Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘अमरसिंह पुन जस्तो इमान्दार र नैतिकवान मान्छेलाई कांग्रेसले बाँकेमा उम्मेदवार बनाएको छ’ : राठौंर
‘अमरसिंह पुन जस्तो इमान्दार र नैतिकवान मान्छेलाई कांग्रेसले बाँकेमा उम्मेदवार बनाएको छ’ : राठौंर
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ ७, २०८२

बाँके (खजुरा) : नेपाली कांग्रेसका नेता किशोरसिंह राठौंरले बाँकेको क्षेत्र नम्बर ३ मा कांग्रेस पार्टीले इमान्दार र नैतिकवान मान्छेलाई उम्मेदवार बनाएको बताएका छन् । बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत खजुरामा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अमरसिंह पुन जस्तो इमान्दार र नैतिकवान मान्छेलाई कांग्रेस पार्टीले उम्मेदवार बनाएको छ, जसरी हिजो मलाई यहाँका जनताले जिताउनु भयो, तपाईको भरोसामा अमरसिंह पुन जी चुनाव लड्दै हुनुहुन्छ ।’  

राष्ट्रिय राजनीति गर्नेका लागि बाहिर-भित्र भनेर अर्थ नहुने नेपाली कांग्रेसका निर्वतमान सहमहामन्त्री राठौंरले बताए । ‘राजनीतिमा नेताहरु परिस्थिती अनुसार जहाँबाट पनि चुनाव लड्नुपर्ने हुन्छ, हिजोका दिनमा मलाई बाहिरको उम्मेदवार भनेर आरोप लगाइयो, बाँके क्षेत्र नम्बर ३ का जनताले मलाई यो क्षेत्रबाट चुनाव जिताउनु भएको गुणलाई मैले कहिल्यै बिर्सने छैन, यसपटक म बर्दियाबाट चुनाव लड्दैछु, यस क्षेत्रमा कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन यसपटक लड्दै हुनुहुन्छ, उहाँलाई पनि भोट दिएर जिताउन म सबैलाई आग्रह गर्छु,’ उनले भने । नेता राठौंरले राजनीति सधैं सरल नहुने पनि बताए ।

राजनीति गर्नेहरु सबै परिस्थितीका लागि तयार हुनुपर्ने धारणा राखे । देश र ब्यवस्था बचाउनका लागि आगामी फागुन २१ मा हुन लागेको चुनावमा जानुपर्ने स्थिती रहेको उनले प्रष्ट्याए । कांग्रेसले हार्यो भने देश नै नरहने उनले चेतावनी दिदै भने, ‘मुलुकको अहिले जुन परिस्थिती छ, देश संकटमा छ, यस्तो बेलामा निर्वाचन भईरहेको छ, देश रहेन भने राजनीति केही हुदैन, हाम्रो लागि देश प्रमुख हो, हामी राजनीति गर्ने मान्छेको लागि देश प्रमुख हो, हामीले राजनीति देश र जनताको लागि गरेको हो ।’ 

उनले अगाडी थपे, ‘कांग्रेसले हार्यो भने यो ब्यवस्था रहदैन, त्यसका लागि कांग्रेस जिताउन जरुरी छ, नत्र यो देश युक्रेन र सिरिया जस्तो बन्नेछ ।’ राजनीतिमा सबैको पालो आउने बताउँदै उनले अस्थिर राजनीति गर्ने मान्छे राजनीतिमा धेरै समय टिक्न नसक्ने ठोकुवा गरे । ‘राजनीति ब्यापार ब्यवसाय गरेको जस्तो हुदैन, राजनीति दिनका लागि गर्ने हो,’ राठौंरले भने । राजनीतिलाई सेवाको रुपमा हेर्न नसकेका कारण नेपालका राजनीतिक पार्टीहरु बद्नाम मात्र नभएर ७० वर्ष लगाएर ल्याएको ब्यवस्था नै अप्ठ्यारो अवस्थामा रहेको भन्दै राठौंरले चिन्ता ब्यक्त गरे । 

आफु २०७९ को प्रतिनिधि सभाको सांसद भएर बाँकेको क्षेत्र नम्बर ३ मा धेरै विकासका कामहरु गरेको र राजनीतिक अस्थिरताले गर्दा कतिपय कामहरु चाहेर पनि पुरा गर्न नसकेको उनको भनाई छ । ‘जसरी मलाई विश्वास गर्नु भयो, त्यो विश्वासलाई कायम राख्नु हुनेछ,’ कांग्रेसका निर्वतमान सहमहामन्त्री राठौंरले भने । पार्टीले उठाएको उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्तालाई निर्देशन दिदै उनले कसैले घात गरेमा पार्टीले कारबाही गर्ने चेतावनी दिए । पार्टीमा लागेर घात–अन्तरघात गर्नेहरु पार्टी छाडेर जानु नै बेस हुने उनको भनाई छ । 

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त भेलामा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, कांग्रेसका समानुपातिक उम्मेदवार दुःखीराम लोनियासहित विभिन्न तहमा रहेका नेताहरु लगायतले आफ्नो सुझाव तथा धारणा राखेका थिए । 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्