नेपालगन्ज : आसन्न प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका दर्जनौं नेताहरु आकांक्षी देखिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् । नेपाली कांग्रेसले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ ।
नेपाली कांग्रेस बाँकेले बुधबार बेलुकासम्म प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ कार्यसमिति बाट आएका प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकांक्षी नेता र नेतृहरुको नाम लुम्बिनी प्रदेश कार्यसमिति समक्ष सिफारिस गरेर पठाईसकेको छ, भने क्षेत्र नम्बर ३ को नाम बिहीबार(आज) पठाउने तयारी गरेको छ । यद्यपी, प्रतिनिधि सभा क्षेत्र नम्बर ३ कार्यसमितिले आकांक्षीको नाम भने टुंग्याईसकेको छ । जिल्ला कार्यसमितिले क्षेत्रबाट आएका नाममा केही संशोधन र केहीको नाम थपेर पठाएको कांग्रेस बाँकेका कार्यालय सचिव अमृत कुमार आचार्यले बताए ।
उनका अनुसार क्षेत्र नम्बर १ बाट सिफारिस भएर आएका र जिल्लाले थप गरेका आकांक्षीहरु मध्ये जिल्ला कार्यसमितिले क्रमशः बाँके सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्णबहादुर कार्की, हुर्मत न्यौपाने, ज्ञानु केसी, माधवराम खत्री, रामबहादुर मल्ल, चुडामणि कडँले, पोषणराज केसी, मिना सिग्देल र रामकुमार राँढको नाम सिफारिस गरेर प्रदेश कार्यसमितिमा पठाएको छ ।
यस्तै उक्त क्षेत्रबाट सिफारिस भएर आएका प्रतिनिधि सभाको समानुपातिकतर्फ अञ्जना पाण्डे, द्रोपती बस्नेत, तेजकुमारी भण्डारी ओली, कृष्णबहादुर पुन मगर, जागेश्वरप्रसाद चौधरी, गुलाम मोहम्मद मिर्जा र दिपनारायण बर्माको नाम सिफारिस गरेर पठाइएको छ । यसैगरी राष्ट्रिय सभाका लागि सोही क्षेत्रबाट सिफारिस भएर आएका बलराम शर्मा, लुटबहादुर खत्री र रामचन्द्र मौर्यको नाम पनि पठाइएको छ ।
यस्तै क्षेत्र नम्बर २ कार्यसमितिबाट सिफारिस भएर आएका र जिल्लाले थप गरेका आकांक्षीहरु मध्ये क्रमशः पुर्वमन्त्री एवम् पुर्वजिल्ला सभापति गजेन्द्रबहादुर हमाल, सुधान्सु कोइराला, रमेशकुमार गुप्ता, सुदिप नरसिंह राणा, मोहम्मद याकुव अन्सारी र लिलावती यादवको नाम लुम्बिनी प्रदेश कार्यसमिति समक्ष पठाइएको छ ।
उक्त क्षेत्रबाट प्रतिनिधि सभा समानुपातिकतर्फ पार्टी केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निजामुद्धिन अन्सारी, भारती जोशी, उमा थापा, हेमन्त कर्माचार्य, रबिन्द्रमान श्रेष्ठ, निजामुद्धिन सिद्धिकी, कमला भट्ट, अनिलकमुार श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, सावरा बेगम मनियार, उमा ग्राण्डन, रामकुमार बैश्य, लोकनाथ काफ्ले, त्रिलोकी गिरी र डम्बरबहादुर गोल्ड स्मितको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट राष्ट्रिय सभाका लागि अमृतकुमार आचार्य, पुष्पा शुक्ला, मेराज अहमद हल्वाई, सिता काफ्ले, नारायणी रुपाखेती, बन्दना सिंह, धु्रबप्रसाद दाहाल, बालकृष्ण सुवेदी र कृष्णमान श्रेष्ठको नाम पठाइएको कार्यालय सचिव आचार्यले बताए ।
कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर ३ कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ क्रमशः पार्टीका केन्द्रिय सह-महामन्त्री किशोर सिंह राठौर, आशा बि.क, मेघराज ओली, महेन्द्र मल्ल ठकुरी, टेकबहादुर खड्का, लक्ष्मीनारायण शाह, देबबहादुर खत्री र कृष्ण बिक रसाईलीको नाम टुंग्याएको छ ।
क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ दुखिराम लोहनी, सकिल खाँ, झुपकली मगर, उमाकुमारी थापा, भावना चौधरी, अमृता नेपाल, रमेश सिंजाली, कमला हमाल, पुष्पा सुनार, गगन बि.क, कपिलदेव शर्मा, दयाराम यादव, भिमबहादुर बि.क को नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका लागि जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरि प्रसाद ढुंगाना र शेर बहादुर गुरूङको नाम सिफारिस भएको छ ।