Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘रुखमा चढेका बेला घर परिवारलाई सम्झेर रोइरह्यौंं’
‘रुखमा चढेका बेला घर परिवारलाई सम्झेर रोइरह्यौंं’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज १६, २०७८

बाँके (गाभर) : जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित जंगलमा पाटेबाघको घेरामा परेर पनि बाँच्न सफल भएका तिनै जनाले पुर्नजन्म पाएको बताएका छन् । स्थानीय अन्दाजी ५६ बर्षका सेतु ओली, २३ बर्षीया कालिका खड्का र २५ बर्षकी हिरा खड्काको शनिबार दिउँसो सकुशल उद्दार गरिएको थियो । 

नजिकैको सामुदायिक वन क्षेत्रमा भैंसी र बाख्रा चराउन गएका उनीहरुलाई गाभर र सिक्टा गाउँको बीचमा पर्ने राजमार्गभन्दा करिव एक किलोमिटर दक्षिण जंगल (खर्चेताल जाने बाटो) मा पाटेबाघले फेला पारेर घेरा हालेका थिए । बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई करिव डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले उद्दार गरिएको थियो । उनीहरुका अनुसार मध्यान्ह १२ बजेतिर रुखमा चढेकोमा डेढ घण्टापछि मात्र उद्दार भएको थियो । 

त्यहाँ चार वटा पाटेबाघ रहेको उनीहरुले बताएका छन् । तर, निकुञ्ज प्रशासनले त्यहाँ एउटा मात्र बाघ रहेको दाबी गरेको छ । ‘बाघ चार वटा नै छन्, हाम्रै आँखाले देखेका हौं,’ हिरा खड्काले भनिन् । रुखमा चढेका मान्छेलाई झम्टिन नसकेपछि बाघले बाख्रा र भैसीलाई लखेट्दै तितर-वितर पारेको उनीहरुले बताएका छन् । बाघले लखेटेर ५ वटा भैसीलाई राप्ती नदीपारी खर्चेसम्म पुर्याएको र बाख्रालाई सकुशल छाडेको बताए । बाघबाट जोगिएर आफुहरुले पुर्नजन्म पाएको उनीहरुको भनाइ छ । ‘बाघबाट जोगिएर पुर्नजन्म पायौं, अहिले पनि मुटु काँपिरहेको छ, डर लागिरहेको छ,’ कालिका खड्काले भनिन्  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले गाभरका तीनै जनालाई निकुञ्जको हात्तीले उद्दार गर्न सफल भएको बताए । उनले निकुञ्जले सूचना पाउने वित्तिकै त्यस क्षेत्रमा नेपाली सेनासहित निकुञ्जका थप कर्मचारी परिचालन भएको जानकारी दिए । ‘समयमै हात्तीको मद्दतले उहाँहरुको उद्दार भएका कारण ठुलो घटना हुन पाएन, उहाँहरु सकुशल घर फर्किनु भयो,’ उनले भने ।

हिरा खड्का
राप्ती सोनारी-१ गाभर, बाँके

जंगलमा भैसी र बाख्रा आफ्नै सुरमा चरिरहेका थिए । एक्कासी भैसी र बाख्रा जल्किए । हामीले के भयो भनेर हेर्दा ठुला–ठुला(वयस्क) पाटेबाघ पो रहेछन् । चार वटा पाटेबाघहरु सिधैं हामीतिर आईहाले । अब नबाँचिने भइयो भनेर हामी छिटो–छिटो रुखमा चढ्यौं ।

रुखमा चढ्दा–चढ्दै मेरो अमाजु दाई (सेतु ओली) लाई धन्न बाघले झम्टिसकेको थियो । उहाँ थोरै माथी चढिसक्नु भएको हुँदा बाघले भेटाउन पाएनन् । जेठानी दिदी (कालिका खड्का) र अमाजु दाई (सेतु ओली) को भन्दा म अलि ठुलो रुखमा चढेकी थिएँ । हामीहरु रुखमा बसेर कराउन, चिच्याउन थाल्यौं, बाघले हामीलाई घेरा हालेर तलतिर उभिरहे । बाघले घरी हामीतिर हेर्छन्, घरी बाख्रा र भैसीलाई लखेट्छन् ।

त्यसैक्रममा हाम्रो आवाज कसैले सुनेछन् । हाम्रो आवाज सुनेर नजिकै रहेका हात्ती र निकुञ्जका कर्मचारी आए । हात्ती आएपछि बाघले त्यो ठाउँ छाडे । तर, हात्तीसँग पनि बाघहरु नडराउँदा रहेछन् । हात्तीले लखेटेपछि बल्ल-तल्ल बाघहरु त्यहाँबाट भागे ।

हात्तीसहित निकुञ्जका कर्मचारी आएपछि बाँच्ने आशा पलायो, नत्र हामी बाँचौला भन्ने कल्पना नै गरेका थिएनौं ।  रुखमा चढेको बेलामा घर परिवारको मात्र याद आईरह्यो । घर परिवारलाई सम्झेर रोईरह्यौं । घरमा रहेका ९ वर्षकी छोरी, ५ वर्षको छोरा, श्रीमान र बुढी सासुआमालाई सम्झिएर रोईरहे ।  ( दूरसञ्चार डटकमसँग गरिएको कुराकानीमा आधारित )

यो पनि पढ्नुस् :

बाघबाट जोगिन रुखमा चढेका तीन जनाको सकुशल उद्वार


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  २०:५८
#पाटेबाघबाट बाँच्न सफल
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेन शाह बने रास्वपा संसदीय दल नेता
बालेन शाह बने रास्वपा संसदीय दल नेता बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस बुधबार, चैत ११, २०८२
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी सोमबार, चैत ९, २०८२
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्