Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपा उम्मेदवार बिष्टको प्रतिवद्धता सार्बजनिक, भ्रष्टाचारलाई शुन्यमा झार्ने अठोट
नेकपा उम्मेदवार बिष्टको प्रतिवद्धता सार्बजनिक, भ्रष्टाचारलाई शुन्यमा झार्ने अठोट
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन ३, २०८२

नेपालगन्ज : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट बाँके क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र बिष्टले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । नेपालगन्जमा आइतबार औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त प्रतिवद्धतामा भ्रष्टाचारलाई शुन्यमा झार्ने लगायतका अठोट गरिएको छ । 

प्रतिवद्धता पत्रमा सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राखिएको छ । ‘भ्रष्टाचार शून्य बाँके-२’ अभियानलाई मूल आत्माका रूपमा अघि सारिएको छ । नेपालगन्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ । नागरिकका दैनिक कामलाई सहज बनाउन सिफारिस, कर भुक्तानी र विभिन्न सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराइने, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने तथा फाइलको अवस्था नागरिकले आफैं अनलाइन प्रणालीमार्फत गर्न सक्ने व्यवस्था लागू गरिने उल्लेख छ ।

उच्च गतिको इन्टरनेटसहित टेक पार्क र इन्कुभेसन सेन्टर स्थापना गरी युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिलान्सिङजस्ता सीपमूलक तालिम प्रदान गर्ने योजना प्रतिबद्धता पत्रको महत्वपूर्ण आधार बनेको छ । युवा रोजगारी र उद्यमशिलतालाई प्रतिबद्धता पत्रको मेरुदण्डका रूपमा प्रस्तुत गरिएको छ । बेरोजगार युवाका लागि उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम, युवा उद्यमीलाई बिना धितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा तथा कर छुटको व्यवस्था गर्ने प्रतिबद्धताले स्थानीय स्तरमै अवसर सिर्जना गर्ने लक्ष्य लिएको देखिन्छ । बाढी समस्याको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धता पत्रले ठोस योजना अघि सारेको छ ।

राप्ती नदीमा वैज्ञानिक र दिगो तटबन्ध निर्माण, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने र बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीतिले विकासलाई जोखिम व्यवस्थापनसँग जोडेको छ । भूमिहीन सुकुम्बासी लगायत भूमि समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धताले सामाजिक न्यायको सवाललाई पनि समेटेको छ ।

पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई बलियो बनाउने योजना अघि सारिएको छ । कम्दी–बालापुर क्षेत्रमा रहेको प्राचीन गुम्बा बृहतकालीन शहरको पुरातात्विक खोज तथा अनुसन्धानका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ । साथै बागेश्वरी मन्दिर लाई ‘स्मार्ट बागेश्वरी’ का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने योजना समेटिएको छ । प्रतिवद्धता सार्वजनिक कार्यक्रममा उम्मेदवार बिष्टसहित प्रमुख अतिथी एवम् नेकपाकी नेतृपूर्णाकुमारी सुवेदी, पार्टीका नेता अकलबहादुर बम लगायतले बोलेका थिए । 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्