Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति
भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ २२, २०८२

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालको नयाँ भवनको भुईतलामा अर्थोपेडिक  वार्डको छेउमै ‘१ नम्बर क्याविन’ रहेको छ । यही क्याविनमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट कस्लाई जिताउने र कस्लाई हराउने भनेर केहीदिन देखी रणनीतिक योजना बनिरहेको छ । यस्तो योजना बनाउने शक्तिशाली ब्यक्ति को होला ? 

भेरी अस्पतालको रेडर्क अनुसार उक्त क्याविनमा एक हप्ताभन्दा बढी समयदेखी डेरा जमाएर बसेका एमाले नेता एवम् चर्चित कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र नै हुन् । एमालेका पुर्वकेन्द्रिय सदस्य मिश्रकै निर्देशनबाट बाँके क्षेत्र नम्बर २ मा चुनावी रणनीति बनिरहेको छ ।

बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मिश्रलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो । तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका छन् । पछिल्लो समय यही माघ १४ गते उनी ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्र्तगतको १ नम्बर क्याविनमा बस्न थालेका हुन् । 

सामान्यतया कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिन भित्र उसको स्वास्थ्य अवस्था अनुसार औषधी चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ । त्यसपछि बिरामीलाई डिस्चार्ज गरिन्छ । तर, अस्पताल स्रोत भन्छ, ‘एक हप्ताभन्दा बढी समयसम्म अस्पतालमा भर्ना गर्नकै लागि मिश्रको स्वास्थ्यमा कुनै ठुलो समस्या छैन ।’ 

सरकारी अस्पतालको क्याविन प्रयोग गरेर आरामदायी रुपले मिश्रले समय मात्र गुजारिराखेका छैनन्, आउँदो चुनावमा आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउने र प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हराउने भन्ने सम्मको रणनीति बनाउन ब्यस्त देखिन्छन् । अभियुक्त मिश्र बुधबार पनि अन्य दिन जसरी नै पार्टीका नेता तथा कार्यकर्तासँग क्याविनमै बैठक राखेर छलफलमा ब्यस्त भए । 

पत्रकार टोली बुधबार अपरान्ह ४ः४० बजेतिर रिपोर्टिङ गर्न अस्पतालमा पुग्दा अभियुक्त मिश्र सोही क्याविनभित्र चुनावी छलफलमा ब्यस्त देखिन्थ्ये । मिश्र र उनका कार्यकर्ताहरु बोलिरहेको कुरा बाहिरैसम्म प्रष्ट सुनिन्थ्यो र कसैलाई मिश्र भन्दै थिए, ‘क्षेत्र नम्बर २ मा हाम्रो उम्मेदवारलाई जिताउन सबै परिचालित भएर लागौं, वडाहरुमा टिम राम्ररी परिचालित हुनुपर्यो ।’ पछिल्लो समयमा अस्पतालमा बस्न थालेको दिनदेखी नै अर्थोपेडिक विभागको १ नम्बर क्याविनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड बढिरहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार उक्त क्याविनभित्र मिश्रको उपचार गर्ने कामभन्दा चुनावी छलफल गर्ने गोप्य स्थान बनेको छ । नेपालगन्ज कारागार प्रशासनले उनको साथमा सादा पोशाकका एक जना सुरक्षाकर्मी बाहेक अन्य कुनैपनि कुरामा प्रतिबन्ध लगाएको छैन । ‘अस्पतालको क्याविनबाटै आफ्ना मोबाईल फोनहरु प्रयोग गरेर मिश्रले नेता तथा कार्यकर्तालाई यहाँ बोलाउँछन् र चुनावी रणनीति अनुसार परिचालन गरिरहेका छन्,’ स्वास्थ्यकर्मी भन्छन् ।   

चुनावको मुखमा बैंकिङ कसुर मुद्दाका मुख्य अभियुक्त मिश्रलाई यस्तो सुविधा दिलाउनमा राजनीतिक शक्ति केन्द्र, प्रहरी, प्रशासनदेखी चिकित्सक समेतको मिलेमतो रहेको ति स्वास्थ्यकर्मीले बताएका छन् । ‘अस्पतालको क्याविन अहिले चुनावी रणनीति बनाउने ठाउँ बनेको कुरालाई स्वीकार गर्दै गर्दा हामीलाई पनि यो कुरा अप्ठ्यारो लागिरहेको छ, माथीदेखी तलसम्म मिलेपछि हाम्रो के नै लाग्छ र ?,’ अस्पताल स्रोतले भन्यो । मिश्रका बारेमा अस्पतालका स्वास्थ्यकर्मी तथा नर्सहरुले समेत मुख खोल्न चाहदैनन् । स्वास्थ्यकर्मीका अनुसार डाक्टरको अनुमतिबाट क्याविनमा बसिरहेका अभियुक्त मिश्रमा भने बिरामीको कुनै लक्षण छैन । उनको स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मी तथा नर्सहरु नै अलमलमा देखिन्छन् । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदी नेता मिश्रको स्वास्थ्यमा केही समस्या देखिएको भन्दै कारागारबाट ल्याएर भर्ना गरिएको र अब छिट्टै डिस्चार्ज हुने बताए । ‘उहाँ उपचारका लागि आउनु भएको हो भन्ने मलाई जानकारी मात्रै छ, क्याविनमा बसेर के के गर्दै हुनुहुन्छ, त्यो कुरा मलाई थाहा भएन,’ उनले भने । 

नेपालगन्ज कारागार कार्यालयका प्रमुख(जेलर) प्रकाश ढुंगानाले ‘कैदी’ मिश्रको शंकास्पद गतिविधि सुनेर आफुले चेतावनी दिइसकेको बताए । ‘चुनावको मुखमा अस्पतालमा भर्ना हुनु भएको छ, तर तपाईको गतिविधि अर्कै सुनिन्छ, यसमा विचार पुर्याउनुस् है भनेर मैले चेतावनी दिइसकेको छु,’ उनले भने, ‘उहाँले अस्पतालमा बसेर राजनीतिक गतिविधि गर्नु भएको रहेछ भने कारागार प्रशासनले कारबाही गर्नेछ ।’ अभियुक्त मिश्र उपचारका लागि अस्पतालमा भर्ना भएको र डाक्टरको सल्लाह अनुसार यतिदिन सम्म क्याविनमा बसेको ढुंगानाले बताए । 

कानुनी क्षेत्रका अगुवाका अनुसार अदालतबाट पुर्पक्षका लागि थुनामा रहेको प्रतिवादी यसरी उपचारको निहुँमा पटक–पटक अस्पतालमा सुविधा लिएर बस्न पाइदैन । नेपाल बार एशोसियशनका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बिरामीको निहुँमा अस्पतालमा बसेर कैदी, बन्दीले राजनीतिक लगायतका कुनैपनि गतिविधि गर्न नपाउने बताए । कारागार प्रशासन नै प्रभावमा परेर यस्ता गतिविधि गर्ने ब्यक्तिलाई छुट दिने गरेको उनी बताउँछन् । ‘विचरा अरु कैदी बन्दीको अवस्था कारागारभित्र कस्तो दयनीय छ, उनीहरुले भनेको बेला उपचार गराउन पाउँदैनन्, तर शक्तिशाली र पहुँचवालालाई सधैं छुट हुन्छ,’ श्रेष्ठले भने ।

अस्पतालका अनुसार प्रतिवादी मिश्र अदालतबाट आदेश भएर पुर्पक्षका लागि कारागार चलान भएयता करिव १०/१२ पटक यसरी नै भेरी अस्पतालमा आएर महिनौं सम्म क्याविन लिएर बस्छन् । यस्तै गरेर उनी नेपालगन्जको नर्सिङ होम (संजिवनी अस्पताल) मा पनि क्याविन लिएर औषधी उपचारको बहानामा बस्ने गर्छन् । मिश्र लामो समयसम्म कर्णाली विकास बैंकको अध्यक्ष भएर नेतृत्व गरेका थिए । बैंकको अध्यक्ष भएयता उनले विभिन्न उद्योग, कलकारखाना तथा होटल ब्यवसायमा लगानी गरेका थिए । बैंकको अध्यक्ष चलाएर निजी क्षेत्रमा धमाधम एकपछि अर्को काममा हात हाल्न थालेपछि उनी कुनै समयमा चर्चामा आएका थिए । 

२०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा एमालेले उनलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको थियो । त्यतिबेला तत्कालिन संघिय समाजवादी पार्टीका नेता रहेका मोहम्मद इश्तियाक राईसँग पराजित भएका थिए । राईले २१ हजार ५ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका मिश्रले १५ हजार ९ सय ५१ मत ल्याएका थिए ।  त्यसपछि २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी कांग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए । बिष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए । 

मिश्रविरुद्ध हाल बैंकको रकम अपचलन मुद्दा चलिरहेकाले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि यसपटक भने एमालेको उम्मेदवार बन्न पाएनन् । तरपनि, पार्टीको उम्मेदवारलाई जिताउन रणनीतिक रुपले आफ्ना कार्यकर्ता परिचालन गर्न पार्टीले अनौपचारिक रुपमा जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्