Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • धार्मिक समुदायमाझ शुधान्सुको बाचा, ‘कांग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
धार्मिक समुदायमाझ शुधान्सुको बाचा, ‘कांग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ २४, २०८२
शिख र इसाई समुदायका अगुवासँग शनिबार काँग्रेस उम्मेदवार शुधान्सु कोइराला ।

नेपालगन्ज : धार्मिक सहिष्णुता कायम गराउनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने नेपालगन्जका शिख र इसाई समुदायका अगुवाले बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुने भावी सांसदबाट यो कुराको अपेक्षा गरिएको उनीहरुको भनाई छ ।  

धार्मिक हिसाबले अत्यन्तै संवेदनशिल रहेको नेपालगन्ज क्षेत्रमा विगतका दिनमा राजनीतिक फाईदा लिन खोज्ने ब्यक्तिको भूमिकाले धेरैलाई चिन्तत बनाएको ति अगुवाले बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालासँग शनिबार भएको छुट्टा–छुट्टै भेटघाटका क्रममा शिख र इसाई धर्मका अगुवाहरुले सबै धर्मलाई समान रुपले हेर्ने सांसदको आवश्यकता महसुस आसन्न चुनावमा गरिएको बताए ।

नेपालगन्जको वीपी चोक नजिक रहेको गुरुद्धारामा आयोजित भेटघाटमा उक्त संस्थाका कोषाध्यक्ष हरिपाल सिंह, समुदायका अगुवा अमरजित सिंह, चरण जित सिंह लगायतले काँग्रेसका उम्मेदवार कोइरालाबाट आफुहरुलाई सहयोग हुने अपेक्षा गरेको बताए ।  

‘तपाई युवा उम्मेदवार हुनुहुन्छ, पहिलो पटक चुनावी मैदानमा उत्रिनु भएको छ, जनताले फैसला गर्ने परिक्षामा तपाई सामेल हुनुहुन्छ, तसर्थ तपाईलाई जितको लागि अग्रिम शुभकामना छ,’ सिंहले भने । उनीहरुले आफ्नो समुदायको महान चार्ड गुरु नानक जयन्तीका दिन नेपाल सरकारले सार्वजनिक विदा दिने नीतिगत ब्यवस्थाका लागि आवश्यक पहल गरिदिन कोइरालासँग आग्रह गरेका थिए । नागरिकता, लाइसेन्स जस्ता सरकारी प्रमाणपत्र बनाउने क्रममा अनेक झण्झट ब्यहोर्नु परेको गुनासो पनि उनीहरुले गरे । 

यस्तै शनिबार नै नेपालगन्ज-१२, कोरियनपुरस्थित ज्योति निवास चर्चमा आयोजित भेटघाटका क्रममा उपस्थित भएका इसाई समाजका अगुवाले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सक्षम, क्षमतावान र बेदागी ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कोइरालालाई अग्रिम शुभकामना दिए । उनीहरुले धार्मिक एकतालाई मजबुद हुने गरी काम गर्न पनि अनुरोध गरे । सो क्रममा चर्चका पास्टर डम्बर थापा लगायतले कोइरालालाई स्वागत तथा सम्मन गरेका थिए । 

दुबै ठाउँको भेटघाटका क्रममा कोइरालाले नेपाली कांग्रेसले सबै धर्मलाई समान ब्यवहार गर्ने गरेको बताए । कांग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद नगर्ने उनले प्रष्ट्याए । आफुले सबैं धर्म, समुदायका लागि अभिभावक बनेर काम गर्ने प्रतिवद्धता जनाए ।

यहाँको धार्मिक सद्भावलाई बलियो बनाएर राख्न निर्वाचित भएपछि आफुले नेतृत्वकारी भूमिका निभाउने कोइरालाले वचन दिए । आफुलाई यो चुनावमा हरेक धर्म, समुदायबाट आर्शिवाद मिलिरहेको उनले सुनाए । उम्मेदवार कोइरालाले शनिबार नै डुडुवा गाउँपालिका वडा नम्बर ५ का मतदाता, नेपालगन्जमा शिक्षक संघ, कुर्मी समुदायसँग भेटघाट गरेका छन् ।

यसैगरी नेपालगन्ज–४ गणेशपुरमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पनि उनी सहभागी भएका छन् ।


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्