नेपालगन्ज : नेपालगन्जबाट काठमाडौं जादै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो ।
प्ररीका अनुसार प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको थियो । उक्त बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् । मृतकको सनाखत गर्ने काम भइरहेको बताइएको छ । दुर्घटनामा परेका २ जना भने सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् । अन्य पाँच जना मृतकको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेको नामावली :
१. जिल्ला गोरखा, गो.न.पा.–०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगन्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् ।