Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सेटिङमै भित्रिन्छन् सिमापारीबाट अबैध सामान
सेटिङमै भित्रिन्छन् सिमापारीबाट अबैध सामान
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज ३०, २०८०

नेपालगन्ज : नेपालगन्जबाट दैलेख जादै गरेको अवस्थामा सुर्खेत प्रहरीले शनिबार राती भे १ ख ३१४४ नम्बरको ट्रक नियन्त्रणमा लियो । ट्रक चेकजाँच गर्दा प्रहरीले ५० किलोका २६ र २५ किलोका २४ बोरा गरेर कुल ५० बोरा चिनी फेला पार्यो ।

सुर्खेतस्थित नेपाल प्रहरीको सुब्बा कुना चेकपोष्टले उक्त चिनी बरामद गरेको थियो । यो त एउटा पछिल्लो घटना मात्रै हो । भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणका सामान भित्र्याउने गरेका छन् ।

भन्सार कार्यालयले सर्बसाधारण नागरिकका लागि भने एक सय रुपैयाँ भन्दा बढीको सामानको पनि भन्सार शुल्क लिने गरेको छ । सर्बसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सिमापारीबाट सेटिङमा भने करोडौं मुल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन् । पछिल्लो यस घटनाले पनि सर्बसाधारणको आरोपलाई पुष्टी गरेको छ ।

नेपालगन्जस्थित नेपाल-भारत सिमाक्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आधा दर्जनबढी चेकपोष्टहरु राखिएका छन् । यिनै चेकपोष्ट भएर भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणको सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीको भनाई छ । 

भन्सार सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी बललाई विशेष जिम्मेवारीका साथ परिचालन गरेको छ । सशस्त्र प्रहरीले नेपालगन्जको भन्सार सुरक्षाका लागि डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरेको छ । यस्तै बाँकेको विभिन्न सिमाक्षेत्रमा सशस्त्र प्रहरीका बिओपी स्थापना छन् । तर यिनै सशस्त्र प्रहरीहरु तस्करसँगै मिलेर सामान तस्करीमा संलग्न हुने गरेको स्थानीयको गुनासो छ । 

भारतबाट अबैध रुपमा सामान भित्रिरहँदा यहाँका उद्योगी, ब्यवसायी समेत निराश भइरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सिमा क्षेत्रमा थरी-थरीका चेकपोष्ट हुँदा पनि ठुलो परिमाणको सामान अबैध रुपमा भित्रिनु लज्जाको विषय भएको बताउँछन् ।

‘चोरी निकासी पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं, तरपनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ‘अबैध रुपमा सामान भित्रिदाँ निजी क्षेत्रले जसरी घाटा ब्यहोर्नु परेको छ, सरकारले पनि ठुलो मात्रामा राजश्व गुमाइरहेको छ ।’

कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो बिना सिमापारीबाट अबैध रुपमा सामान भित्रिनै नसक्ने उनको जिकिर छ । पछिल्लो समयमा बाँकेका विभिन्न अबैध नाकाबाट समेत तस्करले अबैध रुपमा सामान भित्र्याउने क्रम चलिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाको नरैनापुर, डुडुवा, जानकी, खजुरा गाउँपालिका अन्र्तगत पर्ने अबैध सिमा नाकाबाट पनि सुरक्षाकर्मीको मिलेमतोमा सामान भित्रिने क्रम चलिरहेको बताइएको छ । सिमापारीबाट अबैध सामान भित्रिरहेको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुखले फोन उठाएनन् ।

कार्यालयकाअधिकृत डिल्लुप्रसाद शर्माले भने भन्सार नियम अनुसार सामान जाँचपास गरेर भन्सार शुल्क लिने गरिएको दाबी गरे । ‘हामीले नियम अनुसार काम गरिरहेका हुन्छौंं, तर कसरी र कहाँबाट अबैध रुपमा सामान भित्रियो भन्ने विषयमा हामीलाई जानकारी हुदैन,’ कार्यालयका सूचना अधिकारी शर्माले भने । नेपालगन्जबाट लगिएको ठुलो परिमाणको चिनी सुर्खेतमा बरामद भएको घटनाका विषयमा भने कार्यालयलाई जानकारी नभएको उनले बताए । 

यो पनि पढ्नुस् :

नेपालगन्ज भन्सारबाट सेटिङमा छिरेको चिनी सुर्खेतमा बरामद !


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्