काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मिश्रासहित १४ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, जनस्वास्थ्य अधिकृत दिपक अधिकारी छन्।
त्यस्तै, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलक राम ढकाल, विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, पध्मा मिश्र, जनस्वास्थ्य निरिक्षक संजयकुमार साह, म्याक्सिम ईन्कर्पेरिशन ट्रेडस प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरूद्ध मुद्दा दायर गरिएको हो।
मिश्रासहित १४ जनाले स्वास्थ्य सेवा विभागको म्यानोग्राफी मेसिन खरिद प्रक्रियामा १४ करोड ६ लाख ८५ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। मिश्रसहित १४ जनालाई भ्रष्टाचार गरे वापतको रकम विगो कायम गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।