Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बैजनाथामा भूमी आयोगको काममा तिब्रता, जग्गा नापजाँचको काम सुरु-(भिडियो रिपोर्ट सहित)
बैजनाथामा भूमी आयोगको काममा तिब्रता, जग्गा नापजाँचको काम सुरु-(भिडियो रिपोर्ट सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत ७, २०८०

बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले ऐलानी जग्गा नापजाँचको काम औपचारिक रुपमा सुरु गरेको छ । भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा बाँड्ने तयारी स्वरुप नापजाँच कार्य बुधबारबाट सुरु गरिएको हो ।

बैजनाथ गाउँपालिका वडा नम्बर ७ स्थित पेडारीबाट जग्गा नापजाँचको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ७ बाट सुरु भएको नापजाँचलाई गाउँपालिकाको अन्य वडामा अगाडी बढाइनेछ ।

भिडियो रिपोर्ट हेर्नुस् :

स्थानीय तह निर्वाचनको समयमा आफुले लालपुर्जा वितरणको कामलाई घोषणापत्रमा प्रमुखताका साथ राखेको स्मरण गर्दै अध्यक्ष शाहीले निर्वाचित भएपछि आफ्नो बढी समय पनि यही काममा खर्च भएको बताए । नापजाँच शुभारम्भ गर्दै अध्यक्ष शाहीले सात पुस्तादेखी जग्गा उपभोग गर्दै आएपनि लालपुर्जा पाउन नसकेका जनताले अब चाडै पाउने विश्वास ब्यक्त गरे । 

Baijanath_Jagga Napjach Photo 21710954450.jpeg

‘पटक-पटक सरकार आएर बाचा गर्ने, चुनावी नारा लगाउने, पटक-पटक आयोग बन्ने, काम निस्कर्ष बिहिन हुने अवस्था थियो,’ उनले भने ‘जनताहरु आशै आशमा बस्ने, जुन किसिमको जनताले सास्ती भोगेका थिए, त्यसलाई अन्त्य गर्नुपर्छ भनेर बैजनाथ स्थानीय सरकारसहित  जुन हाम्रो टिम छ, यो टिमले सहजीकरण गर्यो, जिरोबाट सुरु गरेर काम गरेका छौं, हामी अन्तिम चरणको प्रक्रियामा नापजाँचमा छौं ।’ 
बैजनाथ गाउँपालिकाका अभियन्ता स्वर्गिय बैजनाथ थारुको गाउँ वडा नम्बर ७ को पेडारीबाट हरेक राम्रा कामको सुरुवात गर्दै आएको अध्यक्ष शाहीले सुनाए ।

भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नका लागि आफुहरुले निस्पक्ष रुपले काम गरिरहेको उनले बताए । ‘हामीले निस्पक्ष रुपमा काम गरेका छौं, भूमी आयोग बाँकेको अध्यक्षले हामीलाई धेरै साथ दिनु भएको छ, बैजनाथ गाउँपालिका र वडा स्तरिय सहजीकरण समितिले पनि सहयोग गरेको छ, राजनीतिक दलले पनि साथ दिनु भएको छ,’ शाहीले भने ।

राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष सर्वणकुमार यादवले वर्षौदेखी भोग चलन गर्दै आएको जग्गाको नाँपजाँच गरेर पुर्जा गराउने प्रक्रिया सुरु भएको बताए । ‘हामीले निस्सा वितरण गरिसकेका छौं, निस्सा अनुसार चढाउँदै अगाडी बढ्नेछौं, जतिसक्दो छिटो पुर्जा बनाउनेछौं,’ उनले भने ‘आयोगको तर्फबाट नापी अधिकृतलाई निर्देशन दिइसकेको छु, उहाँले कर्मचारीलाई खटाइसक्नु भएको छ, जतिसक्दो चाडो नापजाँचको काम सम्पन्न गरेर लालपुर्जा वितरण गरिनेछ ।’ 

Baijanath_Jagga Napjach Photo 31710954450.jpeg

बैजनाथ गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि पनि यस विषयमा सम्वेदनशिल रहेको र एकदमै इमान्दारी पूवर्क काम गरिरहेको अध्यक्ष यादवले बताए । चालु आर्थिक वर्षको असार महिनासम्म लालपुर्जा दिने हिसाबले काम अगाडी बढाएको उनले सुनाए । आफ्नो कार्यकालमा जिल्लाका ८ वटै स्थानीय तहमा लालपुर्जा वितरणको काम सम्पन्न गर्ने अठोटका साथ अध्यक्ष यादव नेतृत्वको समिति सक्रियता पूर्वक लागेको छ । 

बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार थारुले वर्षौदेखी जग्गा उपभोग गर्दै आएपनि लालपुर्जा पाउन नसकेको अवस्थामा अहिले काम अगाडी बढेकाले विवाद नगरेर जानुपर्ने बताए । ‘लालपुर्जा दिन त्यति सजिलो छैन, हाम्रो वडामा कतिपय निस्सा पाउनबाट छुट्नु पनि भएको छ, उहाँहरुलाई निस्सा दिएर नापजाँचको काम गरिनेछ, विवाद नगरेर छिटो भन्दा छिटो काम गर्नुपर्छ,’ उनले भने ‘जतिसक्दो छिटो हामीले काम गर्नुपर्छ, लालपुर्जा वितरणको काम पनि वडा नम्बर ७ बाटै हुने अपेक्षा गरेको छु ।’  

बैजनाथ गाउँपालिका र वडा स्तरमा रहेका भुमि सहजीकरण समिति पनि सक्रियता पूर्वक लागेको पाइएको छ । जग्गा नापजाँचका लागि आयोग र गाउँपालिकाबाट प्राविधिक टोली परिचालन भएको छ । आवश्यकता अनुसार प्राविधिक टोली थप हुने गाउँपालिकाले जनाएको छ । 

Baijanath_Jagga Napjach Photo 41710954448.jpeg

Baijanath_Jagga Napjach Photo 51710954448.jpeg


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
गोरखामा माइक्रो दर्घटना हुँदा  ७ जनाको मृत्यु
गोरखामा माइक्रो दर्घटना हुँदा ७ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्