Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • खजुराको राधापुरमा भेटिए क्यान्सरका १४ जना शंकास्पद विरामी
खजुराको राधापुरमा भेटिए क्यान्सरका १४ जना शंकास्पद विरामी राधापुरमा नि:शुल्क स्वास्थ्य शिविर
विजय मल्ल
विजय मल्ल शुक्रबार, फागुन २३, २०८१

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका १४ जनामा पाठेघर सम्बन्धि क्यान्सरको शंकास्पद विरामी भेटिएका छन् । खजुरा गाउँपालिकाले शुक्रबार वडा नम्बर-१ राधापुर स्वास्थ्य चौकीमा गरेको स्त्रीरोग विशेषज्ञ चिकित्सक सहित बृहत् स्वास्थ्य शिविरमा उनीहरु भेटिएका हुन् ।

भेरी अस्पताल नेपालगन्जकी वरीष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली र प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डाक्टर अनिस रुचाललगायत स्वास्थ्य शाखा र राधापुर स्वास्थ्य चौकीबाट खटेको टिमले स्वास्थ्य परीक्षण गरेको थियो । राधापुर स्वास्थ्य चौकीमा गरिएको बृहत स्वास्थ्य शिवरमा सेवा लिन आएका महिलाको पाठेघरको मुखको क्यान्सरको शंकास्पद (भिआईए) परीक्षण गर्दा १४ जना महिलामा उक्त समस्या भेटिदाँ ५८ जनामा नेगेटिभ पाइएको खजुरा गाउँपालिकाको स्वास्थ तथा सामाजिक विकाश शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन् ।

क्यान्सरको शंकास्पद विरामी भेटिएपछी ती महिलाहरुलाई भेरी अस्पताल नेपालगन्जकी वरीष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर उर्मिला पराजुलीले आवश्यक परामर्शसंग थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको स्वास्थ्य तथा सामाजिक विकाश शाखा प्रमुख लक्ष्मीले बताईन् । निःशुल्क स्वास्थ्य शिविरमा नसर्ने रोग पहिचान गर्नुका साथै निःशुल्क औषधि बितरण गरिएको थियो । जहाँ राधापुरका १२० जना सर्वसाधरणले स्वास्थ्य जाँचसंगै औषधी र परामर्श पाएका थिए ।

यस्तै शिविरमा उच्च रक्तचाप (एचटीएन)-८ जना, मधुमेह (डीएम)-३० जना, स्वासप्रस्वास सम्बन्धि समस्या(सीओपीडी)-२, मृगौला सम्बन्धी समस्या-५ जना, मुत्रनली संक्रमण सम्बन्धी-६ जना लगायतका समस्याहरु पहिचान भएकाछन् । स्वास्थ्य शिविर अघि गरिएको उद्घाटन शत्रमा बोल्दै भेरी अस्पताल नेपालगन्जकी स्त्रीरोग विशेषज्ञ डाक्टर उर्मीला पराजुलीले अहिले पनि अधिकांश महिला लाज, डरका कारण स्वास्थ्य परीक्षण गराउन नमान्ने गरेको बताईन् ।

पाठेघरको मुखको जाँच गर्नु कुनै ठूलो कुरा होइन, एकैछिनको जाँचमा पत्ता लाग्छ’ उनले भनिन् ‘कसैलाई समस्या देखियो भने डराउनु पर्दैन, समयमै यसको पहिचान गरि समस्या देखियो भने उपचार गर्नसकिन्छ ।’ ‘सरसफाईलाई विशेष ध्यायन दियो भने यो समस्या हुँदैन तर, समय-समयमा पाठेघर र स्तनको परीक्षण गराउनुपर्छ । यसका लागि खजुरा अस्पतालमा गएर सेवा लिन सकिन्छ’ डाक्टर पराजुलीले समस्या भेटिएकाहरुलाई भेरी अस्पतालमा आएर थप उपचार लिन आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

यस्तै खजुरा गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष मनवीर क्षेत्रीले जनाताको मर्मलाई बुझेर वडा र गाउँपालिकाले जनताकै घरदैलोमा पुगी स्वास्थ्य सेवा प्रदान गर्न यो शिविर आयोजना गरिएको बताए । आफू निर्वाचित भएदेखि नै जनताको सर्वोत्तम हितलाई मध्यनजर गरि काम गर्दै आएको बताउँदै वडाअध्यक्षले यो शिविर भब्यरुपमा सम्पन्न गर्न वडाका १३ जना स्वयसेविका र १४ जना चौकीदारलाई खटाएको बताए । उनले स्वास्थ्य सेवा लिइरहेका आमनागरिकमा कुनै जटिल समस्या देखिएको खण्डमा त्यसको थप उपचारका लागि वडा कार्यालय र गाउँपालिकाले आवश्यक पहल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ खजुरा गाउँपालिकाले स्त्री रोग विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर गरेको हो । सोक्रममा सेवा लिन आएका सर्वसाधरणलाई नसर्ने रोग सम्बन्धि स्क्रिनिङ गरिनुका साथै औषधी समेत वितरण गरिएको थियो ।कार्यक्रमको अध्यक्षता वडा नम्बर-१ का अध्यक्ष मनवीर क्षेत्रीले गरेका थिए भने निःशुल्क स्वास्थ्य शिविर सम्बन्धिको उद्देश्यमाथि प्रकाश स्वास्थ्य तथा सामाजिक विकाश शाखा प्रमुख लक्ष्मी केसी ओलीले गरेकी थिइन् ।

सो शिविरमा भेरी अस्पताल नेपालगन्जकी बरिस्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली, प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डाक्टर अनिस रुचाल, कार्यपालिका सदस्य विष्णु सुनारलगायत स्वास्थ्य शाखा र राधापुर स्वास्थ्य चौकीका कर्मचारीहरुको उपस्थिती रहेको शाखा प्रमुखमा लक्ष्मीले बताइन् । खजुरा गाउँपालिकाले नसर्ने रोगहरुको पहिचानको लागि एक महिने अभियान सञ्चालन गरिरहेको छ ।

फाल्गुनको महिना जनचेतनामुलक क्रियाकलाप तथा स्क्रिनिङको महिनाको रुपमा मनाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन । यसका लागि पालिकाका विभिन्न विद्यालयहरुहमा विद्यार्थी लक्षित सचेतनामुलक कार्यक्रम गरिनेछ ।

 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्