Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • राप्ती बगरमा भारतीय नागरिकको लोभ लाग्दो तर्बुजा खेती
राप्ती बगरमा भारतीय नागरिकको लोभ लाग्दो तर्बुजा खेती
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, वैशाख २६, २०८१

नेपालगन्ज : भारत, हरियानाका ५८ वर्षिय ‘जिरिफ’ मेहेनतमा विश्वास गर्ने किसान हुन् । सधैं आफ्नै देशमा खेती गर्ने उनी यसपटक भने नेपालमा आएर आफ्नो सिप प्रद्र्धशन गरिरहेका छन् । बाँकेको डुडुवास्थित राप्ती नदीको बगरमा अचेल उनी पसिना बगाइरहेका छन् ।

आफ्नो स-परिवारसहित आएर बगरमा बस्न थालेको करिव ६ महिना जति भएको छ । राप्ती बगरमा ‘सुन फलाउने’ परिवारको सपना साकार हुदैछ । केही समय अगाडीसम्म बालुवा मात्रै देखिने राप्ती बगरमा अहिले तर्बुजा लटरम्म फलेका छन् । ‘राप्ती नदीको बगर प्रयोगमा नआएर त्यसै खाली अवस्थामा थियो, यहाँका जग्गा धनीले तर्बुजा खेतीका लागि सहमति दिनुभयो, अनि हामीले खेती गर्यौं,’ भारतीय नागरिक जिरिफले भने ।

तर्बुजा खेती गर्नमा स्थानीय सरकारको पनि साथ रहेको उनले बताए । आफुले मात्रै करिव २५ विघा बराबरको राप्ती बगरमा तर्बुजा खेती गरेको सुनाए । तर्बुजा खेती गर्न आफ्नो परिवारका मात्रै ७ जना सदस्य भारतबाट आएको बताए । मेहेनत अनुसार तर्बुजाको उत्पादन राम्रै देखिएको जिरिफले सुनाए । जिरिफ जस्तै हरियानाबाट अन्य ७ परिवार पनि तर्बुजा खेती गर्नका लागि राप्तीको बगरमा बसेका छन् । उनीहरुले राप्ती नदीको बगरमै ८ वटा बोरिङ गाडेका छन् ।

बोरिङ पानीको मद्दतले तर्बुजा खेतीमा सिचाइँ गर्छन् । उनीहरुले दिनरात खेतीमै समय ध्यान दिन्छन्् । उनीहरु खेतमै खाना खान्छन् र खेतमै सुत्छन् । सुत्न र बस्नका लाग साना फुसका छाप्रा बनाएका छन् । भारतीय नागरिकले डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा पर्ने करिव १ हजार विघा क्षेत्रफल रहेको बगरमा तर्बुजा खेती गरेका छन् ।

भारतीयले नेपाली किसानलाई आफ्नो सिप हस्तान्तरण गर्न चाहेका छन् । नेपालगन्जका तरकारी ब्यवसायी बाबु कबाडियाले हरेक वर्ष गर्मीयाममा तर्बुजा भारतबाट खरिद गर्दै आएकोमा यसवर्ष आफ्नै ठाउँमा खेती भएकाले परनिर्भरता कम भएको बताए । ‘यसवर्ष हाम्रै ठाउँको राप्ती नदीको बगरमा तर्बुजा खेती भएको छ, भारतीय नागरिकले निकै मेहेनत गरेर अर्गानिक तर्बुजा फलाएका छन्,’ उनले भने ‘प्रयोगमा नआएको राप्तीको बगरमा मेहेनत गरेपछि सुन पनि फल्छ भन्ने उदाहरण भारतीय नागरिकले देखाएका छन् ।’ भारतीयको सिपलाई प्रयोग गरेर नेपालीले आफ्नै ठाउँमा तर्बुजा खेती गर्न सके विदेश जानुपर्ने बाध्यता हट्ने उनी बताउँछन् । 

बाँकेको राप्ती नदीमा फलेको तर्बुजाको अहिले ब्यवसायिक रुपले बिक्री सुरु भईसकेको छ । अहिले प्रतिकिलो १८ देखी २० रुपैयाँमा थोक मुल्यमा तर्बुजा बिक्री गरिरहेको उनले सुनाए । राप्ती बगरमा उत्पादित तर्बुजा नेपालगन्जसहित धनगढी, पोखरा, लमही, बुटवल, नारायणघाट लगायत बजारमा पठाउन सुरु गरिसकेको ब्यवसायी कबाडियाले बताए । ‘भारतीय नागरिकले उत्पादन गरेको तर्बुजा हामीले खरिद गरेर विभिन्न शहरमा पठाउने काम गरिरहेका छौं, कम्तिमा पनि ५ सय मेट्रिक टन उत्पादन हुने अनुमान छ,’ उनले भने । 

जिल्लामा यति धेरै क्षेत्रफलमा मुलुक बाहिरका नागरिक आएर तर्बुजा खेती गरिरहँदा नेपाल सरकारका निकाय बेखबर जस्तै भएको ब्यवसायी कबाडियाले सुनाए । ‘भारतीय नागरिक आएर गरेको तर्बुजा खेतीलाई प्रत्यक्ष अवलोकन गराएर कृषि ज्ञान केन्द्रले नेपाली किसानलाई सिकाउन सक्नुपथ्र्यो, यहाँ आएर अवलोकन गरिदिन आग्रह गर्दा पनि कृषिका कर्मचारीले मतलब गरेनन्,’ उनले भने ‘खेर गइरहेको हाम्रो देशका नदी खोला बगरलाई सदुपयोग गर्नका लागि नेपाली किसानलाई पनि सिकाउन आवश्यक छ ।’ 

राप्ती नदीले बर्षेनी बाँकेका खेतीयोग्य जमिन कटान र पटान गर्दै आएको छ । राप्तीले त्यसरी कटान गरेको जमिन बगरमा परिणत हुदै गएका छन् । बगरमा परिणत भएका जमिनलाई सदुपयोग गर्न वर्षमा सिजन भएपनि तर्बुजा लगायत बेमौसमी तरकारी खेती गर्न सकिने भारतीय किसानको सुझाव छ ।

बाँके डुडुवा वडा नम्बर ५ सिधनियाका दिनेश खटिकले ५० वर्ष अगाडी कटान भएको आफ्नो जमिन अहिले राप्तीको बगरमा रहेको बताए । कटान गरेदेखी जमिन प्रयोग गर्न नसकिएको उनले सुनाए । बगरमा परिणत भएको आफ्नो जमिनमा अहिले भारतीय नागरिक आएर तर्बुजा लगायत बेमौसमी तरकारी फलाउँदा उनी दंग परेका छन् । 

‘हाम्रो मात्रै करिव ४० विघा जमिन राप्तीको बगरमा छ, हामीले यो जमिनलाई प्रयोग गर्नै सकेका थिएनौं, भारतीय नागरिक आएर तर्बुजा फलाएर देखाउँछौं, जमिन प्रयोग गर्न दिनुस् भनेपछि निःशुल्क दियौं,’ खटिकले भने ‘अहिले तर्बुजासहित बेमौसमी तरकारी फलेको देख्दा हामीलाई पनि रहर लागेको छ, पसिना बगाउन सकेमा बालुवामा पनि सुन फल्दो रहेछ ।’ 


प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक  बुधबार, असार १८, २०८२
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण सोमबार, असार १६, २०८२
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ आइतबार, असार १५, २०८२
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत 
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत  मंगलबार, असार १०, २०८२
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने  मंगलबार, असार १०, २०८२
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित मंगलबार, असार १०, २०८२
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता 
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता  मंगलबार, असार १०, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्