Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित गर्ने सर्बपक्षिय सहमती
मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित गर्ने सर्बपक्षिय सहमती
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, माघ ५, २०८२

नेपालगन्ज : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा मंगलबार (भोलि) हुन लागेको उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित गर्ने सर्वपक्षिय सहमती भएको छ । निर्वाचनका लागि मंगलबार देशभर एकैसाथ मनोनयन दर्ता गरिदैछ । निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने समय दिएको छ । 

उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित ढंगले सम्पन्न गर्न बाँकेमा रहेका राजनीतिक दल तथा उम्मेदवारहरु सहमत भएका हुन् । निर्वाचन सम्पन्न गर्नका लागि क्षेत्र नम्बर २ को नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । यस्तै क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिका कार्यालय अगैया र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम थालिएको छ । 

बाँकेमा पनि तीन वटै कार्यालयमा मंगलबार बिहान १० बजेदेखी ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न पाउनेछन् । बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले तीन वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र ब्यवस्थित गर्न सर्वपक्षिय सहमती भएको बताए । उम्मेदवारहरु मनोनयन दर्ता गर्न आउँदा निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न उनले सबैले आग्रह गरेका छन् । 

2-Photo-Nirbachan-Chhalfal-1768843909.jpg
‘म न्यायाधिस पनि हुँ, अहिले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा छु, मैले आफ्नो भूमिका निर्वाह गर्दाखेरी यहाँहरुको साझा ब्यक्ती छु,’ उनले भने, ‘हामीबाट बद्नियत पूर्वक वा पुर्वाग्रही रुपमा कुनै काम हुनेछैन ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले बिहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गराउन आउने गरी समय मागेका छन् । सबै उम्मेदवारलाई आधा घण्टाको फरकमा समय उपलब्ध गराइएको छ । कार्यालयभित्र मनोनयन दर्ता गराउन आउँदा एक जना उम्मेदवारसँग बढीमा ६ जना ब्यक्ती मात्र प्रवेश गर्न पाउनेछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर भित्र बाजागाजा बजाउन र हो–हल्ला गर्न पाइनेछैन । यस्तै क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय अगैयामा पनि मंगलबार सर्बपक्षिय छलफल गरेर मनोनयन दर्ता गर्न आउँदा आचार संहिता पूर्ण रुपले पालना गर्ने सहमती भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले मंगलबार बिहान ११ बजेदेखी ४ बजेभित्र मनोनयन दर्ताका लागि उम्मेदवारहरु कार्यालयमा आउने कुराको जानकारी कार्यालयलाई गराएको बताए । ‘मनोनयन दर्ता गर्ने क्रममा बढीमा २५ जना मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने, उम्मेदवारहरुले बाजा गाजा नबजाउने जस्ता आचार संहिता पालना गर्ने सहमती भएको छ,’ उनले भने । 

यसैगरी निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले उम्मेदवारसहित प्रस्तावक र समर्थक बाहेक अन्य ब्यक्तीहरु कार्यालयमा आउन नपाउने र उम्मेदवारले तडक-भडक नगर्ने सहमती सर्वपक्षिय बैठकमा भएको जानकारी दिए । ‘मनोनयन दर्ताका लागि उम्मेदवारहरुलाई आधा–आधा घण्टाको फरकमा समय दिएका छौं, बिहान १० बजेदेखी ५ बजेभित्र उहाँहरु आएर मनोनयन दर्ता गर्न सक्नु हुनेछ,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी प्रतिनिधि सभा निर्वाचनका लागि आउन सक्ने सुरक्षा चुनौतीलाई विश्लेषण गरेर आवश्यक रणनीति बनाइएको बताएका छन् । ‘निर्वाचनमा चार वटै सुरक्षा निकायसँगै निर्वाचन प्रहरी परिचालन हुनेछन्, हामी दृढ विश्वासका साथ निर्वाचनको सुरक्षामा होमिएका छौं,’ उनले भने । उम्मेदवार, मतादाता र निर्वाचनमा खटिने कर्मचारीलाई भरपर्दो रुपमा सुरक्षा प्रदान गरिने प्रजिअ तामाङले बताएका छन् । 

Sahavagi-1768843911.jpg

Sahavagi-2-1768843910.jpg


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २३:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्