Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • जनमुक्ती सेनाको ‘डिभिजन भाईस' कमाण्डरदेखी प्रदेश सांसद सम्म
जनमुक्ती सेनाको ‘डिभिजन भाईस' कमाण्डरदेखी प्रदेश सांसद सम्म
अर्जुन ओली
अर्जुन ओली शुक्रबार, मंसिर ९, २०७९

बाँके(अगैया) : नेकपा एमाले लुम्बिनी प्रदेशका उपसचिव दुर्गाप्रसाद चौधरी प्रदेश सांसदमा निर्वाचित भएका छन् । बाँकेको क्षेत्र नम्बर १ अन्तरगत पर्ने प्रदेश सभा १ (ख)बाट उनी निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गर्दै उनी शुक्रबार बेलुकी निर्वाचित भए । नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन् ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले ५ हजार २ सय ८५ मत ल्याए । यसैगरी  स्वतन्त्र उम्मेदवार अमरजंग शाहले २ हजार ९६ मत ल्याएका छन् । उक्त प्रदेश सभा क्षेत्रमा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका थिए ।

को हुन् दुर्गाप्रसाद चौधरी ?

२०३८ सालमा साबिक बैजापुर गाविसको बैसा गाउँमा जन्मेका हुन्, दुर्गा । नयाँ नेपाल निर्माण गर्ने ठुलो सपना बोकेर उनी २०५३ सालमा तत्कालिन नेकपा माओवादीको ‘जनयुद्ध’ मा होमिए । उर्वर समय नै माओवादी युद्धमा बिताए ।

युद्धकै क्रममा दुर्गा माओवादी जनमुक्ती सेनाको ‘डिभिजन भाईस' कमाण्डर सम्मको जिम्मेवारी सम्हाले । कयौं युद्धको नेतृत्व नै गरे । आफुसँगै लडेका कयौं साथीहरुलाई गुमाउँदा उनी भने बाँच्न सफल भएका थिए ।

२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि उनी माओवादी पार्टीको मुल राजनीतिमा सक्रिय भए । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले देशभर अप्रत्यासित नतिजा ल्यायो र सरकारको नेतृत्व पनि गर्यो ।

माओवादी सरकारमा पुगेपनि पुर्व जनमुक्ती सेनाका लागि माओवादी नेतृत्वको सरकारले खासै काम गर्न नसकेको भन्दै यिनै दुर्गाले पुर्वजनमुक्ती सेनालाई संगठित गर्न थाले । उनको पार्टीभित्र अन्तर संघर्ष चलिरह्यो ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी गठबन्धन भयो । चुनाव लगत्तै पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टीमा रुपान्तरण भयो । केही समयसम्म पार्टी एकिकरण चल्दा उनी माओवादीभन्दा एमालेका नेताहरुसँग नजिक हुन थाले । 

सर्बोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई अलग गराईदियो । तर, दुर्गा भने आफ्नो पुरानो पार्टी माओवादीमा फर्केनन् । एमालेमै बसेर पार्टीको राजनीतिमा सक्रिय भए । एमालेले पुर्वजनमुक्ती सेनाहरुलाई समेट्ने रणनीति बनायो ।

सोही अनुरुप दुर्गालाई पनि एमाले पार्टीले लुम्बिनी प्रदेश उपसचिव बनायो । यसपटकको निर्वाचनमा बाँके, प्रदेश सभा-१ (ख) बाट टिकट पाएका उनी लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित हुन सफल भए । जनमुक्ती सेनाको कमाण्डरदेखी दुर्गाले लुम्बिनी प्रदेशको सांसद सम्मको यात्रा तय गरेका छन् ।

Durga Chaudhary1669391917.jpg


 


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्