बाँके(बैजनाथ) : चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिता-२०८२ को उपाधी हिमालय बिद्या निकेतन बैजनाथ-५ ले हात पारेको छ । गतवर्षको विजेता प्रभात मावि बैजनाथ-५ जिगाउँले यसपटक द्धितिय स्थानमा चित्त बुझाएको छ ।
हिमालयले १८ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित प्रथम स्थान हात पार्यो । यस्तै द्धितिय स्थानमा चित्त बुझाएको प्रभात माध्यामिक बिद्यालयले १३ स्वर्ण, १० रजत र ६ कास्य पदक हात पारेको छ, भने तृर्तिय स्थानमा आएको बागेश्वरी माध्यामिक बिद्यालयले ४ स्वर्ण १ रजत र ४ कास्य पदक हात पर्यो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृर्तिय हुने टिमले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ६ स्थित खेल मैदानमा बिहीबार आयोजित प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय लगायत अतिथीहरुले पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरे ।
यस्तै प्रतियोगितामा आधारभुत बिद्यालयतर्फ नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बैजनाथ-६ ओरिलालपुर प्रथम भएको छ । गतवर्ष पनि नेरा मावि ओरिलालपुरले आधारभुत तहतर्फको उपाधी हात पारेको थियो । प्रतियोगितामा आधारभुत तहतर्फ हिमालय मावि बैजनाथ-५ जिगाउँ द्धितिय र नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बैजनाथ-३ नौवस्ता तृर्तिय भएका छन् ।
आधारभुत बिद्यालयतर्फ प्रथम, द्धितिय र तृर्तिय हुने बिद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा मार्चपासतर्फ सरस्वती ईंगलिस मिडियम स्कुल बैजनाथ-६ प्रथम, सम्झना एलिट बैजनाथ-६ द्धितिय र ईश्वरी माध्यामिक बिद्यालय बैजनाथ-६ एचगाउँ तृर्तिय भएका छन् ।

प्रतियोगितामा माध्यामिक तहतर्फ छात्रा/छात्रा मार्सलआट (तेक्वान्दो र कराते), भलिबल, ४×४०० मिटर रिले दौड, ४×१०० रिले दौड, कबड्डी, एथलेटिक्क्स्तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, ज्याब्लिङ थ्रो, त्रिपल जम्प खेल समावेश गरिएको थियो ।
यस्तै आधारभुत तहमा १ सय मिटर दौड, ४×१०० रिले दौड, लङजम्प खेल समावेश गरिएको थियो ।प्रतियोगितामा घोषित उत्कृष्ट मावि र आधारभुत बिद्यालयका शिक्षकलाई जनही १० हजारका दरले पुरस्कृत गरियो । यस्तै छात्र र छात्राको विभिन्न चार वटा बिधा (मार्सलाट, कबड्डी, भलिबल र एथलेटिक्स)का उत्कृष्ट खेलाडीलाई पनि १०/१० हजारका दरले पुरस्कृत गरियो ।
प्रतियोगिताको समापन समारोहमा विजेता खेलाडीलाई नेपाली कांग्रेस प्रदेश सभाका सभापति केशव शाह, कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति भिमबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका बैजनाथ गाउँपालिका अध्यक्ष जय बहादुर बिक, एमालेका नेता एवम् पुर्बवडाअध्यक्ष भद्र बहादुर बस्नेत, बैजनाथ गाउँपालिका शिक्षा शाखाका निमित्त प्रमुख शोभा ढकाल, प्रहरी चौकी सम्झना बजारका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक धन बहादुर थापा, नेपाल रेडक्रस सोसाईटी उपशाखा बैजनाथका सचिव राजाराम शर्मा, नेपाल शिक्षक संघ बैजनाथका अध्यक्ष शेरबहादुर रानाक्षेत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन बैजनाथका अध्यक्ष हिक्मत बिसी, न्यु जर्नी युवा क्लबका अध्यक्ष एवम् शिक्षक श्याम ओली, बिभिन्न बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक लगायतले पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने विभिन्न ब्यक्ती तथा संस्थालाई सम्मान गरिएको थियो ।
प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बिद्यार्थीलाई आफ्नो प्रतिभाको उजागर गर्न खेलकुद प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिताले बिद्यार्थीलाई उत्साह जगाएको अध्यक्ष शाहीको भनाई छ । ‘बिद्यालयले आफ्नो प्रतिभालाई उजागर गर्नु भएको छ, बिद्यार्थी भाईबहिनीलाई खेलले प्रतिभाको पहिचान गराउने माध्यम बनेको छ,’ उनले भने ।
प्रतियोगिता समापन गर्दै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले खेलकुद प्रतियोगिताको माध्यमबाट बिद्यार्थीहरुले आफ्नो प्रतिभालाई बाहिर ल्याउन पाउने बताइन् । प्रतियोगिता समापन कार्यक्रम सञ्चालन गाउँपालिका शिक्षा शाखाका लालबहादुर बोहराले गरेका थिए ।


सम्बन्धित समाचार पढ्नुस् :
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर)
चौथो उप-प्रमुख कप खेलकुद प्रतियोगिताको सबै तयारी पूरा
चौथो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको तयारी तीब्र