Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ १४, २०८२

नेपालगन्ज : नेपालगन्जस्थित ऐतिहासिक पुस्तकालय महेन्द्र पुस्तकालयले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच प्रत्यक्ष चुनावी बहस कार्यक्रम आयोजना गर्ने भएको छ । पुस्तकालयलाई ज्ञान आर्जनको केन्द्रका साथै विविध विषयमा बौद्धिक विमर्शको थलो बनाउने उदेश्यले नियमित रुपमा विमर्शको कार्यक्रम गर्न लागिएको र त्यसको सुरुवात आसन्न निर्वाचनका उम्मेदवारहरुसँग बहस कार्यक्रमबाट गर्न लागिएको पुस्तकालयका सचिव सतिश निरौलाले जानकारी दिए ।

आगामी हप्ता आयोजना हुने उक्त कार्यक्रमले मतदातालाई उम्मेदवारहरूको नीति, दृष्टिकोण र प्रतिबद्धताबारे स्पष्ट जानकारी गराउने अपेक्षा गरिएको पनि निरौलाले बताएका छन् । कार्यक्रमका लागि लेखक तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजंग पिटरको संयोजकत्वमा उपसमिति गठन गरी तयारी अघि बढाइएको निरौलाले बताए । समितिका संयोजक पिटरका अनुसार बाँकेका तीनवटा क्षेत्रका उम्मेदवारहरुसँग विमर्शको कार्यक्रम अलग अलग मितिमा गर्नेगरी तयारी भइरहेको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबाट उनीहरुको उम्मेदवारीको औचित्यका साथै महत्वपूर्ण एक दर्जनबढी सवालमा धारणा र उनीहरुले गरेको तयारीको फहरिस्त मागिनेछ । राष्ट्रिय तथा स्थानीय मुद्दामा केन्द्रित हुने बहस स्थानीय समस्याको समाधानमा संघीय साँसदको भूमिकादेखि विकास तथा पूर्वाधार, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य र रोजगारी, महिला तथा अल्पसंख्यक अधिकार र वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित रहने उनले बताए ।

पुस्तकालयमार्फत सार्वजनिक चासोका विषयमा स्वस्थ बहस संस्कृतिको विकास गर्ने प्रयासस्वरुप कार्यक्रम गर्न लागिएको बताउँदै पिटरले उम्मेदवारहरूसँगको बहसले उनीहरुका विचारहरूको तुलनात्मक विश्लेषण गर्न, मतदाताहरूलाई सूचित निर्णय लिन र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी भइ उम्मेदवारहरुसँग आफ्‌ना चासो र जिज्ञासाहरु राख्न पुस्तकालयले सबैलाई आग्रह गरेको छ ।

 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद मंगलबार, फागुन २६, २०८२
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत मंगलबार, फागुन २६, २०८२
दाङमा साढे १० हजार बढी मत बदर
दाङमा साढे १० हजार बढी मत बदर सोमबार, फागुन २५, २०८२
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित  शनिबार, फागुन २३, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्