बाँके : बाँके क्षेत्र नम्बर ३ का जेन-जी युवाले वर्तमान अवस्थामा नेपाली कांग्रेसका उम्मेवार अमरसिंह पुनले नेपाली कांग्रेस जेन्जी युवाको सपना पुरा गर्ने पार्टी भएको बताएका छन् । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभापति अमर पुनले उम्मेदवारी दिएका छन् । जेन-जी युवा देखेको सपना पुरा गर्ने प्रतिवद्धता जनाउँदै पुनले भने, ‘म जेन-जी युवालाई स्पष्ट पार्न चाहन्छु, यहाँ जेन-जीको मर्म र मुद्दालाई गलत ठाउँमा प्रयोग गर्ने प्रयास गरिएको छ । जेन-जीको जोश र उत्साह देशको समृद्धिको लागि, विकासको लागि प्रयोग हुनुपर्छ ।’
जेन-जी आन्दोलनलाई गलत रुपमा प्रयोग गर्ने प्रयास भैरहेको बारेमा जेन-जी सचेत हुनु जरुरी रहेको पुनले बताए । उनले भने, ‘देशभरका सरकारी कार्यालय र कागजात जलेर नष्ट भए । महत्वपुर्ण संरचना ध्वस्त भएका छन् । धेरै सरकारी कार्यालय जल्दा जनताले नै दुःख पाउनु परेको छ । युवा जेन-जीले उठाएका सकारात्मक मुद्धालाई पनि दबाउने प्रयास गरिएको छ । कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर उहाँहरुको शंक्तिलाई देश निर्माण लगाउन चाहन्छ ।' जेन-जी युवालाई आफनो बारेमा आफनो धारणा सार्वजनिक गरेकोमा धन्यवाद दिदैं पुनले बाँके क्षेत्र नम्बर ३ को अधुरा योजनालाई पुरा गर्दै यस क्षेत्रको समग्र विकासमा इमानदारितका साथ काम गर्ने बताए ।
सो क्रममा उपस्थित जेन-जी युवाहरुले पुनलाई विजयी गराउनु पर्ने बताए । बदलिदो परिस्थितीमा बाँके क्षेत्र नम्बर ३ को समृद्धि र विकासको लागि पुनलाई विजयी गराउन आवश्यक रहेको धारणा जेन-जी युवाले सार्वजनिक गरेका हुन् । खजुराका आदित्य सुनारले बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेताले थुप्रै विकास निर्माणका योजना सम्पन्न गरेकाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार पुनलाई विजयी गराउनु पर्ने धारणा व्यक्त गरे । जेन-जीको भावनालाई समेटेर काम गर्न सक्ने पार्टी कांग्रेस भएकोले पुनलाई विजयी गराउनु पर्ने उनले बताए ।
आदित्यले भने, ‘नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीले थुप्रै विकास निर्माणका कामहरु गर्नु भयो । उहाँको कार्यकालमा आर्थिक सुशासन र विकास निर्माणको क्षेत्रमा थुप्रै सकारात्मक काम भएका छन् ।’ अर्का जेन-जी युवा सौरभ रानाले आफुहरुको रोजाईको नेता अमरसिंह पुन भएको बताए । जेन्जी आन्दोलनको मर्मलाई सम्बोधन गर्न सक्ने पार्टी कांग्रेस भएको उनले बताए ।
सौरभले , ‘जेन-जी आन्दोलन आर्थिक सुशासन, भ्रष्टाचारको अन्त्य र समृद्धिको लागि भएको थियो । बेरोजगारी समस्या युवाको मुख्य समस्या हो । त्यसमा नेपाली कांग्रेसका सभापति गगन थापाले सम्बोधन गर्नु भएको छ । जेन-जी युवाको भावनालाई सम्बोधन गर्ने र देशलाई जस्तो सुकै कठिन अवस्थामा सहि दिशा र निकास दिन सक्ने पार्टी कांग्रेस हो ।’