Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राईको आग्रह, 'कामको मुल्यांकन गरेर मतदान गर्नुस्'
राईको आग्रह, 'कामको मुल्यांकन गरेर मतदान गर्नुस्'
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, माघ २३, २०८२

नेपालगन्ज : आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राईले कामको मुल्यांकन गरेर मात्र मतदान गर्न आग्रह गरेका छन् । नेपालगन्ज-२१ पुरैनीमा शुक्रबार नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन गर्दै पूर्व मन्त्री राईले स्थानीय स्तरमै युवाले काम पाउने र मनग्य आम्दानी गर्न सक्ने गरी आफूले योजना बनाइरहेको बताए ।

युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आयआर्जन गर्न सक्षम गराउन आफू प्रयत्नरत रहेको उनको भनाई छ । अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने बताएका उम्मेदवार राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गरे । उनले भने “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन । तर, यत्ति चाहिँ भन्छु कि किसानले चाहिएको बेलामा सहज र सस्तोमा मल पाउने वातावरण बनाउन म अग्रसर हुन्छु ।”

निर्वाचन क्षेत्र नम्बर २ मा २०७४ सालमा आफू सांसद भएपछिको ५ वर्षे कार्यकाल र आफू पराजित भएपछिको पछिल्लो ३ वर्ष तुलना गरेर मूल्यांकन गर्न पनि मतदातासमक्ष राईले आग्रह गरे । ‘‘मेरो जित हुँदाको समय र मेरो पराजय भएपछिको समय तुलना गर्दा नै स्पष्ट हुन्छ यहाँ कसले काम गर्छ, कसले काम गर्दैन ?’’ राईले भने ।

पछिल्लो तीन बर्षमा समाजमा झगडा गराउने र विभाजन ल्याउने थुप्रै घटनाहरू बाँकेमा भएको उदाहरणहरू दिँदै राईले आफू सधैं नै धार्मिक सद्भाव र एकताको पक्षमा अडिग रहेको बताए । निर्वाचन जित्नका लागि समाजमा विभाजन ल्याउन चाहनेहरूलाई समाजले चिन्नुपर्ने उनको भनाई थियो । आफूले यस पटक उल्लेख्य मत ल्याएर विजयी हुने संकेत गर्दै राईले २०७९ को निर्वाचनमा २०७४ सालको भन्दा धेरै मत ल्याए पनि अन्य सबै दलहरू मिल्दा आफू पछि परेको बताए ।

२०७४ सालमा २१ हजार ५ सय ७५ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित राई २०७९ मा २३ हजार ५ सय २० मत ल्याएर पराजित भएका थिए । बाँकेका केही राजनीतिज्ञ र विरोधी व्यक्तिहरू सधैं नै आफूलाई अनावश्यक बदनाम गर्न लागिपरेको आरोप पनि राईले लगाए ।  “इश्तियाक राईले जित्यो भने आफूहरू पछि परिन्छ भन्ने डरले केही मानिसहरू असम्बन्धित कुराहरूमा पनि मलाई जोडिदिन्छन् । स्थानीय तहका कामहरूमा समेत त्यहीँका जिम्मेवार व्यक्तिलाई केही नभनेर मलाई देखाइन्छ । यस्ता गलत कुराहरू जनताले बुझ्नु जरुरी छ,” राईले भने । 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्