Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘जेनजी  ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस होँ’ : उपसभापति शर्मा
‘जेनजी  ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस होँ’ : उपसभापति शर्मा
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, माघ २७, २०८२

नेपालगन्ज : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी  ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी शर्माले कांग्रेस अहिले पुरै नयाँ बनेर जनतामाझ आएको बताए । 

‘कांग्रेस नयाँ बनेर आएको देखेर कयौं रास्वपा लगायत दलका कार्यकर्तालाई हामीले कांग्रेसमा प्रवेश गराईरहेका छौं, कतिपय रास्वपाबाटै उम्मेदवार बनेका साथीहरु पनि कांग्रेस यसरी परिर्वतन हुन्छ भनेर पहिल्यै थाहा पाएको भए रास्वपाको उम्मेदवार नबनेर कांग्रेसलाई नै जिताउने अभियानमा लाग्ने थियौं पनि भन्नु भएको छ,’ उनले भने । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व कांग्रेस सभापति गगन थापाले नै गर्ने उपसभापति शर्माले ठोकुवा गरे । 

कांग्रेसले यसपटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ जना उम्मेदवारहरु नयाँ उठाएको उनले जानकारी दिए । यसपटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको उनले दाबी गरे । बद्लिएको कांग्रेसले यसपटक आम कार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरुका लागि आफ्नै चुनाव चिन्हमा उम्मेदवार उठाएर बद्लिएको कुरा पुष्टी गरेको उनले सुनाए । 

नेपाली कांग्रेसले अब कार्यक्रमहरु गर्दा विगतको जस्तो आशसन ग्रहण र भाषणमा घण्टौं समय खर्चिनुपर्ने जस्ता कुरालाई छोट्याउनुपर्ने सुझाव दिए । कांग्रेस बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब ‘परफेक्ट’ खालको देखिनुपर्ने बताए । ‘हामी बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो, धेरै समय आसन ग्रहण र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ,’ उपसभापति शर्माले भने । 

अर्को प्रसंगमा उनले कांग्रेस भित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउन लाग्न आब्हान गरे । समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा कतिपय योग्य व्यक्ति छुटेको हुन सक्ने पनि उनले बताए । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन ५ जना क्रियाशिल सदस्यहरु वरिपरीका ५० वटा घरमा पुगे पर्याप्त हुने शर्माले बताए । 

‘पार्टीले आगामी फागुन १ देखी २१ सम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नामक अभियान सुरु गर्न लागेको उनले जनाए । प्रतिनिधि सभा निर्वाचनपछि देशलाई गाँसेर लैजाने ताकत कांग्रेससँग मात्र रहेको उनको दाबी छ । ‘आगामी नयाँ वर्ष २०८३ सालपछि नयाँ सरकार आउने सम्भावना छ, त्यसपछि बैशाखपछि कांग्रेसको नियमित महाधिवेशनको मिति घोषणा हुन्छ, दशै-तिहारपछि स्थानीय तहको निर्वाचन तयारी सुरु हुन्छ,’ उनले भने, ‘स्थानीय तहमा वडादेखी मेयर/अध्यक्ष सम्मको टिकट वितरण गर्नुअघि हामीले क्रियाशिल सदस्यको लिष्ट वडा तहमा पठाउँछौं, वडामा चुनावबाट उम्मेदवार छान्ने नीति हामीले बनाएका छौं ।’ २०८४ मा वडाअध्यक्षको चुनाव लड्ने तयारी गरेका नेताहरु यो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले निर्देशन दिए । 

कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहित, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ बाँकेका उम्मेदवार अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस बाँकेका सभापति एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी र जिल्ला सचिव एवम् क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम सञ्चालन भने कांग्रेस बाँकेका सचिव एवम् लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरीले गरेकी थिइन् ।  


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्