Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सेटिङमै भित्रिन्छन् सिमापारीबाट अबैध सामान
सेटिङमै भित्रिन्छन् सिमापारीबाट अबैध सामान
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज ३०, २०८०

नेपालगन्ज : नेपालगन्जबाट दैलेख जादै गरेको अवस्थामा सुर्खेत प्रहरीले शनिबार राती भे १ ख ३१४४ नम्बरको ट्रक नियन्त्रणमा लियो । ट्रक चेकजाँच गर्दा प्रहरीले ५० किलोका २६ र २५ किलोका २४ बोरा गरेर कुल ५० बोरा चिनी फेला पार्यो ।

सुर्खेतस्थित नेपाल प्रहरीको सुब्बा कुना चेकपोष्टले उक्त चिनी बरामद गरेको थियो । यो त एउटा पछिल्लो घटना मात्रै हो । भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणका सामान भित्र्याउने गरेका छन् ।

भन्सार कार्यालयले सर्बसाधारण नागरिकका लागि भने एक सय रुपैयाँ भन्दा बढीको सामानको पनि भन्सार शुल्क लिने गरेको छ । सर्बसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सिमापारीबाट सेटिङमा भने करोडौं मुल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन् । पछिल्लो यस घटनाले पनि सर्बसाधारणको आरोपलाई पुष्टी गरेको छ ।

नेपालगन्जस्थित नेपाल-भारत सिमाक्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आधा दर्जनबढी चेकपोष्टहरु राखिएका छन् । यिनै चेकपोष्ट भएर भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणको सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीको भनाई छ । 

भन्सार सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी बललाई विशेष जिम्मेवारीका साथ परिचालन गरेको छ । सशस्त्र प्रहरीले नेपालगन्जको भन्सार सुरक्षाका लागि डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन गरेको छ । यस्तै बाँकेको विभिन्न सिमाक्षेत्रमा सशस्त्र प्रहरीका बिओपी स्थापना छन् । तर यिनै सशस्त्र प्रहरीहरु तस्करसँगै मिलेर सामान तस्करीमा संलग्न हुने गरेको स्थानीयको गुनासो छ । 

भारतबाट अबैध रुपमा सामान भित्रिरहँदा यहाँका उद्योगी, ब्यवसायी समेत निराश भइरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सिमा क्षेत्रमा थरी-थरीका चेकपोष्ट हुँदा पनि ठुलो परिमाणको सामान अबैध रुपमा भित्रिनु लज्जाको विषय भएको बताउँछन् ।

‘चोरी निकासी पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं, तरपनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ‘अबैध रुपमा सामान भित्रिदाँ निजी क्षेत्रले जसरी घाटा ब्यहोर्नु परेको छ, सरकारले पनि ठुलो मात्रामा राजश्व गुमाइरहेको छ ।’

कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो बिना सिमापारीबाट अबैध रुपमा सामान भित्रिनै नसक्ने उनको जिकिर छ । पछिल्लो समयमा बाँकेका विभिन्न अबैध नाकाबाट समेत तस्करले अबैध रुपमा सामान भित्र्याउने क्रम चलिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाको नरैनापुर, डुडुवा, जानकी, खजुरा गाउँपालिका अन्र्तगत पर्ने अबैध सिमा नाकाबाट पनि सुरक्षाकर्मीको मिलेमतोमा सामान भित्रिने क्रम चलिरहेको बताइएको छ । सिमापारीबाट अबैध सामान भित्रिरहेको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुखले फोन उठाएनन् ।

कार्यालयकाअधिकृत डिल्लुप्रसाद शर्माले भने भन्सार नियम अनुसार सामान जाँचपास गरेर भन्सार शुल्क लिने गरिएको दाबी गरे । ‘हामीले नियम अनुसार काम गरिरहेका हुन्छौंं, तर कसरी र कहाँबाट अबैध रुपमा सामान भित्रियो भन्ने विषयमा हामीलाई जानकारी हुदैन,’ कार्यालयका सूचना अधिकारी शर्माले भने । नेपालगन्जबाट लगिएको ठुलो परिमाणको चिनी सुर्खेतमा बरामद भएको घटनाका विषयमा भने कार्यालयलाई जानकारी नभएको उनले बताए । 

यो पनि पढ्नुस् :

नेपालगन्ज भन्सारबाट सेटिङमा छिरेको चिनी सुर्खेतमा बरामद !


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्