Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भेरीको 'रेडियोलोजी' मा उपकरण उपलब्ध, जनशक्ती कम
भेरीको 'रेडियोलोजी' मा उपकरण उपलब्ध, जनशक्ती कम ‘अस्पतालको समग्र विभागको आन्तरिक सुधार सहित ब्यवस्थापन गर्ने योजना छ’ : अध्यक्ष शाह 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, भदौ २१, २०८०

नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव रहेको पाइएको छ । जनशक्ती अभावका कारण उक्त विभागले सहज रुपले बिरामीलाई सेवा दिन सकेको छैन । अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन । यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखी बन्द अवस्थामा छ ।

यसैगरी अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा पनि अस्पतालले सर्बसाधारणलाई पर्याप्त मात्रामा दिन सकेको छैन । अस्पतालले खरिद गरेर ल्याएको एमआरआई मेसिन जडानको प्रक्रियामै रहेपनि जनशक्तीको टुंगो लागेको छैन ।

एमआरआई मेसिन चलाउने टेक्निसियन नहुँदा सुचारु गर्न नसकिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले एमआरआई मेसिनका लागि २ जना टेक्निसियन भर्ना गर्ने प्रक्रिया अगाडी बढाएको छ । 

भेरीको एमआरआई सेवा समयमा सुचारु नहुँदा सर्बसाधारण नागरिकले निजी अस्पतालमा महंगो शुल्क तिर्न बाध्य भइरहेका छन् । यस्तै सिटी स्क्यान मेसिनका टेक्निसियन सञ्जिव मिश्रको काज फिर्ता भएपछि सेवा सुचारु गर्न सकिएको छैन ।

टेक्निसियन मिश्रको १५ दिन अघि मात्र स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको हो । अस्पताल स्रोतका अनुसार अल्ट्रासाउण्डमा हाल ४ जना चिकित्सकले ड्युटी गर्छन् । यि मध्ये २ जना नेपाल सरकारको स्थायी दरबन्दीमा कार्यरत रहेको र एक जना नेपाल सरकारको करार सेवामा तथा अर्का एक जना इन्टर्नसिप चिकित्सक रहेको बताइएको छ । 

उनीहरुले पालैपालो बिरामीको भिडियो एक्सरे गर्दै आएका छन् । तर, बिरामीहरु दैनिक रुपमा अपेक्षाकृत रुपले अल्ट्रासाउण्ड सेवा पाउन नसकेको गुनासो गर्छन् । ‘तीन दिनदेखी भिडियो एक्सरे गराउनका लागि भेरी अस्पतालमा धाईरहेको छु, तर यहाँ पालो पाउन निकै मुस्किल हुँदो रहेछ,’ बाँके बैजनाथका टिकाराम रिजालले भने ‘भेरीको अल्ट्रासाउण्डमा धेरै सुधार गर्न जरुरी देखियो ।’ अस्पतालको एक्सरे सेवा पनि नियमित हुदैन । कहिले काही बिरामीको एक्सरे गर्दै गर्दा मेसिनले काम गर्न छाड्ने गरेको सर्बसाधारण बताउँछन् ।

भेरी अस्पताल विकास समितिको नेतृत्व भर्खरै परिवर्तन भएको छ । विकास समितिको जिम्मेवारी सम्हालेपछि अध्यक्ष बीरेन्द्रबहादुर शाहले केही सुधारका प्रयास गरिरहेका छन् । अस्पतालको रेडियोलोजी विभागलाई नयाँ योजनासहित सञ्चालन गर्ने क्रममा विकास समिति रहेको उनले बताए । 

‘अस्पतालमा एमआरआई मेसिन आएको दुई महिनाजति भयो, एमआरआई र सिटी स्क्यान मेसिन चलाउने दुई जना टेक्निसियनलाई भर्ना गर्ने प्रक्रिया अगाडी बढाईसकेका छौं, अहिलेसम्म पाँच जनाको निवेदन आईसकेको छ,’ उनले भने ‘जतिसक्दो चाडो एमआरआई र सिटी स्क्यान मेसिन चलाउँछौं ।’

बिरामीको चाप धेरै बढेको हुँदा अल्ट्रासाउण्डलाई पनि ब्यवस्थित गर्ने योजना रहेको अध्यक्ष शाहले सुनाए । ओपिडीमा हुने भिडभाड ब्यवस्थित गर्न टोकन प्रणाली लागु गर्ने अस्पतालको तयारी रहेको बताए । अस्पतालको समग्र विभागको आन्तरिक सुधार सहित ब्यवस्थापन गर्ने आफ्नो योजना रहेको उनको भनाई छ । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. संकेत रिसालले बिरामीको चाप अनुसार जनशक्ती अपुग रहेको बताए । ‘रेडियोलोजी विभाग भनेको वरिष्ठ विशेषज्ञ बस्ने ठाउँ हो, बिरामीको चाप अनुसार यहाँ जनशक्ती पुगेकै छैन, भएका जनशक्तीको पनि काज फिर्ता भयो,’ उनले भने । अस्पतालको ओपिडी कक्षमा दैनिक एक हजारदेखी एक हजार दुई सयको हाराहारीमा बिरामी आउने गरेको निमित्त मेसु रिसालले जानकारी दिए । 

अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. विश्वनाथ शर्माले एकातिर बिरामीको चाप, अर्कोतिर जनशक्ती अभावका कारण सेवा दिन कठिनाई भइरहेको बताए । ‘अहिले रेडियोलोजी विभागमा धेरै समस्या छ,’ उनले भने ‘जनशक्ती बढाउन अस्पताल प्रशासनलाई हामीले आग्रह गरिरहेका छौं ।’ डा. शर्माले एमआरआई मेसिन आएपनि ‘इन्स्टलेशन’ प्रक्रियामा रहेको र एक जना पनि टेक्निसियन नभएपछि अस्पतालले जनशक्ती आब्हान गरेको बताए । 

यस्तै अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मा आफुसहित डा. सन्देश देवकोटाले सेवा दिइरहेको उनले सुनाए । सिटी स्क्यानमा कार्यरत पाँचौ तहका टेक्निसियनको काज फिर्ता भएपछि दुई सातादेखी बन्द अवस्थामा रहेको शर्माले बताए । ‘नियम अनुसार अल्ट्रासाउण्डमा कम्तिमा ४ जना हुनुपर्ने हो, सिटी स्क्यान र एमआरआईमा कम्तिमा पनि ३/३ जना हुनुपर्ने हो र एक्सरे/स्पेशल प्रोसिडरका लागि २ जना हुनुपर्ने हो,’ डा. शर्माले भने ‘कतैपनि पनि पर्याप्त मात्रामा जनशक्ती छैनन् ।’


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्