Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १९, २०८१

बाँके(बैजनाथ) : कोहलपुर बजारबाट करिव ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा ‘सुतैया ताल’ अवस्थित छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रुपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नेहरुका लागि उत्तिकै महत्वपूर्ण पनि छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त तालमा पुगेपछि जो कोहीको मन आनन्दित हुन्छ । स्थानीयका अनुसार पानी खान आउने दुर्लभ वन्यजन्तुको यहाँ सहज रुपले आवत-जावत हुन्छ । यो ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखी निरन्तर रुपले संरक्षण, सम्वद्र्धन गरिरहेका छन् । स्थानीय ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह’ ले तालको संरक्षण, सम्वद्र्धन गर्दै आएको छ । स्थानीयका अनुसार ताल करिव ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन समुहका पूर्वअध्यक्ष महेन्द्र थारुका अनुसार एक दशक देखी स्थानीयले ताल संरक्षण गर्न सुरु गरेका हुन् । 

Sutaiya-Tal-1722658076.jpeg
‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तुहरु पानी खान आउन थालेका छन्,’ उनले भने ‘अहिले पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तुहरु देखिन थालेका छन्, यहाँ आएर वन्यजन्तु सहजै हेर्न पाइन्छ ।’ यो ताललाई स्थानीयले ‘कन्वा ताल’ भनेर पनि चिन्दछन् । ताललाई वरिपरी घना जंगलले घेरेको छ । यसले गर्दा वन्यजन्तुका लागि पानी खाने उपयुक्त स्थान बन्न पुगेको छ ।

ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटन सम्बन्धी गतिविधि गर्न सकिने प्रसस्त सम्भावना देखिन्छन् । तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोत, साधन छैन । स्रोत अभावका कारण तालमा पर्यटकीय गतिविधी बढाउन सकिएको छैन । ताल अवलोकन गर्न स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गर्छन् । तर, यहाँ पर्यटकलाई बसाउने र खुवाउने पुर्वाधार बन्न सकेको छैन । राज्यले ध्यान नदिदाँ पर्यटकीय सम्भावना बोकेको तालको सौन्दर्य नै ओझेलमा परेको स्थानीय बताउँछन् । 

स्थानीय सरकार(बैजनाथ गाउँपालिका) ले तालका लागि केही मात्रामा बजेट छुट्याउँदै आएको छ । तर, स्थानीय सरकारको बजेटले मात्र पर्याप्त नहुने स्थानीय बताउँछन् । ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐन÷कानुन पनि पर्यटकीय पुर्वाधार निर्माणमा बाधक बन्न सक्ने स्थानीयको बुझाई छ । निकुञ्जको कानूनी जटिलतालाई पन्छाएर यहाँ पर्यटकीय पुर्वाधार निर्माण गर्न सकियो भने तालबाट धेरै आम्दानी गर्न सकिने अपेक्षा गरिएको छ । 

Sutaiya-Tal-Photo-1-1722658029.jpeg
पश्चिम पर्यटन सरोकार समुहको संस्थापक अध्यक्ष रामबहादुर मल्ल सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो रहेको बताउँछन् । ‘तर यहाँ बाधक के बन्ने देखिन्छ, भने निकुञ्जको आफ्नै ऐन÷नियम छ, स्थानीय सरोकारवालाले चाहेर पनि गर्न नसक्ने स्थिती देखिन्छ, त्यो नेपाल सरकारले समन्वय गरेर यसलाई कानुन निर्माण गर्नतर्फ अलि ध्यान दियो भने यो सुतैया तालको आन्तरिक पर्यटन प्रवद्र्धन हुनेछ,’ मल्लले भने । 

तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पुर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनी बताउँछन् । सरकारले राष्ट्रिय निकुञ्जको ऐन/कानुनसँग समन्वय गर्न सक्यो भने पर्यटन क्षेत्रको सम्भावना अत्यन्तै राम्रो देखिने उनको बुझाई छ । ताललाई पर्यटनसँग जोड्न स्थानीय सरकारले केही प्रयास थालेको छ । स्थानीय सरकारले ताल संरक्षणका लागि यहाँ वरिपरी ड्याम निर्माण गरेको छ । स्थानीय सरकारले अहिले डिपिआर समेत तयार गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले डिपिआर निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरिएको बताए । ‘हामीले तालको डिपिआर तयार गरिसकेका छौं, अब संघ र प्रदेश सरकारले बजेट हालेर पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्नुपर्छ,’ उनले भने । स्थानीय सरकारसँग सिमित बजेट हुने भएकाले चाहेर पनि गर्न नसकिने अवस्था रहेको अध्यक्ष शाही बताउँछन् । ताल मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जका कानुनलाई फुकाएर पुर्वाधार निर्माण गर्नुपर्ने उनको भनाई छ । 

Sutaiya-Tal-Photo-4-1722658030.jpeg
 


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्