Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं, पार्टी कार्यकर्ता र जनतामा उत्साह छ' : कोइराला
‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं, पार्टी कार्यकर्ता र जनतामा उत्साह छ' : कोइराला
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, फागुन १, २०८२

नेपालगन्ज  : नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र नम्बर २ मा पार्टीका नेता, कार्यकर्ता र जनतामा निर्वाचनप्रति एकदमै उत्साह जागेको बताएका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा शुक्रबार(आज) प्रचार-प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रिभुवन चोक नेपालगन्जको मुटु भएकाले यहाँका जनता र पार्टीका नेता, कार्यकर्तामा निर्वाचनप्रति उत्साह जाग्नुपर्ने स्पष्ट पारे । ‘जबसम्म यो वडा तात्दैन, तबसम्म हामीले आफुलाई बलियो महसुस गर्नु हुदैन, यहाँका नेता, पार्टीका साथीहरु, यहाँका जनतामा उत्साह जाग्नुपर्छ,’ उनले भने ।

मतदाता भेटघाटका क्रममा आफु जहाँ पुग्यो, त्यहाँ उत्साह देखिएको उम्मेदवार कोइरालाले बताए । ‘हामी जहाँ गइरहेका छौं, जनतामा उत्साह देखिन्छ, पार्टीका नेता र कार्यकर्ताहरुमा उत्साह छ, हामी जितको नजिक पुगिसकेका छौं,’ उनले अगाडी भने । बाँकेको क्षेत्र नम्बर २ मा विगत १० वर्षदेखी नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्न नपाएको भन्दै यसपटक जसरी पनि नेपाली कांग्रेसलाई जिताएर पठाउन मतदातालाई उनले अपिल गरे ।

आफु नेपालगन्जमै जन्मेर त्रिभुवन चोकमा हुर्केको स्मरण गर्दै कोइरालाले भने, ‘म नेपालगन्जमै जन्मिए, त्रिभुवन चोकमा हुर्किए, अब यही त्रिभुवन चोकले मलाई विजयी गराएर संसदमा पठाउने विश्वास लिएको छु ।’ आफु निर्वाचनका लागि ठाउँ-ठाउँमा पुग्दा नेपाली कांग्रेसका हरेक वडाका नेता, कार्यकर्ताले उत्साह जगाइरहेको बताए ।

‘मलाई अहिलेसम्म हरेक नेता, कार्यकर्ताले उत्साह जगाउनु भएको छ, मलाई साथ दिनु भएको छ,’ उनले भने, ‘मैले आदरणीय नेताहरुबाट माया पाएको छु, उत्साह पाएको छु ।’ उमेर, राजनीति र अनुभवका हिसाबले आफु कान्छो भएको र अहिलेसम्म चुनाव लडेको अनुभव नभएकाले आफुलाई जिताउने हात क्षेत्र नम्बर २ का आम मतदाता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमै रहेको उम्मेदवार कोइरालाले बताए ।

यस्तै नेपाली कांग्रेसका युवा नेता एवम् २०७९ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणाले देशलाई बचाउन र जनताको हक अधिकार स्थापित गर्नका लागि नेपाली कांग्रेसले जित्नैपर्ने बताए । नेपाली कांग्रेसले योग्य र सक्षम उम्मेदवारका रुपमा शुधान्सु कोइरालालाई उठाएकाले सबैले यसपटक दृढताका साथ संकल्प गरेर निर्वाचित गराउन अपिल गरे ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले राजनीतिमार्फत जनताको सेवा गर्नका लागि शुधान्सु कोइराला अहिले प्रतिनिधि सभा सदस्य पदको सशक्त युवा उम्मेदवार रहेको दाबी गरे । क्षेत्र नम्बर २ को समग्र विकासका लागि नेपाली कांग्रेसलाई यसपटक निर्वाचित गराउन उनले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडासभापति ऋचा दुवेद्धीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता शिवलाल पाण्डे लगायतले युवा उम्मेदवार कोइरालालाई विजयीको अग्रिम शुभकामना दिएका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार (आज) नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफुलाई निर्वाचित गराएर संसदमा पठाउन मतदातालाई आग्रह गरे । आफु निर्वाचित भएपछि क्षेत्र नम्बर २ को विकासमा आफुले नेतृत्व गर्ने प्रतिवद्धता जनाए । निर्वाचनमा सक्षम उम्मेदवारलाई छान्न उनले वडा नम्बर १४ का मतदातालाई पनि आग्रह गरेका छन् ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का सभापति सञ्जय बर्माको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा महासमिति सदस्य राजकुमार बर्मा, प्रजातन्त्र सेनानी लक्ष्मण बर्मा लगायतले बोलेका थिए । उम्मेदवार कोइरालाले शुक्रबार नै डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पुर्वबाढी गाउँमा मतदाता भेटघाट गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्