Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताको घरघर गएर समस्या सुन्दै कांग्रेस सहमहामन्त्री राठौर
जनताको घरघर गएर समस्या सुन्दै कांग्रेस सहमहामन्त्री राठौर
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक २३, २०७९

बाँके(बैजनाथ) : बाँकेको क्षेत्र नम्बर-३ बाट प्रतिनिधी सभा निर्वाचनतर्फ गठबन्धनका उम्मेदवार एवम् कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले चुनावी शैलीलाई परिर्वतन गरेका छन् । जनताको घरदैलोमा पुगिरहेका राठौर अन्य उम्मेदवार झैं तामझामका साथ भाषण गर्ने र मतादातमाझ झुठा आश्वासन नबाँडी जनताले भोग्नु परेको सास्ती र मूल समस्या सुनिरहेका छन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा राठौर भने आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घर, आँगनमा पुगेर उनीहरुको समस्या सुन्दै र टिपोट गरिरहेका छन् । चुनावी प्रचार प्रसारको शैली परिर्वतन गरि मतदाताकै घर आँगनमा पुगेका राठौरको उपस्थितीले आम सर्वसाधरण प्रभावित बन्दै गएका छन् ।

घरआगँनमै आफ्ना समस्या के हुन, यस क्षेत्रको विकास गर्न के गर्नु पर्ला जस्ता जिज्ञासा सहित मतदातासँग भलाकुसारी गरिरहेका राठौरको शैलीले मतदाताबीच रौठारको माहोल बन्दै गएको छ ।

जनताको समस्या सुन्दै बाँके निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ स्थित सिमलघारी, नौलापुर बानियाभारका जनतामाझ आफ्ना एजेण्डा राख्दै जनताका समस्या सुनिरहेका राठौले आफू निर्वाचित भएपछि समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

जनताको घरदैलोमा पुगेका राठौरलाई स्थानीयबासीको उत्साहपूर्ण साथ मिल्दै गएकोछ । मतदातासँगको भेटघाटमा स्थानीयबासीले राठौरलाई स्थानीय समस्याहरु सुनाएका थिए । उनीहरुले बैजनाथ गाउँपालिकामा देखिएको सुकम्बासी तथा भूमि समस्या समाधान, लालपूर्जाको ब्यवस्था, कृषि तथा सिँचाई, खोलानालाको कटान, सडक, शिक्षा र स्वास्थ्यलगायत भौतिक पूर्वाधारको समस्या माधान गर्न आग्रह गरेका थिए ।

जनताको गुनासो र समस्या सुनिसकेपछि राठौरले आफू भाषण र झुठा आश्वासन बाँड्ने नेता नरहेको प्रष्ट्याउँदै आफू निर्वाचित भए यी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । राठौरले भने–‘हिजो तपाईहरुले एमालेलाई जिताएर के भयो ? आफैले आफैलाई प्रश्न गर्नुहोस्, यो विषयको समिक्षा गर्नुहोस् । यी समस्या समाधान गर्नतर्फ म लाग्छु । आगामी ५ वर्षमा त्यसको परिणामा तपाईले पाउनुहुनेछ । अरुको प्रलोभनमा परि आफ्नो अमूल्य भोट त्यसै खेर नफाल्नुहोस् ।’

नेपाली काँग्रेसले अल्पसंख्यकलाई जहिले पनि सम्मान गर्ने बताउँदै राठौरले सिमलघारी, नौलापुर र बानियाभर क्षेत्रका अल्पसंख्यक, धर्म, लिङ्ग, वर्ग, महिला, बालबालिका तथा बृद्धबृद्धा सबैकालागि बृहत खाकासहित अघि बढ्ने बताए । चुनावी प्रचारप्रसारको शैली परिर्वतन गरि मतदाताबीच पुगीरहेका राठौरप्रति आम सर्वसाधरणको उल्लेख्य साथ बढ्दै गएकोछ ।

बैजानाथ गाउँपालिकामा जनताको समस्या सुन्नेक्रममा गठबन्धनबाट प्रदेश सभा–‘क’ का उम्मेदवार दलबहादुर सुनार, समानुपातिक सांसदका उम्मेदवार आशा विक र विनोद कुमार थारु, नेपाली काँग्रेस गाउँपालिका सभापति देवबहादुर केसी, नेविसंघका केन्द्रिय अध्यक्ष डुजाङ्ग शेर्पा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Baijanath Gaubasi lai Jari Sandesh Baijanath Gaubasi lai Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्