Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • भूकम्प प्रभावित क्षेत्रमा सहयोगी दाताको ओईरो-(भिडियो सहित)
भूकम्प प्रभावित क्षेत्रमा सहयोगी दाताको ओईरो-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक २७, २०८०

जाजरकोट : ‘हामी विपदमा परेका बेला राहत ल्याएर आउने तपाईहरु वास्तविक भगवान हुनुहुन्छ, तपाईको सधैं भलो होस्,’ राहत लिएर पुगेका दातासँग भेरी नगरपालिका–१ जाजरकोटकी ६६ वर्षीया बृद्धा भजी रानाले आँसु खसाल्दै भनिन् । 

नेपाल-भारत मैत्री संघ केन्द्रीय समितिले पठाएको राहत सामाग्री वडालाई हस्तान्तरण गर्ने क्रममा त्यहाँ पुगेकी उनले यो उमेरसम्म कसैसँग पनि मागेर खानु नपरेको स्मरण गर्दै विनाशकारी भूकम्पले आफ्नो जीवनको अन्तिमतिर अरुको भरमा बाँच्न बाध्य पारेको दुखेसो पोखिन् । ‘यो उमेर भयो अहिलेसम्म भुइँचालो आएको थाहा थिएन, मर्ने बेलामा घरबार बिहिन भयौं,’ बृद्धा भजीले भनिन् ‘दुःखको बेलामा हाम्रो पेट भरिदिने तपाईहरु वास्तविक भगवान नै हुनुहुन्छ ।’

भूकम्पले घर ध्वस्त पारिदिएपछि उनको परिवारले अहिले विस्थापित जीवन बिताइरहेको छ । राहतको नाममा उनले सानो त्रिपालको टुक्रा पाएकी छन् । तर, त्यो त्रिपालले ८ जनाको परिवारलाई सित ओत्न पुग्दैन । जसले गर्दा रुखको साहारा लिनु परेको भविले दुखेसो पोखिन् ।

‘भुइँचालो आएको दिनदेखी बाहिरै खान्छौं, बाहिरै सुत्छौं, घरमा म सहित ८ जनाको परिवार छौं, सानो त्रिपाल पाएका छौं, तर सबैलाई सुत्न पुग्दैन,’ बाँचुञ्जेल यस्तो विपतीमा नपरेकी उनले सुस्केरा हाल्दै भनिन् ‘के मर्ने दिन आइगे ।’  

नेपाल-भारत मैत्री संघले भूकम्प प्रभावित भेरी नगरपालिका-१ रिम्ना गाउँका २ सय ४० घरधुरी र आठविसकोट नगरपालिकामा रहेका ५ सय ६० घरधुरीका लागि करिव १२ लाख रुपैयाँ बराबरको राहत सामाग्री (ब्ल्यांकेट तथा खाद्यान्न) हस्तान्तरण गर्यो ।

संघका केन्द्रीय पदाधिकारीको टोली पुगेर जाजरकोटको रिम्ना गाउँ र रुकुम (पश्चिम)स्थित आठविसकोट नगरपालिकामा पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको थियो । संघले आठविसकोट नगरपालिकाका ५ सय ६० र जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ रिम्नास्थित २ सय ४० घर परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष सुष्मा शर्माले जानकारी दिइन् ।

उनका अनुसार संघले आठविसकोट नगरपालिकाकी नगर उपप्रमुख धनकुमारी शाही र भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक रानालाई राहत सामाग्री हस्तान्तरण गरेको थियो । संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शर्मासहित महासचिव बोधकृष्ण सुवेदी, संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश अध्यक्ष बासुदेव रिमाल, केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बस्नेत, केन्द्रीय सदस्य अमर खड्का, संघको कोहलपुर शाखा सदस्य खिना राना मल्लको टोली राहत लिएर पुगेको थियो । 

भिडियो हेर्नुस् :

संघले हस्तान्तरण गर्दा गर्दै प्युठानमा रहेको नेपाली हर्ट गु्रप आएर पनि  रिम्ना गाउँका पीडित राहत बाँड्यो । उक्त टोलीले वडाका जनप्रतिनिधिलाई राहत जिम्मा लगायो । त्यसको केहीबेरअघि मात्रै रिम्नामै सुर्खेतका फलफुल तथा तरकारी व्यवसायी आएर पनि केही परिवारलाई पुग्ने आलु, सिमी, काउली, बन्दा, मुला छाडेर फर्केका थिए । उनीहरुले रिम्नास्थित राहत वितरण समितिका संयोजक कृष्णराज विश्वकर्मालाई जिम्मा लगाएका थिए । 

सुर्खेत फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर शाहीका अनुसार जाजरकोटका पीडित परिवारका लागि ३६ क्विन्टल आलु, ७ क्विन्टल काउली, ५ क्विन्टल मुला, ४ क्विन्टल बन्दा र १ क्विन्टल सिमी हस्तान्तरण गरिएको छ । 

जाजरकोट र रुकुम(पश्चिम)का भूकम्प प्रभावितको पीडामा मल्हम लगाउन अचेल देशका विभिन्न ठाउँबाट सहयोगी दाताहरु राहत सामाग्री लिएर आउने गरेका छन् । भारत र चिन सरकारले पठाएको राहत सामाग्री पनि प्रभावित क्षेत्रमा पुगिसकेको छ । 

भूकम्प प्रभावित क्षेत्रमा यतिखेर दाताको ओईरो लागेको छ । विश्वभर रहेका नेपालीले समेत विभिन्न माध्यमबाट पठाएको राहत सामाग्री प्रभावित क्षेत्रमा पुग्ने क्रम चलिरहेको छ । कोहलपुर–छिन्चु–सल्लीबजार हुदै जाजरकोट तथा रुकुम(पश्चिम)को सडक खण्डमा दैनिक रुपमा ठुलो संख्यामा राहत सामाग्री बोकेका सवारी साधनहरु गुडिरहेका छन् ।

उक्त सडक खण्डमा राहत बोकेर लैजाने र फर्किने सवारी साधनको चहल धेरै बढेको छ । अधिकांस सहयोगी दाता स्थानीय सरकार( वडा वा पालिका) तथा जिल्ला विपद ब्यवस्थापन समितिलाई सामाग्री हस्तान्तरण गरेर फर्किन्छन् भने कतिपयले आफ्नै हातले बाँडेर फर्केको पनि पाइएको छ । 

भूकम्प पीडितको अवस्था देखेर राहत लिएर गएका दाता नै भावुक हुन्छन् । संघकी वरिष्ठ उपाध्यक्ष शर्माले भूकम्प पीडितको अवस्थाले आफुलाई भावुक बनाएको बताइन् । आफुहरुले ल्याएको राहत एकद्धार प्रणाली अनुसार स्थानीय सरकार(नगरपालिका र वडा कार्यालय)को जिम्मा लगाइएको सुनाइन् ।

उनले भनिन्, ‘हामीले एकद्धार प्रणाली अनुसार नै राहत बाँड्यौं, स्थलगत निरीक्षण गर्ने क्रममा भूकम्प पीडितको अवस्था बुझ्दा राहत यति धेरै आएको छ, प्रत्यक्ष हेर्दाखेरी पाउनु भएको छैन, कसैले धेरै लग्यो, कसैले थोरै लग्यो भन्ने गुनासो छ ।’ महासचिव सुवेदीले भूकम्पबाट सबैभन्दा बढी मानविय क्षति भएको जाजरकोट र रुकुममा पुगेर राहत हस्तान्तरण गरिएको बताए ।

‘पहिलो चरणमा १२ लाख रुपैयाँ बराबरको खाद्य सामाग्री र ब्ल्यांकेटहरु ल्याएर भेरी नगरपालिकाको वडा नम्बर १ रिम्नामा जिम्मा लगायौं, यहाँ २ सय ४० परिवारका लागि र  ५ सय ६० परिवारका लागि रुकुम (पश्चिम)को आठविसकोटमा जनप्रतिनिधिको जिम्मा लगाएका छौं,’ उनले भने ।

आफुहरुले दिएको राहत सामाग्री न्यायोचित रुपले वितरण हुनेमा आशावादी रहेको सुवेदीले बताए ।दाताबाट राहत पाएपछि आठविसकोट नगरपालिकाकी नगर उपप्रमुख शाही र भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दिपक रानाले आफुहरुको पीडामा मल्हम लगाउने दाताहरुप्रति कृतज्ञता ब्यक्त गरे र न्यायोचित रुपले सबै पीडितलाई वितरण गर्ने आश्वस्त पारे ।

‘भूकम्पबाट जति पीडा झेलिरहेका छौं, सबै सहयोगी संस्थाहरु आईराख्नु भएको छ, राहत सामाग्री मानविय सहयोग अथवा परामर्श सेवा, स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रबाट हामीलाई सहयोग गरिराख्नु भएको छ,’ वडाअध्यक्ष रानाले भने ‘पीडाको बेलामा मल्हम पट्टी लगाइदिनु भएको छ, वडाबासीको तर्फबाट कृतज्ञता प्रकट गर्दछौं, प्राप्त भएको राहत सामाग्री न्यायोचित ढंगले वितरण गरेका छौं ।’ 

यो पनि पढ्नुस् :

नेपाल भारत मैत्री संघले हस्तान्तरण गर्यो भूकम्प प्रभावित क्षेत्रमा राहत-(फोटो फिचर)


प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो शनिबार, कात्तिक ८, २०८२
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु मंगलबार, कात्तिक ४, २०८२
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै सोमबार, कात्तिक ३, २०८२
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते आइतबार, कात्तिक २, २०८२
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक शनिबार, कात्तिक १, २०८२
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै शनिबार, कात्तिक १, २०८२
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग शुक्रबार, असोज ३१, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्