नेपालगन्ज : काठमाण्डौ स्थित बी एण्ड बी अस्पतालमा कार्यरत बरिष्ठ थाइराइड, मधुमेह, हार्मोन रोग विशेषज्ञ डाक्टर दीपेन्द्र कार्की नेपालगन्ज आउने भएका छन । नेपालगन्ज नर्सिङ होमको ठिक पूर्वपट्टि रहेको हेल्थ केयर क्लिनिकमा आगामी असार ८ गते शनिबार विशेषज्ञ डाक्टर कार्की आउन लागेका हुन् ।
विशेषज्ञ डाक्टर नेपालगन्ज आएर सेवा दिने भएपछि थाईराइड, मधुमेह, हार्मोन रोग विशेषज्ञ डाक्टरसँग उपचार तथा परामर्श लिन हेल्थ केयर क्लिनिकले आग्रह गरेको छ । आगामी असार ८ गते शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विशेषज्ञ डाक्टरले सेवा दिने हुँदा सो समयमा उपचारका लागि अग्रिम नाम टिपाई आफ्नो पालो सुरक्षित गर्न हेल्थ केयरले आग्रह गरेको हो ।
विशेषज्ञ डाक्टर कार्कीले थाईराइड सम्बन्धी समस्या, यौन ईच्छामा कमी, शरीरमा हर्मोनको गडबडी तथा सुगर सम्बन्धी समस्याको जाँच एवम उपचार गर्नुका साथै बिरामीलाई आवश्यक परामर्श प्रदान गर्नेछन् । काठमाण्डौबाट विशेषज्ञ चिकित्सकलाई नेपालगन्ज बोलाएर सेवा प्रदान गरिरहेको हेल्थ केयर क्लिनिकले आफ्नो समस्याको उपचारका लागि अग्रिम नामावली टिपाउन समेत आग्रह गरेको छ ।
हेल्थ केयर क्लिनिकले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाण्डौंमा रहेका विशेषज्ञ चिकित्कसलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । नेपालगन्जको नर्सिङहोम अगाडी सञ्चालनमा आएको हेल्थ केयर क्लिनिकले विशेषज्ञ सेवा प्रदान गरिरहेको हो । जहाँ विशेषज्ञ चिकित्सकद्वारा रोगको पहिचान, निदान, उपचार र परामर्श प्रदान गरिरहेको छ ।
हरेक दिन बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म विशेषज्ञ सेवा, प्रयोगशाला तथा अत्याधुनिक प्रविधिद्वारा भिडियो एक्सरे, इकोका साथै माइनर ओटीको सेवा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बताए ।