Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो’ : अध्यक्ष तिमिल्सिना
‘किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो’ : अध्यक्ष तिमिल्सिना
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन ३, २०८२

बाँके(खजुरा) : नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई समस्या परेका बेला बोल्ने पार्टी नै नेपाली कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसले मात्र किसानका समस्या समाधान गर्न सक्ने उनको जिकिर छ ।

बाँकेको खजुरामा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष तिमिल्सिनाले किसानको आवाज बोल्ने पार्टीलाई मात्र आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा जिताउनुपर्ने बताए । नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन किसान महासंघले केन्द्रदेखी सातै प्रदेश, जिल्ला हुँदै वडा तहसम्म क्रियाशिल अवस्थामा रहेका समितिलाई आवश्यक सर्कुलर गरिसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

‘किसान साथी भाईहरुलाई हामीले सर्कुलर गरिसकेका छौं, यसपटकको निर्वाचनमा आमकिसान दाजुभाई, दिदी बहिनीले नेपाली कांग्रेसलाई मतदान गरेर विजयी गराउनु हुनेछ,’ उनले भने । बाँके जिल्ला पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति स्वर्गिय शुसिल कोइरालाको भूमि रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले यही जिल्लाबाट प्रतिनिधित्व गर्दै स्वर्गिय कोइरालाले देशलाई संविधान दिएको बताए ।

यस्तै बाँकेको क्षेत्र नम्बर ३ कांग्रेसका तत्कालिन सह-महामन्त्री किशोरसिंह राठौंर चुनाव लडेको क्षेत्र भएकाले धेरै महत्वपूर्ण योजना तथा कामहरु सम्पन्न भएको बताए । अझैपनि बाँकेको क्षेत्र नम्बर ३ मा अधुरा रहेका र सम्पन्न हुने क्रममा रहेका योजनालाई पुरा गर्नका लागि कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई मतदान गरेर जिताउनु नै उत्तम हुने बताए ।

‘बाँके क्षेत्र नम्बर ३ मा जसरी कांग्रेसप्रति क्षेत्रका मतदाताहरुले २०७९ सालमा सद्भाव राख्नु भएको थियो, अहिले पनि एक इन्च कमी नगरेर अमरसिंह पुनलाई विजयी गराउन म सबै किसान दाजुभाई, दिदी बहिनीलाई अपिल गर्छु,’ उनले भने । नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर १ मा नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला र क्षेत्र नम्बर ३ मा अमरसिंह पुन जस्ता इमान्दार र योग्य व्यक्तिलाई उम्मेदवार बनाएको महासंघका अध्यक्ष तिमिल्सिनाले बताए ।

किसानहरुले भोग्दै आएका समस्यालाई महासंघले बारम्बार उठाएर सरकारलाई दवाव दिदै आएको उनको दाबी छ । कतिपय समस्यालाई आफुहरुको पहलबाट समाधान पनि गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘हामीले किसानका धेरै समस्यालाई समाधान गराएका छौं, महासंघले नै पटक-पटक सरकारलाई ज्ञापन पत्र बुझाएको छ, किसानका समस्यालाई समाधान पनि गराएका छौं,’ उनले अगाडी थपे ।

पत्रकार भेटघाटमा महासंघका केन्द्रिय सदस्यहरु प्रेम खरेल, डा. बेदबहादुर केसी र हरि लामा, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खड्ग बुढाथोकी, लुम्बिनी प्रदेशका महासचिव महेन्द्र मल्ल ठकुरी, महासंघका पुर्बकेन्द्रिय सदस्य माया सुवेदी लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्