Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आर्कषण !
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आर्कषण ! 'जात र धर्मको आधारमा कसैले पनि राजनीति नगरौं' : कोइराला
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, फागुन २, २०८२

नेपालगन्ज : बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई निर्वाचित गराउन नेपाली कांग्रेसप्रति सर्बसाधारण नागरिकको आर्कषण बढ्दै गएको छ । कांग्रेसबाट नै देश र बाँके जिल्लाले निकास पाउने ठहर गर्दै विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गर्न थालेका हुन् ।

यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा शनिबार (आज) ठुलो संख्याका ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु लियाकत खान, अनमर अन्सारी, मुन्ना शेख, आरिफ शेख सहित ३५ जना व्यक्ति कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला, नेता मोहम्मद याकुव अन्सारी, हाजी मोहम्मद कादिर अन्सारी, नेपाली कांग्रेस नेपालगन्ज-५ का वडासभापति मेराज हल्वाई लगायतले स्वागत गरेका थिए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को प्रचार-प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले सबै जात, धर्म, समुदाय र लिंगलाई समान ब्यवहार गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए । पछिल्लो समयमा कतिपयले विभिन्न जात र धर्मको आधारमा राजनीति गरिरहेको देख्दा दुःख लाग्ने गरेको उनले सुनाए ।

NPJ-5-Number-Party-prabes-1771092012.jpg
‘यो स्वर्गिय सुशिल कोइराला लड्ने निर्वाचन क्षेत्र हो, म स्मरण गराउन चाहन्छु, धेरै पार्टीका साथीहरुले जात, धर्म र लिंगको नाममा राजनीति गरेको हामी देख्छौं,’ उम्मेदवार कोइरालाले भने, ‘यो त्यही क्षेत्र हो, जुन क्षेत्रबाट आदरणीय सुशिल कोइरालाले मुस्लिम समुदायका कति साथीहरुलाई सांसद बनाउनुभयो, तर, अरु दललाई हेर्नुस्, धर्मको नाममा राजनीति गर्ने र आफु मात्रै नेता भईराख्ने प्रवृत्ति छ ।’

नेपाली कांग्रेसले बाँके जिल्लाबाट मेराज अहमद साह, मोहम्मदी सिद्धिकी र अब्दुल हमिद सिद्धिकी ‘भोला’ लाई सांसद बनाएर उदाहरण प्रस्तुत गरेको उनले प्रष्ट्याए । आफु नेता नभई सेवक बनेर जनताको काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवार कोइरालाले भने, ‘म चुनाव जितेपनि, हारेपनि तपाईहरुको सेवक बनेर काम गर्नेछु, तपाईहरुको आर्शिवादले म अगाडी बढ्नेछु ।’ जेन–जी युवाहरुले २००७ सालदेखी हालसम्म नेपाली कांग्रेसले पुर्याएको योगदानलाई अध्ययन गर्न जरुरी रहेको उनले बताए । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसमा मात्र राजनीतिक भविष्य रहेको कुरा औल्याए ।

NPJ-5-Number-sudhansu-1771092011.jpg

NPJ-5-Number-1771092012.jpg

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडा सभापति मेराज हल्वाईको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई नेपाली कांग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली (वादी), कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता एवम् मुस्लिम अगुवा हाजी मोहम्मद कादिर अन्सारी, पार्टीका महासमिति सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा पार्टीको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार नै सम्बोधन गर्दै उम्मेदवार कोइरालाले देशमा हुदै आएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको बताए । नेपालगन्ज-१० का स्थानीय बासिन्दा समेत रहेका उम्मेदवार कोइरालाले भने, ‘सादगी नेता स्वर्गिय सुशिल कोइरालाको यही वडाबाट हामी चार तारे झण्डा फहराउनेछौं, नेपाली कांग्रेसले हरेक पटक परिवर्तनको निम्ति क्रान्ति गरेको छ, परिवर्तनका निम्ति लडेको छ ।’ विभिन्न पार्टी र ब्यक्तिले जेन–जी युवाहरुको भावनालाई समेटेर भ्रामक समाचार फैलाइरहेको भन्दै भ्रममा नपर्न उनले सबैलाई अपिल पनि गरे ।

‘हामी नै हौं जेन-जीहरुको नेतृत्व गर्ने भनेर विभिन्न पार्टी र व्यक्तिले जेन-जीको भावनालाई समेटेर विभिन्न भ्रामक समाचार फैलाइरहेको कुरा सुनिरहेका छौं, तर कोही पनि भ्रममा नपर्नुस्, जेन-जीको भावना अनुसार आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पार्टी नेपाली कांग्रेस मात्र हो ।’ जेन-जीको भावना अनुसार नेपाली कांग्रेसले आफ्नो नीति मात्रै परिवर्तन नगरेर युवा नेता गगन थापालाई नेतृत्वमा पुर्याएको कोइरालाले प्रष्ट्याए ।

Nepalgunj-10-Number-programme-1771092009.jpg
कांग्रेसले जेन-जीको भावना अनुसार यसपटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ ठाउँमा आफु जस्ता नयाँ अनुहारलाई उम्मेदवार बनाएको जानकारी दिए । ‘जेन-जीले उठाएका मागहरु ठिक थिए, भ्रष्टाचारको अन्त्य गर्न माग गरेका थिए, जेन-जीको काँधमा बन्दुक राखेर भोलिपल्ट देश जलाउने काम भयो,’ कोइरालाले थपे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का कार्यबाहक सभापति राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसकी निर्वतमान केन्द्रिय सदस्य रंगमति शाही, कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, महासमिति सदस्य भारती जोशी, युवा नेता शिवराज सिग्देल लगायतले उम्मेदवार कोइरालालाई जितको शुभकामना दिएका थिए । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ सचिवालयका अनुसार उम्मेदवार कोइरालाले शनिबार नै नेपालगन्ज र डुडुवाका विभिन्न स्थानमा घरदैलो तथा भेटघाट गरेका छन् ।

NPJ-10-programme-1771092008.jpg

npj-10-1771092008.jpg


प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २३:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्