Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सरकारले दियो जग्गा, फस्यो बैंकमा लालपुर्जा
सरकारले दियो जग्गा, फस्यो बैंकमा लालपुर्जा पैसा बुझाउन एनआइसी एसिया बैंकको ताकेता
अर्जुन ओली
अर्जुन ओली बिहीबार, असार १४, २०८०

नेपालगन्ज : अढाई दशकअघि तत्कालीन सरकारले सुकुम्बासी प्यारी मगर्नीको परिवारलाई करिब १२ कठ्ठा जमिन दियो । बर्दिया, साविक सोरहवा गाविस वडा नम्बर ३ को कि.नं. १३१० को (क्षेत्रफल ०,४१६८.००) जमिनमा करिब २७ वर्षदेखि टहरा बनाएर परिवारले जीविकोपार्जन गर्दै आएको थियो ।

श्रीमान होमबहादुरको १० वर्षअघि मृत्यु भएपछि बर्दिया बढैयाताल-४ की प्यारीको काँधमा घरको सबै जिम्मेवारी आयो । कमाइ राम्रो भयो भने पक्की घर बनाउने सपना बोकेकी उनले छोरालाई वैदेशिक रोजगारीमा पठाइन । बुहारी र उनी मिलेर घर चलाए । 

लेखपढ नगरेकी प्यारीको सोझोपनको फाइदा उठाउँदै अछाम, साफे नगरपालिका-१२ का डम्बरबहादुर रावलले २०७८ साउन २ गते जग्गाको लालपुर्जा मागे । सडकसँगै जोडिएको उक्त जग्गाको कारोबार मूल्य प्रतिकठ्ठा १० लाख रूपैयाँभन्दा माथि रहेको बताइन्छ । सामान्य चिनजान भएका रावलले जग्गाको लालपुर्जा ६ महिनाभित्रै फिर्ता गर्ने र लालपुर्जा चलाएबापत ६४ वर्षीया प्यारीलाई रावलले ५० हजार रूपैयाँ दिए । 

लालपुर्जा लिएर गएको केही दिनपछि रावलले एउटा कागजमा औंठाछाप लगाउन पठाए । जग्गाको लालपुर्जा लगेर रावलले नेपालगन्ज-१ निवासी ३१ वर्षीय पंकजकुमार गुप्तालाई बुझाए । दुवैजना मिलेर किर्ते कागजात तयार गरी ‘दृष्टिबन्धक’ गराए । उनीहरूले नक्कली ऋणी तयार गरेर बैंकबाट रकम निकाल्न सफल भए ।

जग्गाको लालपुर्जा प्यारीको नाममा भए पनि उनीहरूले नेपालगन्ज-६ निवासी दीपा अधिकारीलाई नक्कली ऋणी बनाए । उनी गुप्ताकी दिदी सासु नाता पर्ने बताइन्छ । दिपाले नेपालगन्ज-२ न्युरोडस्थित भानुभक्त चोक नजिक अनन्या फेशन बुटिक चलाउँछिन । उनैलाई ऋण बनाएर गुप्ता र रावलले एनआइसी एसिया बैंकबाट रकम निकाले ।

रकम निकालेपछि उनीहरूले केही समयसम्म बैंकको किस्ता तिरे । उनीहरूले जब किस्ता बुझाउन छाडे, बैंकले ऋणीलाई खोज्ज थाल्यो । गुप्ता, रावल र दीपा सम्पर्कमा नरहेपछि बैंक धितो राखेको जग्गा धनीलाई खोज्न प्यारीको घरसम्म आइपुग्यो ।

गत चैतमा बैंकका कर्मचारी एक्कासि घरमा आएपछि प्यारीको परिवार छाँगाबाट खसेझै भयो । ‘बैंकका कर्मचारी घरमा आएपछि मात्रै हामीलाई घटना थाहा भयो,’ प्यारीले भनिन, ‘बैंकका कर्मचारीले सबै कुरा सुनाएपछि अचम्म लाग्यो।’आफ्नो परिवारको यसमा कुनै संलग्नता नरहेको बताएपछि फर्केर गएका बैंकका कर्मचारीले त्यसपछि प्यारीलाई फोन गरेर थर्काउन थाले ।  

दिनहुँ बैंकका कर्मचारीको ताकेता, परिवारभित्र उत्पन्न तनावले गर्दा प्यारी घरमा बस्न नसक्ने अवस्थामा पुगिन । त्यसपछि उनी कहिले आफन्त कहाँ, कहिले घरमा बसेर वकिल र प्रहरीकहाँ धाउन थालिन । पीडित परिवारका अनुसार एनआइसी एसिया बैंकको बर्दियास्थित बाँसगढी शाखाबाट कर्मचारीले फोन गरेर पैसा बुझाउन ताकेता गरेका हुन् ।

उक्त बैंकका बाँसगढी शाखा प्रबन्धक जीवन गौतमले बैंकबाट कसलाई ऋण दिइएको छ, कसको जग्गा धितो राखिएको छ, यसबारे भन्न नमिल्ने बताए । ‘यस्तो विषयको जानकारी ऋण लिने मान्छे बाहेक अरूलाई दिन मिल्दैन,’ टेलिफोनमा उनले भने ।  

आफ्नो नामको लालपुर्जा बैंकमा राखेर कसैले यति सजिलै पैसा झिक्ला भनेर कल्पना समेत नगरेको प्यारी बताउँछिन । घर बनाउन भनेर विदेशबाट आएको छोरो लालपुर्जा बैंकमा फसेको थाहा पाएपछि निराश भएर फेरि विदेश फर्केको सुनाइन । ‘घर बनाउने भनेर छोरो आएको थियो, यो सबै देखेर निराश भएर विदेश नै फर्कियो,’प्यारीले भनिन, ‘यही कारणले घरमा पनि बुहारीसँग सम्बन्ध बिग्रियो ।’

बैंकले किस्ता बुझाउन ताकेता गर्दा र लालपुर्जा बैंकमा फसेको चिन्ताले आफू बिरामीसमेत हुने गरेकी बताइन । नक्कली ऋणी बनेकी दिपाले पनि आफू पीडित भएको बताउने गरेकी छन । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको फोन अर्कै व्यक्तिले उठाए । पीडित प्यारीकी छोरी विष्णुमाया पुनले मुख्य दोषी गुप्ता नै भएको र उनले आफ्नो दिदी सासु नाता पर्ने दिपालाई अगाडी राखेर बैंकबाट पैसा झिकेको बताइन् ।  

‘हामी कानुनी प्रक्रियामा जानेबित्तिकै दिपा फस्ने देखिन्छ तर मुख्य दोषी गुप्ता नै हो,’ उनले भनिन । कानुनी प्रक्रियामा जानका लागि वकिलसँग परामर्श चलिरहेको बताइन । बर्दिया, साविक सोरहवा गाविस वडा नम्बर ३ को कि.नं. १३१० को क्षेत्रफल ०,४१६८.०० बर्गमिटरको उक्त जग्गा धितो सरह वार्षिक १२ प्रतिशत ब्याजमा ९ लाख २५ हजार दिलाई बर्दियास्थित मालपोत कार्यालयबाट रावल र गुप्ताले छिनुवा पास गराएको विष्णुमायाले सुनाइन ।  

उक्त जग्गालाई बैंकमा धितो राखेर ८५ लाख रकम निकालेको पाइएको उनको भनाइ छ । ‘नियमले नमिल्ने जग्गाको लालपुर्जालाई कसरी बैंकमा राखेर नक्कली ऋणी तयार गरेर पैसा निकाले ? त्यतिबेलाका बैंकका कर्मचारी र मालपोत कर्मचारीमाथि अनुसन्धान हुनुपर्र्छ,’ विष्णुमायाले भनिन् ।  

आरोपित गुप्ता आफूमाथि लागेको आरोप भने अस्वीकार गर्छन् । तर धितोमा राखिएको उक्त जग्गालाई फिर्ता दिलाउने भनी पटक-पटक गुप्ताले कागज गरेको विष्णुमाया सुनाउँछिन । ‘यसअघि ३५ दिनभित्रमा बैंकिङ प्रक्रिया मिलाएर जग्गा फिर्ता दिलाउँछु भनी उनीहरूले कागज गरेका थिए, अहिले फेरि पनि ३ महिनाभित्र जग्गा फिर्ता दिलाउने भन्दै ६० लाखको चेक हामीलाई दिएका छन,’ विष्णुमायाले भनिन् । एनआइसी एसिया बैंकबाट जारी गरिएको अनन्या फेसन बुटिकको चेक प्यारी मगर्नीको नाममा काटिएको छ । -नागरिक दैनिकबाट 

यो पनि पढ्नुस् :
झुक्याएर जग्गा छिनुवा पास गरी बैंकबाट रकम निकालियो


प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्