Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जनपद र म्यादी प्रहरीलाई मतदान केन्द्रमा अग्रस्थानको सुरक्षा जिम्मा
जनपद र म्यादी प्रहरीलाई मतदान केन्द्रमा अग्रस्थानको सुरक्षा जिम्मा तीन वटै क्षेत्रमा कुल ४ हजार ५ सय भन्दाबढी सुरक्षाकर्मी परिचालित
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, मंसिर २, २०७९
प्रहरी तालिम केन्द्र नेपालगन्जमा केहीदिन अघि तालिम लिइरहेका म्यादी प्रहरी ।

नेपालगन्ज : आगामी आइतबार हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रको सबैभन्दा अग्रस्थानको सुरक्षा कमाण्ड नेपाल प्रहरी(जनपद) ले सम्हाल्ने भएको छ । प्रहरीकै कमाण्डमा म्यादी प्रहरी पनि मतदान केन्द्रभित्र खटिनेछन् । तर, मतदान केन्द्रभित्र मतपेटिकाको सुरक्षा हतियार सहित रहने नेपाल प्रहरीले गर्नेछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीका अनुसार निर्वाचनका लागि जिल्लाका तीन वटै क्षेत्रमा कुल ४ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित हुनेछन् । ‘निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु संयुक्त रुपमा सुरक्षामा खटिनेछन्,’ उनले भने । मतदान केन्द्रको सबैभन्दा अग्रस्थानमा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी भागमा नेपाली सेना खटिने प्रजिअ खत्रीले सुनाए । 

निर्वाचनका लागि नेपाल प्रहरी (जनपद) र म्यादी प्रहरी गरी ३ हजार १ सय ५० जना जनशक्तीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले बताए । ‘मतदान केन्द्रभित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन्, त्यस बाहिर सशस्त्र प्रहरी परिचालित हुन्छन्, त्यो भन्दा पनि बाहिर नेपाली सेनाको टोली आवश्यकता अनुसार खटिनेछ,’ उनले भने । 

जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले जानकारी दिए । मतदान केन्द्र बाहेक नेपाल प्रहरीको १७ वटा मोबाईल टोली जिल्लाभर परिचालित हुने एसपी अधिकारीले बताए । ‘सशस्त्र प्रहरीको पनि छुट्टै मोबाईल टोली खटिन्छ, नेपाली सेना पनि ठाउँ ठाउँमा गस्तीका लागि निस्कन्छ,’ जिल्ला सुरक्षा समितिका सदस्य समेत रहेका एसपी अधिकारीले भने ।

उनका अनुसार सशस्त्र प्रहरीले आफ्नो ६ सय ५० जना जनशक्ती खटाउँदैछ । नेपाली सेनाले भने आवश्यकता अनुसार जनशक्ती खटाउनेछ । जिल्लाभरको निर्वाचन सुरक्षाको कमाण्ड बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले सम्हालेका छन् ।

बाँकेका ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ । सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र राखिएको हो । क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ । सबै केन्द्रमा निर्वाचन कर्मचारीसहित सुरक्षाकर्मीलाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्