Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफुलाई परिवर्तन गर्ने पार्टी कांग्रेस हो’ : उम्मेदवार गौडेल
‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफुलाई परिवर्तन गर्ने पार्टी कांग्रेस हो’ : उम्मेदवार गौडेल
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ २५, २०८२

बाँके (कुसुम) : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रसाद गौडेलले जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफुलाई परिवर्तन गर्ने पार्टी कांग्रेस मात्र भएको बताएका छन् ।

नेपाली कांग्रेसले आइतबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सञ्चालनमा ल्याएको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गौडेलले भने, ‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार नेपाली कांग्रेसले गगन थापालाई पार्टी सभापति बनाईसकेको छ, उहाँकै नेतृत्वमा सरकारको नेतृत्व गर्ने पनि घोषणा कांग्रेसले गरिसकेको छ, यो निर्वाचनमा नेपाली कांग्रेसका प्रत्येक प्रतिनिधि सभा सदस्यलाई जिताउन जरुरी छ ।’

जेन–जी आन्दोलनले उठाएका कुरालाई सम्बोधन गर्नका लागि भएपनि आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक रहेको गौडेलले बताए । नेपाली कांग्रेस बाँकेका सभापति रहेका नेता गौडेलले जेन–जी आन्दोलनले उठाएको सुशासन कायम, भ्रष्टाचार नियन्त्रण जस्ता कुरालाई कार्यान्वयन गर्नकै लागि भएपनि कांग्रेसलाई जिताउनुको विकल्प नभएको प्रष्ट्याए । ‘त्यसको कार्यान्वयन नेपाली कांग्रेसले मात्र गर्न सक्छ, यसको लागि पनि नेपाली कांग्रेसलाई जिताउन जरुरी छ,’ गौडेलले थपे । 

बाँकेको पुर्वी क्षेत्रमा अवस्थित राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम क्षेत्र भौगोलिक हिसाबले एकदमै ठुलो र राप्तीपारीका गाउँहरु अहिले पनि एकदमै दुर्गम रहेको उल्लेख गर्दै उनले ति गाउँलाई सुगम क्षेत्रसँग जोड्न हुलाकी सडक निर्माण कार्यलाई निरन्तरता र राप्ती नदीमा पक्की पुल निर्माण गर्नका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता जनाए । बाँके राष्ट्रिय निकुञ्जका कारण सिर्जना भएका समस्याहरु समाधान गर्नका लागि निकुञ्ज ऐन संशोधन गर्न आवश्यक रहेको र यसका लागि आफुले उचित ढंगले कुरा उठाउने बताए ।

मानव बस्तीमा वन्यजन्तुलाई आउन नदिन निकुञ्जले पर्याप्त मात्रामा तारबारको ब्यवस्था गर्नुपर्ने र मानवीय क्षति तथा बालीबोटमा हुने क्षतिका सन्दर्भमा निकुञ्जबाट प्रदान गरिने राहत तथा क्षतिपुर्ति एकदमै कम भएकाले यसलाई बढाउन आफुले पहल गर्ने पनि बताए । बाँकेको क्षेत्र नम्बर १ मा २०५६ सालको निर्वाचनपछि नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व नगरेकाले यसपटक कांग्रेसलाई जिताएर काम गर्ने अवसर प्रदान गर्न उनले सबैलाई अपिल गरे ।

IMG_20260208_202036-1770561360.jpg
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी एवम् क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले गत भदौं २४ गतेका दिन जुन शक्तीले देश जलायो, त्यही शक्तिले अहिले देश बनाउने भन्दै विभिन्न आवरणमा भोट माग्ने काम गरिरहेको बताए । ‘जसले देश जलायो, उनीहरु अहिले भोट माग्न आइरहेका छन्, जेन–जी विध्वंसका क्रममा कलिला नानी बाबुलाई मारियो, नरसंहार गरियो, कुनै कार्यालय बचेनन्, कुनै नेताका घर बाँकी रहेनन्,’ क्षेत्रीय सभापति केसीले भने, ‘जेन–जीको नाममा भएको विध्वंसपछि प्रतिनिधि सभा विघटन भयो, राष्ट्रपति रामचन्द्र पौडेलले आफु मर्न तयार भएपनि संविधानलाई जोगाउनु भयो, तसर्थ यो कुरा सबैले बुझ्न जरुरी छ, सामान्ंय निर्वाचन होईन ।’ 

पुर्वप्रधानमन्त्री एवम् कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोइरालाले दिएको संबिधान अहिले कोमामा रहेको र चिरहरणमा परेको संबिधानलाई बचाउनका लागि यतिबेला कांग्रेसले जित्न जरुरी रहेको नेता केसीले स्पष्ट पारे । कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार दिपनारायण बर्माले क्षेत्र नम्बर १ का दुर्गमका बासिन्दाले भागेका समस्या र समाधान गर्नुपर्ने विषयलाई नेपाली कांग्रेसले आफ्नो प्राथमिकतामा राखेको बताए । कांग्रेसका क्षेत्रीय सभापति पोषण केसीको पहलबाट यसक्षेत्रमा थुप्रै विकास निर्माणका कामहरु भएको उनले सुनाए ।  

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् राप्ती सोनारी गाउँपालिकाका संस्थाक अध्यक्ष लाहुराम थारुले कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो संगठित भोट मात्रै संरक्षण गर्न सकेमा पनि पर्याप्त हुने बताए । ‘नेपाली कांग्रेसले जनताको कामहरु गर्ने, अरु पार्टीले सिन्को नभाँचेपनि भोट दिनुपर्ने ?’ उनले भने, ‘परिवर्तनको नाममा लह–लहैमा लाग्नु हुदैन, ढुक्क भएर कांग्रेसको रुख चिन्हमा भोट हाल्नुपर्छ ।’ 

आफु राप्ती सोनारी गाउँपालिका अध्यक्ष हुँदा सकेजति विकासका कामहरु गरेको नेता थारुले सुनाए । नेपाली कांग्रेस राप्ती सोनारी–१ का वडा सभापति मोहनराज डाँगीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका सदस्य टिकाराम बस्नेत र नेपाली कांग्रेस राप्ती सोनारी सभापति भिम रानाक्षेत्रीले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

नेपाली कांग्रेस राप्ती सोनारी–१ कार्यसमितिका सचिव जनक खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति चिरञ्जिवी केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित भएका कांग्रेस कार्यकर्ताले आफ्नो गाउँ, ठाउँमा भोगिरहेका समस्या सुनाएका थिए । सोही कार्यक्रममा नेपाली कांग्रेस राप्ती सोनारी–१ वडा कार्यसमितिले निर्वाचन प्रचार–प्रसार समिति समेत गठन गरेको वडासभापति डाँगीले जानकारी दिए ।

चुनावी कार्यक्रम अन्तरगत कांग्रेसले आइतबार नै राप्ती सोनारी–२ स्थित टिकुलीपुरमा पनि प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । यो सँगै आइतबार नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा रहेका आफ्ना ३० वटै वडामा प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्य सम्पन्न गरिसकेको क्षेत्रीय सभापति केसीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्