । वडा सदस्य डाँगी भन्छन्, ‘उहाँ देशकै शिर्ष नेता हो, त्यो तहको नेताको सरलपनबाट अरु नेता कार्यकर्तादेखि सर्बसाधारण जनता सम्म प्रभावित छन् ।’ 

Purna Bahadur Khadka1667736596.jpg

सोही वडाका वडा अध्यक्ष रामबहादुर डाँगी खड्काको असल संस्कार र व्यवहारकै कारण खड्का शिर्ष तहको राजनीतिमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘व्यक्तिगत स्वभाव मात्र होइन उहाँको राजनीति पनि स्वच्छ छ, त्यही कारणले यहाँका जनताले पटक-पटक अनुमोदन गरेका छन्, यसपटक पनि गर्ने निशिचत छ ।’ 

नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर १ (क) का उपाध्यक्ष किरण ओलीका अनुसार खड्काको असल संस्कार अन्य नेता कार्यकर्ताले पनि पछ्याएका छन् । उनी भन्छन्, ‘थाल माझेकै कुरा गर्ने हो भने काँग्रेसका सबै नेता कार्यकर्ताले त्यही गर्छन्, हामीले हाम्रो नेता ज्यूको संस्कार पछ्याएका छौं ।’ दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेत जिल्लामा क्षेत्र नम्बर १ लाई विषेश रुपमा हेरिएको छ । किनभने यो निर्वाचन क्षेत्र नेपाली काँग्रेसका प्रभावशाली नेता (केन्द्रिय उपसभापति) को निर्वाचन क्षेत्र पनि हो ।

काँग्रेस उपसभापति खड्काले यही निर्वाचन क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालमा ह्याट्रिक गरिसकेका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता लालबहादुर घले उम्मेदवार हुँदा नेकपा एमालेकी कमला शर्मा विजयी भएकी थिईन् । 

घले पराजित हुँदा नेता खड्का समानुपातिक तर्फबाट सभासद बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कम ब्याक हुँदै संविधान सभा सदस्य पदमा निर्वाचित भएका खड्का २०७४ सालको निर्वाचनमा तत्कालिन बामगठबन्धन नेकपा एमालेका उम्मेदवार धु्रवकुमार शाहीसँग पराजित भएका थिए । 

तत्कालिन समयमा एमाले नेता शाहीले ३६ हजार ७ सय ५९ मत ल्याउँदा खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरे । पाँच वर्ष अघि ३ हजार ३ सय ८२ मतले पराजित भएका खड्का यसपटक आफ्नो पुरानै बिरासत फर्काउने दाउमा छन् । यसका लागि उनलाई पाँच दलिय गठबन्धनले अहिले साझा उम्मेदवार बनाएको छ । 

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा खड्का र शाहीबीचको चुनावी भिडन्त अत्यन्त रोचक हुने देखिएको छ । २०७४ सालमा पराजित बनेका उपसभापति खड्काको निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडामा दलले प्राप्त गरेको मतलाई हेर्ने हो, भने अंकगणित खड्काको पक्षमा मजबुद रहेको प्रष्ट देखिन्छ ।

सुर्खेत प्रतिनिधी सभा क्षेत्र नम्बर १ अन्तरगत सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बीरेन्द्रनगर नगरपालिकाको १५ नम्बर तथा १६ नम्बर वडा समेटिएको छ । 

स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा काँग्रेस नै पहिलो शक्ति देखिन्छ । गत स्थानिय निर्वाचनमा काँग्रेसले ३६ हजार ९ सय २८ मत प्राप्त गरेको थियो । वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ । उसले ३४ हजार ८ सय ४३ मत प्राप्त गरेको छ । माओवादीले ५ हजार ७५ मत, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एसले ६३४ मत प्राप्त गरेको थियो । 

यसरी हेर्दा कांग्रेससँगै माओवादी र नेकपा एसको मत जोड्दा खड्काको पक्षमा ४२ हजार ६ सय ३७ मत देखिन्छ । जुन एमालेको मत भन्दा ७ हजार ७ सय ९४ बढी हुन आउँछ । दुई पटक गृहमन्त्री भइसकेका सादगी नेता खड्का युवा तथा खेलकुद, सञ्चार, उद्योग वाणिज्य मन्त्री समेत भएर राज्य सञ्चालनको अनुभव लिइसकेका छन् । पार्टीको केन्द्रिय सदस्य, सह-महामन्त्री, महामन्त्री हुदै खड्का पार्टीको १४ औं महाधिवेशनबाट उपसभापतिको जिम्मेवारीमा छन् । 


प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्