Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गौडेलको सादगी शैली, जसले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैली, जसले जित्दै छ मतदाताको मन
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन ३, २०८२

कोहलपुर : बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलप्रति मतदाताको आकर्षण क्रमशः बढ्दै गएको देखिएको छ ।

चुनावी माहोलसँगै गाउँघरका चोक–गल्लीमा नयाँ आशा र अपेक्षाको स्वर सुनिन थालेको छ, जसको केन्द्रमा छन् गौडेल र उनको नेतृत्वमा देखिएको ‘नयाँ काँग्रेस’ को छवि । आइतवार उनले कोहलपुर नगरपालिकाका तीन वटा वडामा घरदैलो गरे । 

वडा नम्बर ६ को बुद्धचौक, वडा नम्बर ७ को लखनवार र वडा नम्बर ११ मा पुगेका गौडेलले घरघर पुगेर मतदातासँग संवाद गरे, उनीहरुको समस्या सुने र समाधानका प्रतिबद्धता जनाए ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका समस्याहरु खुलस्त राखे । धेरैले स्थानीय स्तरमा भएका काममा निरन्तरता नआएको, योजनाहरु अधुरै छोडिएको र समन्वयको अभाव रहेको गुनासो गरे ।

गौडेलले प्रत्येक घरमा पुगेर ती समस्या सुनेपछि आफू निर्वाचित भए विकास निर्माणलाई प्राथमिकता दिने र जनतासँग नियमित संवाद गर्ने वाचा गरे ।  उनले भने, ‘विकास योजनालाई कागजमा होइन, व्यवहारमा देखाउने समय आएको छ ।’

उनले बदलिएको काँग्रेसले जनताको बीचमा बसेर काम गर्ने विश्वास दिलाए । वडा नम्बर ७ लखनवारमा घरदैलोका क्रममा भेटिएका स्थानीय दलबहादुर ओलीले आफ्नो धारणा राख्दै भने,‘सधैं २००७ सालको काँग्रेसको कुरा गरेर हुँदैन, अब २०९० सालको काँग्रेस चाहिन्छ ।’ उनले पार्टीभित्र पछिल्लो समय आएको नयाँ सोच र नेतृत्व परिवर्तनले आफू जस्ता मतदातामा आशा पलाएको बताए ।

विशेष गरी गगन कुमार थापाको नेतृत्व उदय भएपछि पार्टीभित्र ऊर्जा आएको र जनतामा पनि उत्साह देखिएको उनको भनाई थियो । ओलीले थपे, ‘अब हामीलाई भविष्य देखाउने काँग्रेस चाहिएको छ, अहिलेको नेतृत्वमा त्यो सपना देख्न पाएको छु ।’ उनले यस पटक आफूले मात्र नभएर लखनवार नजिकै रहेको पर्सादीपुर टोलबासीले नै गौडेललाई मतदान गर्ने प्रतिवद्धता जनाए ।

यस्तै अर्का स्थानीय कमानसिंह चौधरीले करिब एक दशकपछि फेरि रुख चिन्हमा मतदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘गौडेल जस्तो सादगी नेता पाउनु यो क्षेत्रका लागि भाग्यको कुरा हो ।’ चौधरीले नेताहरुले जितेपछि जनता बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिँदै गौडेललाई जनतासँग निरन्तर जोडिन आग्रह गरे । घरदैलो अभियानमा सहभागी काँग्रेस नेता फुलाराम थारुले गाउँघरमा जनताको प्रतिक्रिया उत्साहजनक रहेको बताए ।

उनका अनुसार, मतदाताले मुलुकको विकासका लागि काँग्रेसको विकल्प नभएको धारणा राखिरहेका छन् । थारुले भने, ‘घरदैलोमा जाँदा मानिसहरुमा आशा देखिन्छ । उनीहरु स्थिरता, विकास र सुशासनका लागि काँग्रेसलाई नै रोज्न चाहन्छन् ।’

गौडेलको घरदैलो अभियानले एकातिर जनताको समस्या नजिकबाट बुझ्ने अवसर दिएको छ भने अर्कोतर्फ मतदाताले पनि आफ्नो आवाज प्रत्यक्ष रुपमा उम्मेदवारसमक्ष राख्न पाएका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्