Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • रंगशालाको पौडी पोखरीमा न्युनतम शुल्कमै स्वीमिङ सुविधा-(फोटो फिचर)
रंगशालाको पौडी पोखरीमा न्युनतम शुल्कमै स्वीमिङ सुविधा-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, वैशाख १९, २०८१

नेपालगन्ज : गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषदको पौडी पोखरीमा चहल–पहल बढेको छ । विशेषगरी बिदाको दिन यहाँ धेरै भिडभाड हुन्छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा २०७५ सालमा पौडी पोखरी निर्माण गरिएको थियो । उक्त प्रतियोगिता सञ्चालनका क्रममा खेलाडीलाई प्रतिस्पर्धा गराउनका लागि बनाइएको पोखरीलाई अहिले ब्यवसायिक रुपले सञ्चालन गर्न थालिएको हो । 

राष्ट्रिय खेलकुद परिषदले पौडी खेल्नका लागि सर्बसाधारण नागरिकलाई (स्वीमिङ कस्टम) बाहेक प्रतिब्यक्ति २ सय रुपैयाँ, राष्ट्रिय खेलाडीलाई एक सय रुपैयाँ तथा सामुहिक रुपमा आउने बिद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको छ । यस्तै अन्तर्राष्ट्रिय खेलाडीबाट भने शुल्क लिइदैन । 

गर्मी छल्नका लागि रंगशालामा अचेल दैनिक रुपमा करिव १ सय ५० जनाको हाराहारीमा पौडी खेल्न आउने गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । हरेक दिन बिहान ८ बजेदेखी बेलुका ७ बजेसम्म पौडी पोखरी सञ्चालन भइरहेको उनले बताए ।

Ranga-Shala-Swiming-Photo-4-1714537031.jpeg
चालु सिजनका लागि गत चैत महिनाबाट पौडी पोखरी नियमित रुपमा सञ्चालन भएको चन्दले सुनाए । पौडी खेल्नका लागि विभिन्न बिद्यालयका बिद्यार्थीहरु भने निश्चित तालिका अनुसार आउने गरेको उनले बताए । बिद्यार्थीलाई पौडी खेलाउन केही बिद्यालयले सम्झौता गरेका छन्, भने कतिपयले सम्झौता गर्ने क्रममा छन् । सरकारी पौडी पोखरी भएकाले होटलमा जस्तो यहाँ सर्बसाधारणले महंगो शुल्क तिर्नु पर्दैन ।

पौडी पोखरीमा जडिट उपकरणले नियमित रुपमा पानी शुद्धिकरण गर्ने गरेको कार्यालय प्रमुख चन्दले बताए । ‘हामी कहाँ पानी फिल्टर गर्ने उपकरण जडित छन्,  पौडी पोखरी सञ्चालन गर्नका लागि २ जना प्रशिक्षकसहित ४ जना कर्मचारीलाई खटाएको छौं,’ चन्दले भने ‘पौडी पोखरी सञ्चालनमा खटिएका कर्मचारीलाई हामीले आन्तरिक स्रोतबाट तलब खुवाउँछौं ।’ 

अन्तर्राष्ट्रिय मापदण्डमा बनेकौ पौडी पोखरीमा सस्तो शुल्कमा पौडी खेल्न पाइने भएकाले टाढा-टाढाबाट पनि सर्बसाधारण आउने गरेको कार्यालयले जनाएको छ । पौडी खेल्न नेपालगन्ज रंगशाला पुगेका बाँके, फत्तेपुरका प्रदिप पौडेलले अन्यत्र भन्दा एकदमै सस्तो शुल्कमा राष्ट्रिय खेलकुद परिषदले पौडी खेल्ने सुविधा दिएको बताए । 

‘म यहाँ पौडी खेल्न आएको २/३ पटक भईसक्यो, शुल्क नै सस्तो छ,’ उनले भने ‘अन्यत्र होटलमा एक जनाको मात्रै ६/७ सय जति खर्च हुन्छ, यहाँ त स्वीमिङ कस्टम सहित ३ यस रुपैयाँ मात्रै पर्दो रहेछ,’ उनले भने । पौडी पोखरीको पानी सफा रहेको र फिल्टर हुने गरेको पौडेलले सुनाए ।

Ranga-Shala-Swiming-Photo-4-1714537031.jpeg

Ranga-Shala-Swiming-Photo-5-1714537033.jpeg

Ranga-Shala-Swiming-Photo-3-1714537034.jpeg

Ranga-Shala-Swiming-Photo-2-1714537037.jpeg


प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
गोरखामा माइक्रो दर्घटना हुँदा  ७ जनाको मृत्यु
गोरखामा माइक्रो दर्घटना हुँदा ७ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्