Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • लाइन मिल्दा गुपचुप, नमिल्दा बरामद !
लाइन मिल्दा गुपचुप, नमिल्दा बरामद ! सिमापारीबाट अबैध सामान भित्रिने क्रम रोकिएन
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक १, २०८०
नेपाल भारत सिमास्थित नेपालगन्ज भन्सार कार्यालयको चेकपोष्ट । साथमा नेपालगन्ज-१ बाट बरामद गरिएको अबैध चामल र चिनी ।

नेपालगन्ज : भारतबाट भन्सार छलेर अबैध रुपमा सामान भित्र्याउने क्रम अझै रोकिएको छैन । नेपालगन्जबाट ठुलो परिमाणको चिनी दैलेख लैजादै गरेको अवस्थामा सुर्खेत प्रहरीले बरामद गरेको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना सार्वजनिक भएको हो । 

यि घटनाले नेपाल-भारत सिमापारीबाट कसरी सजिलैसँग सामान अबैध रुपमा भित्रिन्छ भन्ने कुरालाई थप पुष्टी गरिदिएको छ । सिमाक्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका गरी करिव आधा दर्जन जति चेकपोष्ट राखिएका छन् । 

यि पोष्ट कतै दैनिक उपभोग्य सामान किनेर ल्याउने सर्बसाधारण नागरिकलाई तर्साउने र तस्करहरुका सामान मिलेमतोमा भित्र्याउने उद्धेश्यले राखिएका त होईनन् ? भन्ने आमनागरिकका मनमा प्रश्न उब्जिन थालेका छन् । सिमापारीबाट अबैध रुपमा भित्र्याइएको ठुलो परिमाणको सामान नेपालगन्जमा बरामद हुनुले सिमा क्षेत्रमा सुरक्षा गर्ने सुरक्षाकर्मी (सशस्त्र प्रहरी र नेपाल प्रहरी) र भन्सार कर्मचारीको कार्यशैलीमाथी प्रश्न उब्जिएको छ । 

विभागमा लाखौं रुपैयाँ बुझाएर कर्मचारीहरुले भन्सार कार्यालय नै रोजेर सरुवा माग्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि जुनियर कर्मचारीदेखी सिनियर अधिकृत समेत सिमा नाकामा आउन तलदेखी माथीसम्म पैसा बुझाउनुपर्ने प्रवृत्ती छ । जसले गर्दा सिमा क्षेत्रमा तस्कर बढिरहेको बताइन्छ । तस्करसँग लाइन मिलाएर नेपाल प्रहरी र सशस्त्र प्रहरीकै स्कटिङमा  सिमापारीबाट अबैध सामान भित्रिने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मी (प्रहरी र सशस्त्र प्रहरी)ले लाइन मिल्दा गुपचुपमै सिमापारीबाट अबैध सामान सहजै प्रवेश गराउँछन् भने लाइन नमिल्दा बरामद गर्ने गरेको पाइएको छ । ‘लाइन मिल्दासम्म प्रहरी र सशस्त्र प्रहरीका हाकिमहरु गुपचुपमा गर्छन्, तस्करले सिमापारीबाट सामान ओसार्दा स्कटिङ गर्न आफ्ना सुरक्षाकर्मीलाई नै फिल्डमा खटाउँछन्, तस्करले लाइन दिन छाडेपछि भने सामान बरामद गरेको देखाउँछन् ,’ एक प्रत्यक्षदर्शीले भने । 

भारतबाट सहजै भित्रिएको ठुलो परिमाणको अबैध सामान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ राना चोक नजिकबाट बरामद गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले १ लाख ४२ हजार रुपैयाँ बराबरको ७१ बोरा चामल र ७० हजार रुपैयाँ बराबरको १४ बोरा  चिनी गरी कुल २ लाख १२ हजार रुपैयाँको खाद्यान्न सामान बरामद गरेको हो । 

गत असार २९ गते साँझ करिव ६ बजेतिर भारतबाट अबैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका सामान बेवारिसे अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त भएपछि कार्यालयबाट खटिएको टोलीले बरामद गरेको वडा प्रहरी कार्यालयले प्रष्ट्याएको छ ।

स्थानीय बासिन्दाले भने प्रहरीले नै अबैध सामान ल्याउने तस्करलाई भगाएको आरोप लगाएका छन् । दुई दिनअघि भएको उक्त घटनालाई वडा प्रहरी कार्यालयले बुधबार मात्र आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गरेको छ । 

सम्बन्धित समाचार :

सेटिङमै भित्रिन्छन् सिमापारीबाट अबैध सामान

नेपालगन्ज भन्सारबाट सेटिङमा छिरेको चिनी सुर्खेतमा बरामद !

 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  २३:१६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग
विन्दू कुँवरको स्मरणमा चियापान, पार्वता र नील सागरलाई संकलित रकम सहयोग मंगलबार, साउन २७, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
रविलाई थुनामै राख्न अदालतको आदेश
रविलाई थुनामै राख्न अदालतको आदेश सोमबार, साउन २६, २०८२
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो
कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं पठाइयो शनिबार, साउन २४, २०८२
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’
कैलाली कारागारभित्र गुण्डा समूहको ‘ग्याङ वार’ शनिबार, साउन २४, २०८२
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी शनिबार, साउन २४, २०८२
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह शनिबार, साउन २४, २०८२
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै
आज जनै पूर्णिमा, धुमधामका साथ मनाइदै शनिबार, साउन २४, २०८२
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि
उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको असन्तुष्टि शुक्रबार, साउन २३, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्