Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन अनेक चुनौती  
निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन अनेक चुनौती   संवाद समुह लुम्बिनी प्रदेशद्धारा बाँके र बर्दियाका नागरिक अगुवासँग संवाद 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ २९, २०८२

नेपालगन्ज : आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन बाँके र बर्दियास्थित नागरिक समाजका अगुवाले अनेक चुनौती रहेको औल्याएका छन् । निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्रसँगै मतदाताको सुरक्षा, मतदान स्थलसम्म मतदाताको सहज पहुँच, मतदाता शिक्षाबारे सचेतना जगाउनुपर्ने उनीहरुको सुझाव छ । 

संवाद समुह लुम्बिनी प्रदेशको सहजीकरण तथा बेस संस्थाको ब्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा बोल्ने नागरिक समाजका अगुवाले निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन सरकार र निर्वाचन आयोगले उचित कदम चाल्नुपर्ने बताए । संवाद समुहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले सहजीकरण गरेको उक्त कार्यक्रममा एड्भोकेसी फोरमका बसन्त गौतमले जेन-जी आन्दोलनमा लुटिएका सुरक्षाकर्मीका हतियार र फरार कैदीका कारण निर्वाचन धाँधलीपूर्ण हुन सक्ने खतरा औल्याए । नेपाल-भारत खुल्ला सिमाना भएकाले निर्वाचनको सुरक्षामा चुनौती आउने बताए । 

नेपाल नेत्रहिन संघ बाँकेका अध्यक्ष भावुकजंग थापाले मतदान स्थलमा दृष्टिविहिन तथा अपांगता भएका व्यक्तिले आफ्नो मताधिकार पूर्ण रुपले प्रयोग गर्न नपाईरहेको बताए । मतदान गर्दा अर्काको साहारा लिनुपर्ने बाध्यात्मक अवस्थाले गर्दा अपांगता भएका व्यक्तिले रोजेको उम्मेदवारलाई आफ्नो मत दिन नसक्ने समस्या रहेको सुनाए । गैरसरकारी संस्थाकर्मी नमस्कार शाहले निर्वाचनमा नागरिक समाजको दोहोरो भूमिका हुने गरेको बताए । निर्वाचनको समयमा कतिपय सञ्चार माध्यमको भूमिका समेत एक पक्षिय रुपमा देखिने गरेको उनको बुझाई छ ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारीले निर्वाचनमा आउन सक्ने सम्भावित चुनौतीबारे आयोगले प्रतिवेदनमार्फत सुझाव दिइरहेको बताइन् । निर्वाचनमा मत बदर हुने, मतदान स्थलमा असहजता, मतदाताको पहुँच भन्दा बाहिर हुने गरेको बताइन् । पत्रकार अर्जुन ओलीले बाँकेको राप्ती सोनारीको वडा नम्बर १ कुसुम र राप्ती सोनारी ४ मा पर्ने सिमा नाका क्षेत्रका सर्बसाधारण नागरिकलाई मतदान स्थल सम्म पुग्न निकै असहज हुने गरेको बताए । 

भौगोलिक रुपले मतदान स्थल टाढा हुँदा घण्टौं समयसम्म पैदल हिडेर मतदान स्थल सम्म पुग्नुपर्ने बाध्यता भएको र अपांगता व्यक्तिलाई झनै सास्ती हुने गरेको उनले सुनाए । कार्यक्रममा बेस नेपालका केन्द्रिय उपाध्यक्ष संगिता चौधरीले निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउनुको विकल्प नभएको बताइन् ।

Election-Sambad-1770917835.jpeg
निर्वाचनका सन्दर्भमा सबै नागरिकप्रति समान ब्यवहार हुनुपर्ने उनको सुझाव छ । ‘हाम्रो देशमा धेरै आन्दोलनहरु हुदै आएका छन्, माओवादी सशस्त्र द्धन्द्धमा १७ हजार मान्छे मरेको इतिहास ताजै छ, त्यस बेलामा ठुलो नेपाली नागरिकहरुका साथै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मृत्यु भयो, तर टिकापुरमा प्रहरीका साथै सर्बसाधारण नागरिक मारिएको घटनामा रेशम चौधरीलाई मात्रै चुनाव लड्नबाट किन बञ्चित गरिएको छ ?’ उनले भनिन् ‘कतै यसमा विभेद भयो कि ?’ 

समुहका वरिष्ठ सहजकर्ता बस्नेतले निर्वाचन नजिकिदै गर्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर नागरिक समाज लगायत विभिन्न पक्षसँग निरन्तर संवाद गर्दै समस्याको निकास खोज्ने प्रयास गरिएको बताए । अधिकांस जिल्लामा मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्र ब्यवस्थापन गर्नुपर्ने सुझाव आएको बस्नेतले औल्याए । 

कार्यक्रममा संवाद समुहका सहजकर्ता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई र संवाद समुह बर्दियाका सहजकर्ता भावुक योगीले विषयबस्तुबारे प्रकाश पारेका थिए । 


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २३:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्