Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन ३, २०८२

कोहलपुर : कोहलपुर नगरपालिका वडा नम्बर ६, बुद्धचोककी शान्ति पुन यो पटक रुख चिन्हमा भोट हाल्न पाउने भएपछि निकै खुसी देखिएकी छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका कारण उनले रुख चिन्हमा भोट हाल्ने अवसरबाट वञ्चित हुनुपरेको थियो ।

घरदैलो अभियानका क्रममा आइतबार बुद्धचोक पुगेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेलसँग कुरा गर्दै उनले भनिन्,‘यो पटक काँग्रेसले रुखमै मत हाल्ने सुनिश्चितता गरेकोले भोट तपाईंलाई दिन्छौं ।’ जेनजी आन्दोलनपछि काँग्रेस बदलिएर आएकोमा समेत उनी उत्साहित देखिएकी थिइन् । उनले भनिन्,‘काँग्रेस नवजवानहरुको भावना बुझेर बदलिएर आएको छ ।

गगन थापाले काँग्रेसको नेतृत्व सम्हालेपछि ठूलो भरोसा र उत्साह जागेको छ । युवाहरुको भावना काँग्रेसले मात्रै सम्बोधन गर्छ भन्ने विश्वास लागेको छ ।’ नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बुद्धचोक पुग्दा स्थानीयहरु उत्साहित देखिन्थे । सादगी, त्यागी र अत्यन्तै सहयोगी भावनाका नेता गौडेललाई काँग्रेसले टिकट दिएर उम्मेदवार बनाएकोमा स्थानीय खुसी व्यक्त गरिरहेका छन् ।

घरदैलोका क्रममा स्थानीयहरुले आफ्नो टोल तथा छरछिमेकका विकास निर्माणका समस्याहरु समेत सुनाएका थिए । नाला, ढल निकास, सडक निर्माण लगायतका समस्या रहेको भन्दै उनीहरुले समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले आफूले पहिल्यैदेखि बुद्धचोकका समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए ।

उनले आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय सरकारले पनि क्रमशः विकास निर्माणका कामलाई गति दिएको पाएको छु,’ उनले भने, ‘बुद्धचोकका समस्या समाधानका लागि भूमिका खेल्छु, ढुक्क हुनुहोस् ।’ काँग्रेस वडा कार्यसमितिको अगुवाइमा घरदैलो अभियान सञ्चालन गरिएको वडा सभापति श्रीकृष्ण थारुले जानकारी दिए । घरदैलोमा स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताए । उनले आइतवार नै उम्मेदवार गौडेलको वडा नम्बर ७ र ११ मा पनि घरदैलो रहेको जानकारी दिए ।

 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्