Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बर्थिङ सेन्टर उद्घाटन भएको दुई महिनामा पनि सञ्चालन भएन
बर्थिङ सेन्टर उद्घाटन भएको दुई महिनामा पनि सञ्चालन भएन राप्ती सोनारीमा ब्यथितीको नमुना
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर ६, २०८०
सञ्चालनमा आउन नसकेको राप्ती सोनारी गाउँपालिका ६ स्थित कमैयाडाँडा बर्थिङ सेन्टर ।

बाँके(राप्ती सोनारी) : बर्थिङ सेन्टर (प्रसुती गृह) सञ्चालनमा नआउँदा जिल्लाको राप्ती सोनारी गाउँपालिका ६ का महिलाले सुत्केरी सेवा लिन अन्यत्र जानुपरेको छ । बर्थिङ सेन्टरको भवन उद्घाटन गरिए पनि यहाँ आवश्यक पूर्वाधार बनेको छैन । बर्थिङ सेन्टर उद्घाटन भएको दुई महिनासम्म पनि अधुरो रहँदा स्वास्थ्यकर्मीले प्रसुती सेवा दिन सकेका छैनन् ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत वडा ६ स्थित कमैयाडाँडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रपरिसरमै बर्थिङ सेन्टरका लागि भवन बनाएको थियो । गाउँपालिका कार्यालयको प्राविधिक शाखाले दिएको जानकारीअनुसार उक्त भवन निर्माणका लागि स्थानीय भुवर भवानी निर्माण सेवाले २६ लाख २५ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

भवन निर्माण कार्य सम्पन्न भएको भन्दै गत असोज ९ मा उद्घाटन गरिएको उक्त बर्थिङ सेन्टर अधुरो हुँदा अहिलेसम्म गर्भवतीलाई सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । उक्त बर्थिङ सेन्टर प्रमुख अतिथिसमेत रहेका गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गरेका थिए ।

अधुरो बर्थिङ सेन्टरले वडामा रहेका गर्भवतीलाई प्रसुती सेवा दिन नसकेपछि अन्यत्रै गएर सुत्केरी हुन महिला बाध्य भएका हुन् । गत असोज महिनायता मात्रै चारजना सुत्केरी हुनका लागि आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडाको सम्पर्कमा आएका थिए । तर, केन्द्रले बर्थिङ सेन्टर सञ्चालनमा नआएको बताएपछि उनीहरू अन्यत्रै गएर सुत्केरी भएको सेवा केन्द्रका प्रमुख नियामत अली साईले बताए ।

‘बर्थिङ सेन्टरको भवन बनेपछि यस वडाका महिलाले चासो राख्नुभएको छ, सुत्केरी हुन चारजना महिला त हाम्रो सम्पर्कमै आउनुभयो, तर हामीले सेवा सञ्चालनमा नआएको बताएपछि वडा ७ मा गएर सुत्केरी हुनुभयो’, उनले भने, ‘अरू कति संख्यामा कहाँ गएर सुत्केरी भइरहनुभएको छ, यसको तथ्यांक आएको छैन ।’

अघिल्लो आर्थिक वर्षमा उक्त स्वास्थ्य सेवा केन्द्र गाउँपालिकाकै सबैभन्दा धेरै स्वास्थ्य सेवा दिने स्वास्थ्य केन्द्रका रूपमा थियो । थारू समुदायको उल्लेख्य बसोवास रहेको उक्त वडामा गर्भवती हुनेको संख्या पनि धेरै छ । बर्थिङ सेन्टरका लागि गाउँपालिका कर्मचारीले प्राविधिक स्टिमेटमा आवश्यक पूर्वाधार नराखिदिँदा सेवा अधुरो हुन पुगेको यहाँका स्थानीय बासिन्दा बताउँछन् । 

एकातिर प्राविधिक स्टिमेटमा बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार छुट्ट्याइएको, अर्कातिर ठेकेदारले पनि स्टिमेटअनुसार काम नगरेको स्थानीयको आरोप छ । ‘बर्थिङ सेन्टर निर्माणमा केही न केही बदमासी भएको छ, दुनियाँमा कहीं नभएको अनौठो काम हाम्रो वडामा भयो, उद्घाटन भएको बर्थिङ सेन्टर अलपत्र छ,’ एक स्थानीयले नाम नछाप्ने शर्तमा भने ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज साईले पनि भवनमा आवश्यक पर्ने कतिपय पूर्वाधार नभएको गुनासो गरे । ‘पहिलो कुरा स्टिमेट गर्दा प्राविधिकले बर्थिङ सेन्टरका लागि अति आवश्यक पर्ने पूर्वाधार नै छुटाइदिनुभएको छ, अर्को कुरा, स्टिमेटअनुसार पनि पूरा काम भएको देखिँदैन,’ उनले भने । 

प्रमुख साईका अनुसार स्टिमेट गर्दा प्राविधिकले सुत्केरी कक्षमा टायल बिछ्याउने, सालनाल बिर्सजन गर्ने ट्यांकी र पर्खाल निर्माण जस्ता अत्यावश्यक पूर्वाधार समेटेका थिएनन् । यस्तै ठेकेदारले सिँढीमुनिको भागमा शौचालय निर्माण, झ्यालमा जाली, गर्भवतीले प्रयोग गर्ने शौचालयमा ‘कम्भर्ट’ राख्नुपर्नेमा अटेर गरी ‘प्यान’ राखेको उनले सुनाए ।

‘बर्थिङ सेन्टरलाई के-के आवश्यक पर्छ भन्ने स्वास्थ्यकर्मीलाई बढी जानकारी हुन्छ होला, तर प्राविधिक आएर आफ्नै तरिकाले स्टिमेट गराएर जानुभयो’, साईले थपे, ‘स्टिमेट गराउँदा स्वास्थ्यकर्मीसँग कत्ति पनि समन्वय भएन, धेरै पूर्वाधार स्टिमेटमै छुटाइयो, स्टिमेटमा समेटिएका कतिपय पूर्वाधार नै बनाइएको छैन ।’  गाउँपालिकाले उक्त ठेकेदार कम्पनीलाई भवन निर्माणवापतको रकम भुक्तानी गरिसकेको बताइएको छ ।

प्राविधिकले पहिलो स्टिमेटमा छुटाएका पूर्वाधार निर्माणका लागि गाउँपालिकाले पुनः दोस्रो ठेकेदारलाई जिम्मा दिएको छ । गाउँपालिकाका सब-ओभरसियर युवराज बस्नेतका अनुसार मेनुका निर्माण सेवा नामक ठेकेदार कम्पनीले १० लाख रूपैयाँको लागतमा बर्थिङ सेन्टरको बाँकी पूर्वाधार निर्माण कार्य गरिरहेको छ । उक्त ठेकेदार कम्पनीले पर्खाल, मूलगेट, च्यानलगेट, सुत्केरी कक्षमा टायल बिछ्याउने, सालनाल गाड्ने ट्यांकी निर्माण, फोहोर जलाउने खाडललगायतका पूर्वाधार बनाउन सुरु गरेको छ ।  

राप्ती सोनारी गाउँपालिका ६ का वडाध्यक्ष लवराज खरेलले बर्थिङ सेन्टरको बाँकी पूर्वाधार बन्ने क्रम चलिरहेको बताए । ‘बर्थिङ सेन्टर बनाउने बजेट र ठेक्का लगाउने सबै काम गाउँपालिकाले गरेको हो, हाम्रो काम त अनुगमन गर्ने मात्रै हो’, उनले भने, ‘त्यतिबेला आवश्यक सबै पूर्वाधार तयार गरेर उद्घाटन गरेको भए धेरै राम्रो हुन्थ्यो, वडाका गर्भवतीले सेवा पाउँथे, काम अधुरो गरिँदा उद्घाटन भएको भवनले समयमै सेवा दिन सकेन ।’ 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बजेट अपुग हुने भएपछि पहिलो स्टिमेटमा बर्थिङ सेन्टरलाई चाहिने पूर्वाधार छुटेको र पुनः १० लाख रूपैयाँ थपेर निर्माण कार्य चलिरहेको बताए । ठेकेदारले इमानदारीपूर्वक काम गरेको पनि उनले जिकिर गरे । ‘त्यतिबेला अस्थायी प्रकृतिको बर्थिङ सेन्टर चलाउने कुरा भएअनुसार कम बजेटको स्टिमेट गरिएको हो, भवन बनिसकेपछि अपुग पूर्वाधार बनाउन बजेट थपेका हौं,’ देवकोटाले भने । -नागरिक दैनिकबाट साभार 


प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
लोकप्रीय
  • Week
  • Month
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्