नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलियनपुर टोल विकास समितिले रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजित उक्त रक्तदानमा २९ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी दिएका छन् ।
‘रगतको कमीले अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने ध्ययले रक्तदान गरेका हौं, ‘पछिल्लो समय रगत अभावका बिरामीले भोग्नु परेको सास्तीलाई मध्यनजर राखी रक्तदान गरेका छौं,’ उनले भने ‘रगत अभावलाई पूर्ति गर्न ३-३ महिनामा नियमित रक्तदान गर्ने योजना अनुसार यो हाम्रो दोस्रो कार्यक्रम हो । यसअघि गत असोज २१ गते रक्तदान गरेका थियौं ।’
टोलको विकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको समितिले टोल सुधारको योजना बनाई सरसफाई अभियान, लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतीकरण, देउसीभैलोबाट संकलित रकम टोल विकासमा खर्च गर्नुका साथै सामाजिक परोपकारका कार्य गर्दै आएको समितिका सचिव मोहन पुनले जानकारी दिए । रक्तदान कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका रामभक्त लम्साल, महेश थारु, वीरेन्द्र योगी, शिव कुमार शाहीको टोली खटेको थियो ।
उक्त रक्तदान कार्यक्रममा सोविराम सुनार, भुपेन्द्र पुन, मोहन कुमार पुन, राप्रसाद सुनार, अनिसा रोकाय, दिपेश चौधरी, पुरन सुनार, अनुपम ओली, मन्दिप चौधरी, सन्तोष कुमार सुनार, कमला सुनार, प्रदीप रोकाय, रिसिब पुन, पवित्रा विक, रुद्र पुन, तारा बहादुर थापा, सोमलाल बुढाथोकी, सुसिला सुनार, खुमराज जैशी, रमेश नाथ भट्टराई, भागीराम बिएम, प्रलाद परियार, अमृतानाथ गिरी, रिता कुमारी पुन, सुस्मा विक, सिता चौधरी, ज्योती विक, प्रमिला चौधरी र पवित्रा ओलीले रक्तदान गरेका थिए ।