राप्ती सोनारी : नेपाली काँग्रेसका नेता तथा नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुका पिता स्वर्गीय चुकलाल थारुको निधनमा नेपाल किसान महासंघ बाँकेले शोकसभा गरेकोछ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ खैरेनी स्थित लाहुरामको घरमा बुधबार महासंघले शोक सभा आयोजना गरेको हो ।
नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष टेक बहादुर खड्काको अध्यक्षतामा भएको शोकसभामा नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पूर्व उपसभापति सुनिल राणा, काँग्रेस क्षेत्र नम्बर–१ सभापति पोषण केसी, महासंघ केन्द्रिय सदस्य प्रेम खरेल, महासंघ लुम्बिनी प्रदेश महासचिव महेन्द्र मल्ल, महासंघ बाँके उपाध्यक्ष अस्मिता शाह, नेपाल टे«ेड युनियन काँग्रेस बाँकेका कार्यबहाक अध्यक्ष तोजिन्द्र विक, किसान महासंघ क्षेत्र नम्बर–२ का क्षेत्रीय अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, महासंघ नेपालगन्जका अध्यक्ष लोकबहादुर शाह, महासंघ खजुरा अध्यक्ष मनबीर क्षेत्री, महासंघ जानकीका बोधीलाल न्यौपाने लगायत पार्टीका नेता, कार्यकर्ता, महासंघका जिल्ला, क्षेत्र तथा पालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष टेक बहादुर खड्काको अध्यक्षतामा भएको शोकसभामा स्वर्गीय चुकलाल थारुको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै परिवारजनमा समवेदना ब्यक्त गरिएको थियो ।
सोक्रममा नेपाल किसान महासंघ केन्द्रिय समिति, महासंघ लुम्बिनी प्रदेश, महासंघ बाँके शाखा, महासंघ क्षेत्र नम्बर–२, महासंघ खजुरा तथा जानकीले फोटो फ्रेम समेत प्रदान गरेका थिए ।
राप्ती सोनारी गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत रहेका लाहुरामका पीता स्वर्गीय चुकलाल थारुको २०८२ मंसिर ११ गते बिहान ४ बजे निधन भएको थियो । वि.सं. १९९३ मा जन्मिएका ८९ वर्षीय स्वर्गीय चुकलाल क्यान्सरबाट जुधिरहेका थिए । उनको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पञ्चायतकालमा साविक बैजापुर गाँउ विकास समितिका वडा सदस्य समेत रहेका चुकलाल राप्तीसोनारी–३ भवनियापुर स्थित सरस्वती माबिका संस्थापक सदस्य हुन् ।